• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३३ - हक मेटाई जगा विक्री गर्‍यो भंने

साल: २००९ महिना: फागुन फैसला मिति :२००९/११/२१ १२३

अभिलेख नं.३३/20०९

संवत् २००९ को दे/फौ.पु./रीट न्.४९१/८४

 

प्रधां न्यायालय सिङ्गल वेञ्च

अ.नं......

मुद्दा हक मेटाई जगा विक्री गर्‍यो भंने

 


अपीलाट प्रतेवादी : कमला कांत रजौरे दां विर्ता रजौरा -------------१

 

विपक्ष वादी : छना कुमारी रजौरे निउ दां सुक्रवारे

 

 


 

इजलास

श्री माननिय न्यायाधीश प्रदिप्त मान्यवर नेपाल तारा ले.ज. प्रकासशम्सेर जङ्गबाहादुर राणा

 

फैसला

येस्मा रामेश्वर का जेठो मनि कर्निका कांछी देव कला २ व्राह्मणि भै जेठी तर्फका जेठा निलकंठ र कांछी तर्फका माहीला रूपा कांछा भीकु स्मेत ३ भाई मध्ये हाम्रा पुर्दा माईला रुपाका जेठी व्राह्मणि र कांछी ठकुर्नि २ स्वास्नि भै जेठी व्राह्मणि तर्फका जेठा छोरा राम कांछा ऊमाकांत २ भाई र कांछी ठकुर्नि तर्फका तारादीप माईला समेत ३ माईला होतारामका छोरा चीरंजीवि की व्राह्मणि म कांछा ऊमाकांत कि व्राह्मणी प्र चेताकुमारी हुनाले मेरो वसंका कांछा वावुको व्राह्मणी निज प्र. चेता कुमारी हुनाले मेरो ३ पुस्ता भीत्रकी सासु नाताको नीज चेताका ईन्द्रा कुमारी भुमा कुमारी अंन्याय वाली २ छोरी जंमे पछी ७६x७७ साल के हो नीज चेताका षसं परलोक भै विधुवा भया पछी चेता कुमारीको हकमा हुन गयेको लोगनेको अंश पुर्खाको आरजं दां विर्ता रजौराको विघहा १५ राकसे चवरको विघा ८।१।।३ एै. सुक्रवारको विघा ८०९२ स्मेत जगा विघा १०३।३।।३ विर्ता जगाले धान लाउन निर्थ वर्त दां पुन्य गर्न समेत पुगी वचत हुने हकवालालले गर्न पर्ने हेर विचार व्यवहार षसं र म स्मेतले र षसं परलोक भयेपछी मेरा छोरा स्मेत वाट मैले हेर विचार गरी ईजत साथ राषेकै र ३ पुस्ता भीत्रको म हकदार छदै रजौराको विघा १५ पन्द्र कमलाकांतलाई र सुक्रवारको विघा ४० भित्र लाल पुस्कर राजलाई ८९ सालमा नीज चेताले आधी भन्दा वेसी आफु खुसी फरमाजेस गरी उठाई सकेको भै वाकी जगाबाट खान लाउँन ईजतनुसार दां पुन्य गर्न सम्ते आयेस्ताले पुगी आऐको सुक्रवारको ४०९२ इराक्से राकसे चवरको ८।१।।३ स्मेतको वाचंजेल आयेस्ता सम्म भोग गरी जिविका गर्न पाउने मेरा सेषपछी निजी हकदारकै हक हुनेछ सुक्री विक्री कुनै गर्ने छैन भनी धर्म कर्म समेत गरेवाट आधी भन्दा वढी फार्से गरे तर्फ चुप लागी हेर वीचार गरी राषेको ३ पुस्ताको हकदारको वास्तै नराषी नीज चेताको सेष पछी मेरो हक हुने जगा वीघा ४८९३।।३ मध्ये कंसल राक्से चवरको ८।१।।३ मात्र वाकी राषी जगा विघा ४०९२ प्र कमला कांत का रायवाट निज चेता कुमारीले आफनी छोरी इन्द्रा कुमारी मुमालाई विक्रीको परी व्रतं अजन्याई फार्से षडा गरी ०५।२।१८ दां देउषुरी मालमा पास समेत गराई लिनु दिनु गरे भंने प्रमां षंड साछीवाट ०५।८।२९ गते था पाई नालेस गर्न आयाकी छु लेषीये वमोजिं आधी भंदा वढी अघावै आफु षुसी गरी सकेको समेतवाट आफु षुसी गर्न नपाउने जगा वीघा ४०९२ फार्से दीने लीने समेतलाई सजाय गरी लेषीएको जगा विघा ४८।३।।३ निज चेताका सेष सम्म निजले आयस्ता चलं भोग गरी जीवीका चलाई सेष पछी नजीक म हकदारको हक हुने गरी ईन्द्रा कुमारी भुमा कुमारीलाई गरेको फार्से वदर गरी पाउँ भन्ने समेत व्यहोराको वादी धना कुमारीको फेराद मुल पुर्खा रामेश्वर निजको २ व्राह्मणी जेठी तर्पको मेरो वाजे निलकंठ-१ कांछा मीषा-१ कांछी तर्फका माहीला रुपा-१ समेत ३ भाईमा जेठा हाम्रो वाजे निलकंठका जेठा छोरा मेरा वावु रघुवर माहीला छत्रेपाती-१ कांछा चेताका वंस मेरा कांछा वावु उमाकांत-१ समेत ३ भाई र कांछा वाजे मीषा कालगतीले मरी अपुताली परेको र माहीला वाजे रुपा तर्फ २ स्वास्निमा जेठी वाहुनीतर्फ वादी कलाका ससुरा जेठा होताराम पमनाथ समेत २ भाई कांछी ठकुर्नि तर्फ तारादीप हमालसमेत ३ भाईमा जेठा होतारामको छोरा वादीको लोगने चिरंजीवि निजका भाई माहीला गुरु प्रसाद कांछा अमरराज स्मेत ३ भाई भयेकोले वादी छला र छवा समेत म भंदा चेता कुमारी संग १ पुस्ता टाढाका र म नगीचको हकदार भयेकोले वादी दावी वमीजिम अघि विक्री भयेको जगामा म नजीक हकदार भनी फार्सेमा साछी समेत राषेको र अैले स्व वादी दावी वमोजिमको निज चेताले छोरोहरूलाई फार्से गरी दियेको विघा ४०७२ समेतमा मैले म नगिच हकदार छदै जगा विक्री गर्न पाउने होइन भनी राज्य फलवां अदालतमा मेरो उजुर दायर भयेको सो कुरा था पाई यो वादीलाई उठाई झुटा नालेस गरायेको हुं निज छतार छवा समेत म भंदा टाढाका हकदार भयेकोले झुटा फरेव वाट फुरसत पाउँ भंने समेत व्यहोराको प्र. कमलाकांतको र मुल पुर्खा रामेश्वरका जेठी तर्फका निलकंठ कांछीतर्फका रुपा पीका समेत ३ भाई मध्ये रुपाको छोरा होताराम निजको छोरा चीरंजीवी निजको व्राह्मणी वादी छला र मीषाको छोरा उँमाको व्राह्मणी म चेता हुनाले फेरादी छला ३ पुस्ता वाहीरकी हुनाले वादीका लेष वमोजिंको अघि जगा विक्री गर्दा वाकी जगा तिमी नजिक हकदार भयेकोले तिमिले षानु भनी धर्म कर्म गरेको समेत होइन मेरो ३ पुस्ता भित्रको नगिज हकदार होइन नभयेकोले मेरो सेष पछि निजै छोरीहरूको हक हुने र आमा चेताको ३ पुस्ता भित्रको कोही नभयेकोले आमाको सेष पछी वादीको दावी वमोजिंको जगा हाम्रै हक हुने हुनाले हामीहरूको लिनु दिनु गरेको फार्से सदर गरी झुटा दावी वाट फुरसत गरी पाउ भंने प्र चेता इन्द्रा कुमारी भुमा कुमारी समेतको प्रतेवादी भयेको येस मुदामा वुझीये सम्मबाट वादी छवाले दीयेको येसै विसयको हक मेटाई जगा विक्री गरे भंने मुदामा प्र. कमलाकांत छवा ४ पुस्ता वाहिरको हकदार भंने ठहराई प्र. चेता इन्द्रा कुमारी भुमा कुमारीको गरे गरायेको फार्से सदरै राषने ठहराई आजै कीनारा फैसला भयेको हुनाले येस मुदामा कारवाई गर्नु नपर्ने षारेज गरी दिने ठहराई ०७।३।१५ मा सुरु ढुडुवा पाहाड अमिनीका हाकिं तहरिर मेंवरले छवाको र कमला कांतको हक मेटाई सुक्री विक्रि गरे भंने मुदामा चेताका रेष देष समेत गरेको नजिक हकदार कमला कांत ठहरी आजै पर्चा सम्ते भै सकेकोले येस मुदाबाट कारवाई केही गरी रहनु नपर्ने ठहराई फाटवाला वीचारी वलरामको राय पर्चा भयेकोमा मैले दीयाको राज्य अदालतमा परेको मुदामा पाल्पा अपिल उपर प्रधां न्यायालयमा अपिल दिनु पर्ने छला छवाले दियाको मुदामा ढुडुवा पाहाड अमिनी उपर वुटौल अपिलमा अपिल दिनु पर्ने वाहा गै अपिल दिनलाई १८० कोस टाढाका रैतिले नेपाल वुटौल २ तर्फ तारेषमा पुग्नु पर्ने आषीर यौटै कुराको मुदा मै ३ मिसिल नजोडी मुदाको टुंगो नलागने र ३ मिसिल भयापनि ३ वटै मुदा येकै अडाबाट येकै पटक छींनु पर्ने यौटै कुराको हुनाले अमिनी उपरको अपिल पनी न्यायालयबाट वा जिल्लाको सटा सदर अपिलवाट अपिल लि हेरी दिनु भंने प्रमांगी पाउँ भनि अपिलाट कमलाकांतले दियाको विंती पत्रमा येस्मा व्यहोरा साचो भया मुदा यौटै मै दुई तिर नालेस परी कारवाही भयाको रहेछ भने स्व समेत वुझी ठहरे वमोजिम गरी दिनु भन्ने श्री मिनिवर याराद कम्यांडर इन चिफ वाट भयाको प्रमाङ्गि वमोजिम निज अपिलाट कमलाकान्तको अपिल प्रधां न्यायालय श्रेस्ता फांटमा दर्ता भै वाड फांड हुंदा प्रधां न्यायालय दोश्रा फाटमा परी मिसिल पसाई दिनु स्व अडावाट सुरु ढुडुवा पाहाड अमिनीलाई लेषि पठाउदा मिसिल काग्रेसको आंदोलंमा परी जलाई दियेको भनि जवाफ दियाको देषियाको मिसिल न्यायालय दोश्रो फाट वाट पैल्हा फाटमा सरी आई अपिलाटको वारेसले स्व मिसिलको भयेसम्मको नकल यै हो भनी दाषेल गरेको नकल वाट मिसिल षडा भयेको येस मुदामा तारेषमा रहेको अपिलाटको वा राममणिलाई समेत राषि छलफल गरी निर्णय गर्दा सुरुवाट वादी छला लाई ३ पुस्ताको हकदार ठहरायेमा निजले अपिलै नगरी चित्त वुझाई वसेकी र वादी छवाले दियाको हक मेटाई जगा विक्री गरे भन्ने मुदा वाट यो अपिलाट ४ पुस्ताकै ठहरी आजैका मितिमा छीनीयाकोले समेत यस मुदा तर्फ केहि गर्न नपर्ने ठहराई छानेको ईंसाफ ढुडुवा पाहाड अमिनिको हाकिं तहरीर मेंवरको मुनासिव ६ फाटवाला विचारीको राय पर्चा गल्ती ठहर्छ गल्ती राय पर्चा गरेमा वि. वलरापाध्यायके हा का १५ नं ले कं रु १ र थप कं रु १ स्मेत ज्मा कं रु २ दुई जरीवाना र ईंसाफ पारी छीन्ने हामिं उपर अपिल गरे वापत अपिलट कमलाकांत रजौरेके सुरुवाट दंड नगरेकोले हा का १० नं. ले कं रु १ एक दंड हुछ वारेस हुदा असुल गर्नु भनि तहसिलमा लगत दीनु।

 

न्यायाधीस

 

इती संवत २००९ साल फागुण २१ गते रोज ४ शुभं ..।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563