• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २८३ - कर्तव्य ज्यान

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/१४ ९२

283/2010

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

सा.न  ७०

                          मुद्दा-कर्तव्य ज्यान

पाल्पा ईलाका घुकोटि मौजे बस्तु देऊराली बस्ने वादी दीलु घीमीरे जैसी

 

वीपक्ष- प्रतेबादी ऐ .बस्ने कुन्ती जैसीनी

इजलास

श्रीमाननीय प्रधान न्यायधीश हरीप्रसाद प्रधान एम.ए.बि.एल

फैसला

    यसमा मेरी विवाहिता स्वास्नी कुंती जैसीनी ८ साल जेष्ठ देखी ज्वरो आई घाटी सुन्नीने रोग ले विरामी भयर्की थिइ ८ साल भाद्र २७ गते भात खाई  म र आमा छोरी १ समेत  कोदो वारीको झार  काट्न ढोक वारीमा गयको २ वर्षको नावालक छोरी र निज स्वास्नी घर्मै थिये १२ वजे  पानी खान घर आयको भीत्र मुल ओछेनमा नावालक छोरी लुगा ओडाइ सुतिरहेकी वोलाउदा नवोलेकी र सीरानमा वंचरो स्मेत  भएको लुगा झिकी हेर्दा रगतले मुछीयको र कानमाथी टाउकोमा ठाउ ठाउमा गहीरो घाउ स्मेत भै निज छोरी छली मरीरहेको देषी मर्नेको आमा मेरो स्वास्नी  लाई  सोध्दा वंचराले हानी मारेकी हुँ भनी सावीती भयकीले दाखेल गर्न  ल्यायेको छु लास जाँच भै अै बमोजीं सजाय हवोस भन्ने दीलु घीमीरे जैसीको भाद्र ३१ गतेको फेराद् रहेछ ।

    उजुरमा लेखियवमोजीं  जाहेरी परेकोले सोधनी गर्दा कर्तव्यमा सावीती भएकोले  पक्राउगरी दाषेल  गरेका छौ भंने  धुर्कोट ग्राम पंचायतको  ऐ मीतीको रिपोट रहेछ ।

             वीवाहीता लोग्ने दीलु घीमीरेवाट १२ वर्ष की छोरी १ वर्ष १० की छोरी-१ वर्ष -२ की छोरी १ समेत जन्मेपछी यै जेष्ठ मैना देखी मलाई जरो आउने षान न रुचने घाटी सुनिने वीरामी भैरहेकोले लोगने सासु मेलामा गए म र  मर्ने  छोरी घर्मा वसेको  थिञा भाद्र २७ गते  मर्ने छोरीलाई एकछीन खेलाय  नीदाउनु भन्दा  झन रुन थाली  दुध खुवाइ सुताए नीधाइ सकेपछी आफुलाई  संचो नभएको बखत झगडा गरी दुख दीने यसलाइ मार्न पर्यो भन्ने तर्क वितर्क  उठयो र घर्कै  दाउरा चिर्ने वंचराले हीर्काउदा नीज छोरी मरेकीले लुगा वडाइ दीराकी हु त्यो पछी लोग्नेले पानी खान आउदा देखी छोरीलाई कस्ले मारयो भनी सोध्दा  मैले मारेकी हु भनी  सावित भएकी हुँ  छोरीलाई  कर्तव्य गरी मारेमा जो ठहर्छ भन्ने  कुन्ती जैसीनीको सावीती वयान रहेछ ।

   नीज कुंतीले छोरीलाई वंचराले हानी मारेमा सावित हुने कुंतीलाई  ज्यान सम्वन्धीको २५ नं ले ज्यानको ज्यान वदला हुनेमा ऐ .३7 नं  दण्ड सजायको ९० नं ले डामल हुनेमा जेल सुधार  योजनामा  १9 दफाले  २० वर्ष कैद गर्नेमा सो वमोजिम गर्दा सजाय चर्को पर्ने हुनाले  सजाय घटाउन जो तजविज भनी पाल्पा अदालतले राय लगाइ २००९।५।२० मा जाहेरी फैसला गरेको रहेछ

      आफ्नु छोरीलाई बंचराले हानी मारेमा सावीत भएकीले राए लाग्दैन  अरु इन्साफ सजाय मनासीव भनी ऐ. अपील्ले ९।१०।१४मा जाहेरी फैसला  गरेको रहेछ ।

     साधक द्वारा पेश हुन आयेको यो मुद्दा  वुझ्दा  आफ्नु २ वर्षकी नावालक छोरीलाई  नीदायको बषत  वंचराले हानी मारेमा अपराधी कुंती जैसीनी सावीत भयकीले इन्साफ हकमा सुरु अपिलको मुनासीव र सजायको हकमा अपाराधी कुंती  लाई  ज्यान सम्वन्धी  का ३7 दफा दण्ड सजायका ९० नं ले दामल हुनेमा नीज स्वास्नी मानीस हुनाले दंड सजायका  २ नं ले  डामल हुनेमा कैद वर्ष १२।वार हुन्छ  नीज  कुंता जैसीनिलाई पाल्पा अदालतको २००९ साल माघ २० गतेको फैसलाले डामल गर्ने गरेको लगत काटी २००८ साल भाद्र ३१ गते देखि पाल्पा झेलखानमा थुनीइकाले सो थुनीयका मितीले कैद वर्ष १२।वार गरी छाडी दीनु भनी पाल्पा  अदालत लाई  पुर्जी गर्न तहसिलमा लगत दी यो फैसला सहितको मीसील सुरु अदालतमा पठाउनु पाल्पा अपिलमा पठाइदीनु ।

 

 

हरिप्रसाद प्रधान

प्रधान न्यायाधीश

ईती सम्वत २०१०  साल श्रावण  १४ गते रोज ४ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563