• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३१ - जगा

साल: २००९ महिना: फागुन फैसला मिति :२००९/११/२१ १०२

अभिलेख नं.३१/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.४९२/८२

 

प्रधां न्यायालय सिङ्गल बेञ्च

अ.नं.४१४ (४९२/८२)

मुदा जगा

 


अपिलाट वादी : कमालाकांत रजौरे दाङ् बिर्ता रजौरा

विपक्षी प्रतेवादी : चेताकुमारी रजौरेनी दाङ मौजे भवानीञापुर इन्द्राकुमारी भुमाकुमारी पं कीस्नमाणी जि. हरीलालस्मेत


 

ईजलास

श्रीमाननिय न्यायाधीस प्रदिप्तमान्यवर नेपालतारा ले.ज. प्रकाससम्सेर जङ्गबहादुर राणा

 

फैसला

येस्मा मुलपुर्खा निलकंठ रजौरेको छोरा जेठा रघुवर कांछा उमाकांत भै जेठा रघुवरको छोरा म भएको र कांछा ऊमाकांतकि व्राह्मणि अंन्याय वाली चेताकुमारी हुँनाले मेरा ३ पुस्ताकी कांछी आमा पर्ने चेताकुमरीवाट प्र.ईन्द्रा कुमारी भुमा कुमारी भन्ने २ छोरी पैदा भै ७७x७८ सालक केमा हो निज चेताकुमारीका षसं परलोक भै विधुवा भयाकी चेताकुमारीको हक हुन गयेको लोगनेको अंस पुर्खाको आरजं जगा विगहा १०३।३।।३ मा रजौराको जगा वीगहा १५ को मोल रु१२२० लि मलाई ८९ साल वैसाष १८ गते कं रु२१०० ली सुक्रवारको जगा विगहा ४० मित्रलाल पुस्कर राज स्मेतलाई स्वही ८९ साल जेष्ठ १ गतेमा फाछ्‌र्यौ गरी दियाकी भै आधीदेषि वेसी आफु खुसि गरी ऊठाई सकेकि र आधी देषि घटी जगाबाट निज चेतालाई षान लाऊन दी पुन्य तिर्थ वर्त गर्न स्मेत पुगने सुक्रवारको जगा विगहा ४०९२ दी विर्ता राक्सा चवरको जगा विगहा ८।१।।१३ निजले ऊठाऊन र आफु षुस गर्न तपाई वाचंजेल आयेस्ता सम्म भोग गर्न पाऊने स्व वांकी रहेको जगा मेरा सेषपछी तिमि भतिजा कै हक हुने हुँदा सुक्री विक्री केहि गर्ने छैन भनी धर्म गरेकी वाट अघीको व्यवहार तर्फ चुप लागी वसी हेरक कुराबाट हेरविचार गरी राषेको म ३ पुस्ताको हकदार भतिजालाई वास्तै नगरी अन्याय वाला चेताको छोरी ज्वाई किस्नमणि र भाई हरीलाल स्मेतको पक्ष मोलाहीजामा गै श्र्व वांकी रहेको आफु षुस गर्न नपाउने जगा असल चाही आफनी छोरीलाई दिने अन्याय वाला चेता र जगा दान गर्ने अन्याय वाली इन्द्राकुमारी भुमा कुमारी दिलाऊने जि. हरीलाल इन्द्र कुमारीको षसं किस्नमनि स्मेतले पुर्खाका आरजंको वाकि राषको जग्गा विगहा ४८९३।।३ मध्ये सुक्रवारकव जगा विगहा २५९.१। जेठी छोरी इन्द्रा कुमारीलाई र जगा विगहा १५९.।।३ कान्छी छोरी भुमा कुमारीलाई विक्रीको भरपाही लिनु दिनु गरी रजिष्टेसं पास गरायेका र रक्सा चवरको रही पाषो ८।१।।३ मात्र वाकी राषी अरु ज्मै विक्री गरेको येही मर्ग ४ गते थापायेकोले नालेस गर्न आयको छु माथी लेषीये वमोजिं आफु षुसि गर्न नपाऊने जगा विगहा ४०९।२ फार्स्या लिने दीने दिलाऊनेलाई वुझी श्वगरे गरायेको फार्स्या वदर गरी लेषीयेको जगा ऊठाऊन र आफुषुसी गर्न नपाउने गरी पाऊ भन्नेस्मेत व्यहोराको वादी कमलाकांतको फेराद

म वृद्ध अवस्ता भयेकी मेरो हेरचाह गर्ने एका घरमा र भींद भएका ३ पुस्ता भीत्रको हकदारस्मेत नभएका म भीत्र वाहीर घश्रीपश्री गर्नुपर्ने गोडाको जष मिले दां तिर्थ वर्त तिथी श्राद्धस्मेत इत्यादी व्यवहार गर्दा लागेको री फरछयाउन स्मेतको कार्ज्यवाट धनी षान सावगास नपुगी विक्री गरेको अघी धेरै जमिंको थोरै मोल्मा फिरादीले र निजको संधि मित्रलाल स्मेतले लिएको हाल ऊसै माफिक लिऊला भंने भैरहेको मालको मोल नपुगी मैले नदी आठा श्रह्र मोल दी वावुको जमिं हामी लिंछौ भनी जगा विगहा २५९। को रु ३१५३४ ईन्द्रा कुमारीले र जगा विगहा १५९।।। को कं रु१९१२६ भुमाकुमारीले मलाई गनी गनाउ गरी दियाको वुझी लि मेरो ३ पुस्ताको हकदार नहुँदा सेषपछी हक हुने छोरीलाई फाछे गरी दियाकी हु फार्सेको वाहाना गरी छोरीलाई दियाको होईन रुपैञा नली विक्री गरेको भया थैली नली जाली कां गरे भंने उजुर दिन सकनु पर्ने नसकेको अघि विक्री गरेको वाहेक विक्री गर्ने छैन भनि धर्म गरेको भया लिषत गराई नली मुषको विस्वासमा रहेको भंने वेप्रतित लेषेको र वादी लेषा वमोजिं पुस्ता वारी मं कल्पीत अजमायस गरेको हो मुल पुरषा रामेश्वरको २ स्वास्नी मध्ये जेठी मनि कर्निका निलकंठ निजको छोरा रघुवर नीज रघुवरको छोरा यो कमला कांत रामेश्वरका कांछी व्राह्मणि तर्फका रुपा १ भीकु १ स्मेत २ भाई भै निज भिकुका छोरा मेरा षर्स ऊमाकांत हुनाले वेमात्री तर्फको पनी ३ पुस्ता वाहीरको फिरादीले लेषिये मुताविक पुर्खा पुस्ता लोप गरी वनावटी लेषाई वाट ३ पुस्ता भित्रको हु भनी मुदा लगाई लालचावाट आफुले यो परेव ऊजुर गरी छलछवावाट स्मेत यस्तै फरेव ऊजुर गरेको हो भंने चेता र हामी इन्द्र कुमारी भुमा कुमारी दुवै वैनी छोरी वाहेक अरु छोरा छोरी र एका घर भींद भएका ३ पुस्ता भीत्रका हकदार स्मेत नभयेको श्रीफ आमा चेताको व्यहोरामा लेषियाका परीवंदवाट विक्री गर्ने अवस्था परी आएकोले अरुले दिने आठा श्रहको मोल हामी दिंछौ भनी घर सारमा गनी वुझाई फार्से पास गरी लियाको हौ पार्सेको वाहाना गरी फेराद दावी वमोजिं गरेको होईन भंने प्र.इन्द्रकुमारी भुमा कुमारीको र म किस्नमणिको व्राह्मणी इन्दराकुमारी सासु चेता साली भुमा भयेका साहका व्यहोरामा लेषिये वमोजिं व्यवहार हुँदा म स्मेत रोहवरमा वसी भयको तेस पछी यो वादी म संग आई टाढाको भएपनि तपाईको सासुको हकदार हु मलाई विचार राषी दिनु पर्छ भंथे ३ पुस्ता वाहीरका हकदार हुँदा मैले प्रयोजं नगरेको स्मेत रीसवाट म स्मेतका उपर जुंठा उजुर गरेको हो झुठा फरेव वाट पुरसत गरी साचो व्यवहारवाट लिये दियेको सदर थामी पाऊ भन्ने स्मेत व्यहोराको प्र.कृष्णमणि स्मेतको यौटै प्रतेऊतर परेको

प्र.हरीलालले प्रतेऊतरै नदी म्याद गुजारेको येस मुद्दामा वुझिये सम्मका प्रमाण परीवंदबाट वादी ३ पुस्ता भीत्रकै हकदार देषिन आउको र हेरचाह गरेको स्मेत देषिनाले वादी दावी वमोजिं षुस गरन नपाउने जमिं विकाना गरेको देषिनाले श्व विकाना वदर हुँने ठहराई ०६।५।२६ मा सुरू राज्य फलावां अदालतले फैसला गरे उपर प्रतेवादीको अपिल परेमा ईनै वादी प्रतेवादी स्मेत उपरमा छलाछवाको पनी येसै कुरामा दुडुवा पाहाड अमिनीमा मुदा परी कारवाई भै रहेको मिसिलवाट देषीन आयेको र लिनु दिनु गरेको जगा दां राज्य भीत्रको नदेषिई रैकर तर्फको देषिन आयेको र वादीले जुं कुरा वदर गरी पाऊ भनी फेराद गरेको हो श्वही लिनु दिनु गरी कां गरेको पनी राज्य ईलाका न भै दां देउखुरी मल्मा गरे भएको ईलाका पनी राज्यको नभै रैकर तर्फको देषिन आयेकोल यो मुदा अ.वं.४९ नं को १ दफा देहायका दाफाले राज्यवाट हेरी छीन्ने मुदा नदेषिई जगा भएको र कां भएको प्रतेवादी रहेको .............. पाहाड अमिनी वाटै हेरी किनारा गर्न पर्ने देषियेको वादी छला छवाको ऊजुर परी अमिनीमा दायर भएको देषिन आयेको र यौटै कुरामा ईनै मानीस उपर कुनैको ऊजुर राज्यमा र कुनैको रैकर तर्फको अमिनीवाट हेरी छींदा सरकारको आम्दानी हानी नोक्सानी हुन आउने भयेकोले यो ढुडुवा पाहाड अमिनीवाटै हेरी छीनी कीनारा गर्नु पर्ने राज्यले हेरी छीनेको देषीनाले राज्यले छीनेको सदर मांन नभै वदर हुने हुदा ईंसाफ तर्फ निरोपण गरी रहन नपर्ने अपिलट अवस्ता पुगे पछी वादी प्रतेवादीलाई तारेषमा राषी अैंसवाल वमोजिं सुरू फैसला किनारा गर्नु भनी मिसिल दुडुवा पाहाड अमिनीमा पठाई दिने ठहराई ०६।१२।१७।५ मा पाल्पा अपिलवाट फैसला गरे उपर चित्त वुझेन भन्ने वादी कमलाकांतको अपिल परी आई मिसिल पठाई दीनु भनी पाल्पा अपिललाई लेषि पठाएकोमा स्व मिसिल सुरु कारवाई गर्न २००७।८।१ मा ढुडुवा पाहाड अमिनी चलां भै गयेको भनी जवाफ दियेकोले अमिनीलाई लेषी पठाउंदा ०७।९।१४ गते नेपाली कांग्रेसले यो अमिनी कवजा गर्दा मिसिल कागज पत्र सवै आंदोलंमा परी जलाई दियेको भन्ने व्यहोराको जवाफ दियेवाट मिसिल षडा गर्ना निमित्त प्र.चेताकुमारीलाई स्मेत झीकाई निज चेता कुमारीको वा पं किस्नमणिले र अपिलटको वा राममणी स्मेतले मिसिलको नकल दाषेल गरेकाले प्रधां न्यायलय पैल्हा फाटवाट मिसिल षडा गरेको येस मुदामा तारेषमा रहेको अपिलटको वा राममणिलाई र प्र चेताको वा पं. किस्नमणिस्मेतलाई राषी छलफल गरी ईंसाफ तर्फ निर्णय पाल्पा अपिलका फैसला वमोजिं सुरू कारवाई गर्न मिसिल ढुडुवा पाहाड अमिनीमा पठाई दिनु पर्छ की भन्नालाई वादी छवा र प्रतेवादी भै अपिलट कमलाकांत भएको हक मेटाई जगा विक्री गर्‍यो भंने मुदामा सुरु अमिनी उपर यै अपिलटको अपिल परी आयेको श्व मुदावाट यो अपिलट ४ पुस्ताको ठहराई सुरु ढुडुवा पाहाड अमिनीले छीनेको ईंसाफ सदर भै आजैका मितिमा छीनियेकाले येस मुदाबाट केही कारवाई गरी रहन नपर्ने देषीयकोले येस मुदावाट अपिल्का फैसलामा लेषिया वमोजिंको निर्णय गरी रहन नपर्ने हुँदा त्पसिलमा लेषियेका कलंमा त्पसिल्मै लेषिये वमोजिं गरी तहसिलमा लगत दिनु

तपसिल

देहायेमा लेषियाका मानिसके सुरु राज्य फलवां अदालतका २००६।५।२६।१ का फैसलाले गर्ने गरेको देहाये वमोजिंको डंड नलागने हुदा असुल भया फिर्ता र नभया व्यहोरा जनाई लगत काटी दिनु भनी राज्य फलवां अदालतलाई पुर्जि गर्न तहसिलमा लगत दीनु -१

दां विर्ता ऊतर भेलाही वस्ने पं. किस्नमणि अचारजके मोरु २५। पचीस रुपैयाको कलं -१

राज्य दां वैजपुर वस्ने जि. हरीलाल रेगमिके मोरु २५। पचीसको कलं -१

दां जिल्ला भवानीञापुर वस्ने भुमा कुमारी ठकुर्निके मोरु १२।५० वार रुपैया पचास पैसाको कलं -१

ऐ ऐ वस्ने चेता कुमारी रजौरेनीके मोरु १२।५० वार रुपैया पचास पैसाको कलं -१

दां विर्ता ऊतर भेलाही वस्ने इन्द्राकुमारी आचारजेनीके मोरु १२।५० वार रुपैया पचास पैसा कलं -१

 

न्यायाधिश

ईति सम्वत २००९ साल फागुण २१ गते रोज ४ शुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563