• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३२ - हक मेटाई जगा बिक्री गरे भन्‍ने

साल: २००९ महिना: फागुन फैसला मिति :२००९/११/२१ १०२

प्रधान न्यायालय सिङ्गल बेञ्च

अ नं

मुदा: हक मेटाई जगा बिक्री गरे भन्‍ने

 


अपिलाट प्रतेवादि कमलाकान्त रजौरे दाङ् बिर्ता रगौरा

विपक्ष वादि छवाकुमारी रगौरेनि दाङ सूक्रवार


 

ईजलास

श्रीमाननिय न्यायाधिस प्रदिप्तमान्यवर नेपालतारा ले.ज. प्रकशशम्सेर जङ्गबहादुर राणा

फैसला

येस्मा मुलपुर्खा रामेश्वर रजौरेका २ स्वास्निमा जेठीतर्फका छोरा निलकंठ जेठा कांछीतर्फका माईला रुपा कांछा भीकुस्मेत ३ भाईमध्ये निलकंठका छोरा रघुवर निज रघुका छोरा कमलाकांत माईला रुपाका जेठि व्राह्माणीतर्फका होतारां निज होताराँको छोरा चीरंजिविको व्राह्मणि यो छला कांछा भीकुका छोरा चेताका षसं ऊमाकांत रजौरे हुदा निज ऊमाकांतका कमलाकांत बेमात्रीतर्फका ४ पुस्ताका र छलाको षसं चीरंजिवि स्वमात्रीतर्फका ४ पुस्ताका भतिजा पर्ने हुदा निज ऊमाकांतको ब्राह्माणी ई चेताका ४ पुस्ताका भतिजा कमलाकांत र ४ पुस्ताकै भतिजा चिरंजिविको ब्राह्मणि भतिजे बुहारी नाताका ४ पुस्ताका र दाजु रुपाका छोरा होताराम निजको छोरा तारादीपको स्वास्नि मरी भाई भिकुको छोरा मेरा षसंका भाई ऊमाकांतको स्वास्नि निज चेता मेरो ३ पुस्ताको देउरानी नाताकी भै निज चेताका अंन्ययवाली ईन्द्राकुमारी भुमाकुमारी २ छोरी जन्मेपछि ७६।७७ सालमा के हो निज देवर ऊमाकांत परलोक भयेपछी निज्को अंस चेताका हकमा आएको दां बिर्ता रजौरा र राक्से चवर ऐ सुक्रवारको स्मेत गरी ज्मा १०३।३।।३ जग्गाको आयेस्ताले षान र दां पुन्य गरी बचत पनि हुने हकदारले हेरचाह गर्न पर्ने षसं छंजेल षसेर सेषपछी मैले पनि गरी राषेकोमा निज चेताले श्र्व जगामध्ये रजौराको १५ बिगाहा कमलाकांतलाई र सुक्रवारको ४० बिघा मित्रलाल पुस्करराजलाई ८९ सालमा फार्से गरेकीमा आधिसम्म मैले आफुषुस गर्न पाउनेमा केहि बढी फार्से गरेकी छु तापनी अब बाकीले षान लाउन दांपुन्य गर्ने हुनाले श्र्व बाकी आफुषुसि बिक्री गर्ने छैन मेरा सेषपछी तिम्रै हक हुनेछ भनेकीले श्‍व व्यवहार तर्फ चित्त बुझाई षसंस्मेतले हेरचाह गरी बसेका नीज चेताका सेषपछी मेरो हक हुने कमलाकांत छलाकुमारी मभंदा टाढा ३ पुस्ता बाहेकका र मभंदा नजीकका हकदार अरु नभएको  निज चेताले आफूषुसी गर्न नपाऊने जगा विगाह ४०ऽ२ आफनी छोरी ईन्द्राकुमारी भुमाकुमारीलाई येही जेष्ट १८ गते फार्से गरी राजीष्टेसं पास गरेको येही मार्ग २७ गते था पायेकोले नालेस गर्न आयको छु म हकदारका मंजुरीवेगर गर्न नहुने फार्से गरी दिनेलिने स्व कांमा सल्लाह दिने अंन्यायवालालाई बुझी फार्से बदर गरी निज चेताले आफुषुसी गर्न नपाऊने आयस्ताले बाचुंजेल जिविका गर्ने सेष पछि मेरो हक हुने गरी पाऊ भन्‍ने वादी छवाको फेराद।

चेतकुमारीले छोरी ईन्द्र भुमालाई बिक्री गरेको भांबाट म हकदारको हक मेटाई मभंदा टाढाको हकदार कमलाकांतको रायबाट विर्ता जगा फार्से गरी लियेदीयेमा मैले दीयाको ऊजुर दायेरै छ दाबिवमोजिं चेताको नजीकको हकदार फेरादी र अरुस्मेत कोही छैन मेरो फेराद दाबिबमोजिं ३ पुस्ताको हकदार म हुनाले वादीको ऊजुर झुटा हो भंनेस्मेत ब्यहोराको प्र छलाकुमारीको र रामेश्वरका २ ब्राह्मणीमध्ये जेठितर्फका छोरा निलकंठ जेठा तर्फका छोरा रुपा माहीला कांछा भिकुका ३ भाई भै निलकंठका छोरा रघुवर माईला रुपाका छोरा होतारां कांछा भिकुका छोरा मेरा षसं ऊमाकांत हुनाले तारादीप हमाल लेषिये देषि बाहेक ४ पुस्ता  वाहिरको हुदा निजको स्वास्नि ३ ही पुस्ताभित्रको भै मेरो हेरचाह गरी आयको हकदार होईन मुलपुर्खा रामेश्वरका जेठितर्फका छोरा निलकंठका छोरा रघुवरका छोरा कमलाकांत वेमात्रीतर्फको र निज रामेश्वरका कांछीतर्फका छोरा रुपा र निजको छोरा होतारामका छोरा चीरंजिविको व्राह्मणी छला श्र्वमात्रीतर्फको ३ पुस्ता बाहीरको र मेरो हेरचाह गरी नआयेका कमलाकांतले राज्य फलवां अदालतमा र छलाले यसै अमिनिमा यसै विषयमा पुस्ता पिढी  लोप अजमायस गरी झुटा ऊजुर गरेकोमा येथार्थ ब्यहोराको प्रतेवादी दियेकै हुदा निज छला कमलाकांतका सल्लामतबाट यो झुटा ऊजुर गरायेका हुं ३ पुस्ताका हकदार हेरचाह गर्ने कोही नभयेको श्रीफ म एकली बुढी घुडादेषी मुनी गोडा नभयेकी छोरी ईन्द्रकुमारी भुमाकुमारीलाई पालंपोसं बिहा दां षान लाउन तिर्थव्रत दां पुन्य गर्दा रजौराको विघा १५ कमलाकांतलाई र सुक्रवारको विघा ४० मित्रलाल स्मेतलाई ८९ साल्मा बिक्री गरेकि र तेसपछी लेषियेबमोजिंकै कां कारबाई धानि षान नसकी बिक्री गर्ने भयेमा लेषियेबमोजिं हकदार नहुदा मेरो सेषपछी छोरीकै हक हुनेमा अरुले दिने श्रह मोल दिन्छौ भनी छोरीहरुले भनेकाले निज छोरीहरुलाई गरी दियेका फाछर्याबमोजिं मोल लि फार्छे गरेको हु ३ पुस्ताका भींन भयेका हकदार भये पनी हेरचार नगरी आयेकामा म ऊमेर अवस्ता पुगेकिले दसौदसम्म बाकी राषि आफु षुस गर्न पाउनेमा ८॥ बिघा बाकी नै हुनाले वादीको ऊजुर नपुगने भापनि ३ पुस्ता बाहीरका हुनाले ऊजुर पुग्न नसकनेमा ५××××˟६ कोस फरक २ अडामा एकै विषयको मुदा लगाई केहि पाऊला भंने नियतबाट कमलाकांतका ऊजुरीतर्फ दियाका प्रतेवादीवमोजिं निजले जगा लिन पाईन भंने रीसले झुटा ऊजुर गरायेकोले झुटा ऊजुरबाट सफाई गरी छोरीबाट मोल लि गरेको फार्से सदर गरी पाउ भंने  प्र. चेताकुमारी हामि ईन्द्राकुमारी भुमाकुमारीले माथी लेषीयेबमोजिं ३ पुस्ताभीत्रको कोही नभै हामिले हेरचाह गरी आयको सेषपछी हामिले ब्यहोर्न पाऊने आफ्नो हक कुरामा आमाको व्यवहारले बिक्री गर्नुपर्दा बाबुको आरजं  लिने मंसाय भै रिं कर्जा पेवास्मेतबाट फार्से गराई लियेको हु भंनेस्मेत ईन्द्राकुमारी जेठितर्फ भुमाकुमारीको र मुलपुर्खा मेरा बुढाबाजे रामेश्वर निजकि २ ब्राह्मणी जेठितर्फको मेरा बाजे निलकंठ कांछा भीषा कांछीतर्फ माहिला रुपास्मेत ३ भाईमा जेठा हाम्रा बाजे निलकंठका जेठा छोरा मेरा बाबु रघुवर माहिला छेत्रपानी कांछा चेताको षसं ऊमाकांतस्मेत ३ भाई र कांछा बाजे भीका कालगतीले मरी अपुतालि परेको र माहीला बाजे रुपातर्फ रुपाकि २ स्वास्निमा जेठि बाहुनितर्फ जेठा होताराम१ पद्मनाभ१ स्मेत २ भाई कांछी  ठकुर्नितर्फ वादीको लोगने तारादिप हमालस्मेत ३ भाईमा होतारामको छोरा छलाको लोगने चीरंजीवी जेठा र माहीला गुरुप्रसाद कांछा अम्बरराजस्मेत ३ भाई भयेकोले वादी छावा र छलास्मेत मभंदा चेताकुमारीसंग १ पुस्ता टाढा र म नगीच हकदार हुदा निज कांछी आमा चेताकुमारीको  हरेक व्यवहारमा मैले नै हेरविचार गरी आयेको र निज चेताले अघि छोरीको विवाह गर्दा र हाल दां पुन्य गर्नुपर्‍यो मेरा छोरा नभये तापनी तिमि जेठाजुतर्फको छोराहरुबाट पित्रीलगायेत मेरोस्मेत काजक्रीया हुने हुदा बांकी हकतिरै राषि केहि जगा विकाना गर्छु नजिकका हकदार हौ तिमि लिने भये लेऊ नलिये अनेत्र बिक्री गर्छु भनेकिले ८९ साल्मा जगा विगाहा १५ मैले र ४० बिगहा भिमलाल पुस्करराजलाई विकाना गरीदियेपछी अघि छोरीको विवाह गर्दा लागेको षर्च र छोरीहरुलाई दिने रुपैयास्मेत पुगेको र अब जगा बिक्री गर्नुपर्ने आवस्यकै नपरेको आधीभंदा बडी जगा अघि विकाना गरीसकेपछी बाकी जगामा मेरो मंजुरीबेगर छोरीलाई षुवाऊनाको मुरादबाट विकानाको भां पारी निज चेताले आफना छोरीहरुलाई फार्स्या गरी दी कंसल ८।१।।३ विघा बाकी राषेकिले विधुवा अंसधंका अैंले आफुषुस गर्न पाऊने भंदा बढी हकवालाका मंजुरीबेगर फार्स्या गरेकाले था पाई राज्य फलवांन्मा मेरो ऊजुर परेकोले श्‍व था पाई कचा हुने भो भंने चलाषीले पुस्ता फरक पारी यो वादी छवाकुमारी र छलालाईस्मेत ऊठाई छुट्टा छुटै नालेस गरायेका मात्र हुं मभंदा नगीचका छवा र छला भये मलाई फार्छला गरीदीदा नजिकका हकदार भनी नलेषनुपर्ने श्र्व लेषेकोबाट स्मेत म नगीचको देषियेकोमा बिलकुल झुटा कुरा अजमाई पुस्ता फरक पारी झुटा ऊजुर गरेका मात्र हुं भंनेस्मेत ब्यहोराको प्र. कमलाकांतस्मेतको छुटाछुटै प्रतेऊतर परी साछीस्मेत वुझीयाको यस मुदामा वुझीयेसम्मका प्रमाण परीबंदबाट छला कमलाकांतहरु टाढा ४ पुस्ताका र नजिक ३ पुस्ताभीत्रको वादी छवा ठहरे तापनी निज छवा पनि मरीसकेकी ऊ श्रहका नजिकका हकदार कोही नहुनाले किने बेचेको सदर ठहर्छ भनी सुरु दुडुवा पाहाड अमिनका हाकिं तहरिर मेंबरले र अघि कमलाकांतस्मेतलाई चेताले फार्से गरीदीदा नजिकको हकदार भनी लेषेको देषिन आयेको र निज चेताको हेरचाह गरेकोस्मेत मिसिलबाट देषियेको प्र. कमलाकांतका साछीले पनी नजिक हकदार पुस्ता पिढीबाटस्मेत ३ पुस्ताभित्रैको हुँ भनी बकेका हुनालेस्मेत नजिक हकदार कमलाकांत नै देषिन आयाकोस्मेत हुनाले

सुक्रीबिक्री गर्न पाउने जति अघि नै बिक्री गरीसकेकोले हाल इन्द्रकुमारी भुमा कुमारीलाई बिक्री गरेको सदर नहुनेस्मेत हुनाले चेताको  नगीचको हकदार कमलाकांत नै ठहर्छ भनी फाटवाला वि. बलरामको रायपर्चा भयेकोमा मैले दियाको राज्य अदालतमा परेको मुदामा पाल्पा अपिलऊपर प्रधां न्यायालयमा अपिल दिनुपर्ने छला छवाले दियाको मुदामा दुडुवा पाहाड अमिनी ऊपर बुटौल अपिलमा अपिल दिनुपर्ने वाहा गै अपिल दिनालाई १८० कोस टाढाका रैतिले नेपाल बुटौल २ तर्फ तारेषमा डुल्नुपर्ने आषीर यौटे कुराको मुद्दा भै ३ मिसिल नजोडी मुद्दाको टुंगो नलागने र ३ मिसिल भया पनी तिनवटै मुदा एकै पटक एकै अडाबाट छींनुपर्ने यौटै कुरा हुनाले अमिनीऊपरको अपिल पनी न्यायालयबाट वा जिल्लाको सटा अपिलबाट अपिल लि हेरीदिनु भन्‍ने प्रमांगी पाऊ भनी अपिलाट कमलाकांतले दियाको बिंतिपत्रमा येस्मा ब्यहोरा साचो भया मुदा यौटै भै दुईतिर नालेस परी कारवाई भयाको रहेछ भने स्वसमेत बुझी ठहरेबमोजिं गरीदिनु भन्‍ने श्रीमिनिष्टर कम्याण्डर इनचिफबाट भयाका प्रमांगी बमोजिं निज अपिलाट कमलाकांतको अपिल प्रधां न्यायालय श्रेस्ता फाटमा दर्ता भै बाडफाड हुदा प्रधां न्यायालय दोश्रा फाटमा परी श्‍व अडाबाट पैल्हा फाटमा सरी आयाको येस मुदामा अपिलाटको अपिल जिकिरस्मेत हेरी तारेषमा रहेको अपिलाटको वा राममणिलाई स्मेत राषि छलफल गरी निर्णय गर्दा सुरु दुडुवा पाहाड अमिनीका फाटवाला वि बलरामका रायपर्चा ऊपर प्र चेताकुमारी ईन्द्राकुमारी भुमाकुमारीस्मेतको अपिल परेकोमा इंसाफ हाकिं तहरीरको मुनासिब फाटवाला विचारीको रायपर्चा गल्ती ठहराई बुटौल अपिलबाट ०७।८।१५ मा फैसला भयाको देषियाको र चेताकुमारी मेरो ३ पुस्ताभीत्रको हकवाला हुँ भंन्‍ने कुराको पका सबुद अपिलाटले दाषेल पेस गर्न नसकेको र प्रतेवादी छला र वादी छवाका लेषाईस्मेतबाट यो अपिलाट ४ पुस्ताकै देषिन आयेको र यो अपिलाटले प्र चेतास्मेत ऊपर राज्ये अदालतमा दियाको नालेसमा आफु ३ पुस्ताभीत्र पर्नेगरी मुलपुर्खा निलकंठ भनी लेषेको र येस मुदाको प्रतेऊतरमा मुलपुर्खा रामेश्‍वर भनी प्रतेउतरमा लेषेकोबाट ४ पुस्ताको भंन्‍ने अपिलाटकै लेषाईबाट देषीन आयाकोलेस्मेत ४ पुस्ताको ठहराई छिनेको इंसाफ दुडुवा पाहाड अमिनीका हाकिं तहरीर मेंबरको मुनासिब छ इंसाफ पारी छीन्‍ने हाकिंउपर अपिल गरेवबापत अपिलाट कमलाकांतके सुरु डंड कंरु १० को पैल्हा अपिल हुदा हा.का. १० नं ले सैक्रा १० ले कंरु १ एक दंड हुन्छ वारेस हुदा अैं बमोजिं असुल गर्नु भनि तहसिलमा लगत दिनु

प्रकाशशम्सेर

न्यायाधिश

ईति सम्वत २००९ साल फागुण २१ गते रोज ४ सु--

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563