• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ०४ - श्राद्ध खर्च दिलाई पाउँ

साल: २००९ महिना: कार्तिक फैसला मिति :२००९/०७/२० २५३

अभिलेख नं.4/20०९

संवत् २००९ को दे/फौ.पु./रीट न्.४९८ नि.नं .......

राधा कृष्ण वि. कृष्ण बहादुर

मुद्दा – श्राद्ध खर्च दिलाई पाउँ

श्री माननीय प्रधान न्यायाधीशबाट

यसमा पूर्व १ नं. का.प.ई. बनेपा यंछु टोल बस्ने कृष्णबहादुर कटालको र का.प.ई. बनेपा पुल बजार बस्ने जगत माया कटाल्नीको श्राद्ध खर्च दिलाई पाउँ भन्ने मुद्दामा प्रतिवादीको आमाको छोरा नभई छोरीमात्र भएकाले मेरो शेखपछि तिमी भतिजाले दागबत्ती दिई काजक्रिया गरी खानु भनी मलाई माटोमुरी १६ लेखिदिई अरू बाँकी जग्गा ३ खलाको आयस्ताबाट कृष्णबहादुरलाई खर्च दिई निजका हातबाट सहोदर सन्तानले गुठी श्राद्धको काम चलाउनु भनी हकदारसमेत साक्षी राखी कागज गरिदिएको ०६ सालको कागजलाई प्रतेवादीले खर्च नदिएकाले सो ०६ सालमा खर्च भएको मो.रु.११७ दिलाई लेखत बमोजिम बाली बुझाई गुठी काम चलाई खान पाउने गरी जग्गा दिलाई पाउँ भन्ने समेत कृष्णबहादुरको वादी छोरा परदेश गएको आजसम्म नआएको म वृद्ध काम गर्न नसक्ने तिमी छोरीले पालपोष गरेको हुँदा मेरो शेषपछि काजक्रिया गरी मेरो नाउँको नित्य श्राद्ध गरी खानु भन्ने समेत बोली गरी वादी समेत साक्षी भई ८४।५।१८ गते बकसपत्र गरिदिएको सो बकसपत्रमा वादीलाई खर्च दिई श्राद्ध गराउनु भन्ने बोली छैन दुई वर्ष श्राद्ध सम्म वादीका हातबाट गराएको लेखत बमोजिम गरेको छु खण्डित गरेको छैन श्राद्धमा सय पचास जति खर्च गरेपनि हुने दुई खला जग्गा आमाले बन्धकी दिएको समेत मैले निखनेको छु वादीको उजुर झुठा हो भन्ने समेत जगतमायाको प्रतिवादी परेको यस मुद्दामा बुझिएसम्मका प्रमाणबाट खर्च नदिएकै ठहर्छ । यति खर्च दिने भन्ने नभएको हुनाले आयस्ता खर्च खुलाई नालेश दिएमा ठहरेबमोजिम हुने भन्ने ०७।११।७।२ मा सुरू का.प. अदालतले र वादीले मुद्दा उजुर गरेको ठहरे ८।१।२४।१ मा अपिल दोश्रा ले इन्साफ सुरूको मनासिव गरी ०८।११।२९।४ मा प्रधान न्यायालय पहिला का.ई ले फैसला गरेको यस मुद्दामा म प्रतिवादी जगतमायाको वारेश राधाकृष्णलाल झालाई समेत राखी बुझ्दा हेरामायाले प्रतेवादी जगतमायालाई गरि दिएको लेखतमा वादीलाई खर्च दिनु भन्ने नलेखिएको भए पनि सो लेखतको किनारामा दाता मान कुमारीले दान गरी राखेको सेर पल्टमा दरिएको माटो मुरी ।६ बेचबिखन गरी खान पाउँदैन सो माथि साक्षी बस्ने हकवाल फुकीहरू राखी खुवाई जुगिभु ४ साल तिथी चलाई खानु नगरे पंच महापातक लाग्छ भने लेखिएको र वादी कृष्णबहादुरलाई गरिदिएको लेखतमा सालसालको क्रियाखर्च तिमी कृष्णबहादुरले गर्नु पर्दैन जो परेको तिथी श्राद्ध वर्ष दिनको क्रिया खर्च मेरा छोरीहरूले गर्लान् तिमीले दागबत्ती र सालसालको आफ्ना सन्तानले गरी दिनु सालसालको तिथी श्राद्ध गर्नलाई जो लागेको खर्च छोरी जगतमायाले गर्नु भन्ने समेत बोली परेको देखिएको एकै मितिको कागज देखिएको हुनाले समेत प्रेतवादी जगतमायाले सेर पल्टमा दरिएको माटोमुरी ।६ को आयस्ता वादी कृष्णबहादुर लाई दी हेरामायाको सालसालको तिथी श्राद्ध चलाउन लाउनु पर्नेदेखिएकोले सो बमोजिम दिनु पर्नेमा नदिएको ठहर्‍याई सुरू अदालतले छिनेको मनासिब गरी प्रधान न्यायालय पहिला फाँटले छिनेको इन्साफ मनासिब मुद्दा दोहोर्‍याएमा प्रतेवादी जगतमाया के सुरू डण्ड मो.रु.१ को हाकिमका नाउमा कराउनेका ११ नं. ले का रा १० ले मो रू १० पैसा डण्ड हुन्छ वारेस हुँदा असुल गर्ने भनी तहसिलमा लगत दिनु भनी मिसिल सुरू का.प.अदालतमा पठाउन मिसिल फाँटमा बुझाई दिनु ।

इती सम्वत २००९ साल कार्तिक २० गते रोज ४ शुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563