निर्णय नं. ३० - बंधकी थैली नीखनाई पाऊँ
नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च
मुद्दा नं ४७५
अपीलाट् प्रतेवादी मानसुंदर श्रेष्ट प. १. नं धाई थर्पु गुठी
वीपक्ष लालबाहादुर आलेमगर प.१. नं धाई सामीटार------------------------
मुद्दा: बंधकी थैली नीखनाई पाऊँ।
ईजलास
श्रीमाननीय प्रधान् न्यायाधीस हरीप्रसाद प्रधां एम्.ए.बि.एल्
श्रीमाननीय न्यायाधीस भैरवराज पंत उपाध्याय
फैसला
यसमा अन्यायवाला सग मो रु २६६। कर्जा ली मेरा हकको कटुंजे वारवीसे कोढेई भंने षेत मुरी।४ को छीना १ मसुना ।५३ मध्ये खेत् ।३।१० छीना १ समेत ९३ सालमा वंधकी दी घरसारमा लेषत गरी दियाको रुपैया बुझाउन जादा बुझि नलीयेकाले मालमा धरौट राषेकोमा राजीनामा गरी लीयाको भनी प्रतेवादीले मालमा वयां गरेबाट नालेस गर्न भनी सुनायेकोले नालेस गर्न आयको छु वंधकी थैली बुझाई पाऊँ भंने समेत लाललबहादुर मगरको वादी रहेछ।
वंधकी लियेको होइन ९३ सालदेषी पटकपटक राजीनामा गरी ली मेरा नाउ दर्ता समेत गरी तीरो भरो भोग गरी आयेको छु थैली कुझ्न नपर्ने भंने समेत् मान सुंन्दर श्रेष्ठको प्रतेवादी रहेछ।
राजीनामा जानी गरी दियाको छैन वंधकी भनी कागजमा लेषीयाका मानीस समेत् भै झुक्याइ गरायेका हुन् भंने समेत लाल बहादुरको वयां रहेछ। राजीनामा गरी दीयाको हो झुक्याई गरायेको होइन भंने मान सुंन्दर श्रेष्ठको वयां रहेछ।
हामीहरुले झुक्याई गरायको होइन सदेसाचो बेबहारको कागज हो भंने कालुरानाको वयां रहेछ।
वंधकी भनी कागज गरि दीयाका डँ सो कागज कागजमा लेषियाका मानीसले झुक्याई गारायका हुन् सदे होइन भंने वादीको साछी सम्मेरबाहादुरको वकपत्र रहेछ।राजीनामा गरी आये भनी राजीनामा मलाई देषायको थीयो झुक्याई गरायेको होइन भंने प्रतिवादीको साछी उमाकांतको वकपत्र रहेछ।
सो बमोजीं झुक्यायको होइन भन्ने प्रतिवादीको साछी केदारनाथको बकपत्र रहेछ।
वादी दावीको जगा प्रतेवादीले राजीनामा गराई तिरोभरो दर्ता समेत् गरी भोगी आयाको देषियेकाले वंधकी लीयेको ठहर्दैन वादीले झुट्टै उजुर गरेको ठहर्छ भंने धादीं अदालतको फैसला रहेछ।
सुरु धादीं अदालतबाट हराई छीनेमा चीत्त बुझेन भंने वादी लालबहादुरको अपिल रहेछ।
भोग वंधकीमा भोग गरेको देषीन आयेकोले प्रतिवादी मान सुन्दरले थैली बुझी जगा छाडीदीनुपर्ने ठहर्छ भंने अपिल पैलाको फैसला रहेछ। अपिल पैलाबाट गरेको इन्साफमा चीत्त बुझेन भंने प्रतेवादी मान सुन्दरको अपिल रहेछ।
अपिल पैलाको ईन्साफ सदर गरी प्रधान न्यायालय पैलाफाटको फैसला रहेछ।
ईन्साफ जानी पाउ भंने मान सुन्दर श्रेष्ठका नीवेदं पत्रमा मीसील झीकी ईन्साफ गरी अै सवाल बमोजिं गर्नु भंने का.मु.प्र. न्यायाधीसको आदेश रहेछ सो प्रतेवादीबाट दाषील भयाको राजीनामाको ल्याप्चे सही कुनै नबुझिने कुनै लालबहादुरको ल्याप्चे सहीमा मीलदैन भनी माष्टर दुर्गा प्रसादले लेषी दीयाको देषीनाले समेत इंसाफ प्रधान न्यायालय पैला फाटले अपिलको सदर गरी छीनेको मुनासिव ठहर्छ सो इन्साफमा मान सुन्दर के प्रधान न्यायालय पैला फाटबाट गरेको डंड मोरु १। को हा.क ११ नं. ले सैकडा १० ले मोरु ।१० दस पैसा डंड हुंछ रुजु हुदा असुल गर्नु भनी तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु।
भैरवराज पंत हरिप्रसाद
न्यायाधीस प्रधान न्यायाधीस
ईती सम्वत् २००९ साल फागुण १५ गते रोज शुभम् ।