• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २४४ - बं हानि माछा मारे

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/०६ ७९

२४४/२०१०

                नेपाल प्रधां न्यायालय सिङ्गल बेञ्च

                       मु. सानं ४९


ऊजुरवाला- सिब प्रसाद जैसी वुटौल ठाना

 

 

 

 

 

 

विपक्ष- गंगा बहादुर गरुं प ३ नं. लमजूं पस गाऊ घर भै  हाल वुरौलु

षस्यौली सुकलाल गुरं कास्की पोषरा घाद्रुंक गाऊ घरभै ऐ ऐ तेजविर गुरं प.४ नं पैञ्यू वाछा गाऊ घर भै ऐ ऐ  ज. रत्नबहादुर गुरुं

   ऐ ह. रन बहादुर गुरुं  ऐ ऐ


 


                    मुद्दा -- बं हानि माछा मारे

                         ईजलास

श्री माननीय प्रधां न्यायाधीस हरिप्रसाद  प्रधां एम ए बि एल

                         फैसला

यसमा ६ साल माघ  १० गतेका दिं तिनाऊ षोलामा वं हानि माछा मार्न  गंबहादुर स्मेत ५ ज्वां गयेको गंगाबहादुर स्मेत  ५ ज्वां गयेको  शुकलाल घाईते भयेछ  बोकि असपताल मा लगउको देषि था पायेकोले वं हान्ने ३ ज्वांलाई पक्री दापिल गरेको छु ह. रंगध्वस भन्ये  स्मेत  ६/१०।१० को रीपोट रहेछ ।

बं सुकलालले कहाँबाट हो ल्यायेको रहेछ  आठपहरियाले माछा मार्न जाऊ भनेको छ  भनेबाट मस्मेत ५ जवां भयेको स्खलालले बं सलकाई रहमा फलन लागदा  हातैमा पडकि सुखलाल घाईते भयेको हो असपतालमा पुरयायेको हुँ भन्ने स्मेत तेजविरको बयां रहेछ ।

लेखियेका ४ ज्वा माछा मार्न गयेको  था पाई  म पनि नाऊ नजाने  आठपहरिया सिपाई साथगयको हुँ सुषलालले वं सल्काई  रहमा फलन लागदा बिचमा बं पडकि सुकलाल  घाईते भयेको असपताल  पुर्यायको हु भन्ने स्मेत ज्मदार रन बहादुरको बयां रहेछ ।

बं मैले लियेको चिफ साहेवकाहाँ बं हालन जाहेर गर्न  चिफ साहेवको नाऊ न जानेको वैठकले विन्ति चढायऊन म स्मेत  जादा  चीफ साहेवको वैठक ले विन्ति चढाये मलाई  षटाई बक्सेको छ  जाऊ भनेबाट  गै वं हालेको हो बं हान्न लगाउउदा  म घाईते भयेको बैठकको नाऊ था छैन भन्ने समेत सुक लालको बयां रहेछ ।

बुझिये सम्मका प्रमाणबाट गंगाबहादुर सुकलाल तेजबीर ह.रत्नबहादुर ज. रनबहादुर स्मेत  ५ जवांले वं हानि माछा मरेको ठहर्छ। पोटासहालि मारेमा अदलका २५ नं ले ।६  मैहा कैद हुने बं हानेमा यसोगर्नु भन्ने अइन मा नषुलेकोले निकासालाई  जाहेर गर्ने स्मेत ठहर्राई  बेथनि  अमिनिले  ७।३।१४ मा जाहेर गरेको जाहेरी फैसला रहेछ ।तेजविर गुरुं सुखलाल मरीसकेकोले ३ माझ वं हानि माछा मारेमा प्रत्येबादीहरु सावितै रहेको

 

 तेस्तोमा दुरुस्त  यसो गर्नु भन्येकोले ह. रनबहादुर  समेत ३ जनालाई  सर्कारका तजबिजबाट  तोकी बकसेको  सजाये गर्ने  ठहराई बेथरी अमीनिले जाहेर गरेको मानासिव ठहराई ८।३।१४ मा वुटौल अपिलले  जाहेर गरेको  फैसला रहेछ ।

दुरुस्त अइन मिलान नआई सजाये निकासालाई जाहेर गरेको अमिनि अपिलले ठहरायेको मुनासिब प्रत्यबादीलाई अदलका २५ नं बमोजिं  थप घट  नसकासा भयेबमोजिं गर्ने गरी  २०१०।२।२१ मा सदर अमिनि गोश्र्वाराले जाहेर गरेको रहेछ ।

सदर अमिनि गोश्र्वाराका जाहेरि फैसला बमोजिं सधकमा दर्ता भै पेस हुन  आयेको प्रत्यबादीहरु सावितै हुदा  अदलका २५ नं बमोजिं कैद ।६ छ मैन्हा दर्ले कैद हुन्छ ।सो लाग्ने कैदको डंस ५२ का अइन बमोजिं रु १०८ ।का दर्ले  गं बहादुर गुरुं १ सुकलाल गुरुं १ तेजबीर गुरुं १ ह रनबहादुर गुरुं १ स्मेतबाट बेथरी अमिनिका फैसलाबाट दषीयेकोले  सो सदरस्याहा गर्न  र जमदार रनबहादुरका हकमा अइन सबाल बमोजिं गर्नुभनी यो मीसिल सुरु बेथरी अमिनीमा पठाऊन सदर अमिनि गोश्र्वारा मा बुझाई दीनु ।

                     न्यायाधीश

इतस सम्बत् २०१०  श्रावण ६ गते रोज ३ शुभम् 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563