• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३६ - बन्धकी जालसाजी

साल: २००९ महिना: फागुन फैसला मिति :२००९/११/२७ १०८

अभिलेख द.न. ३६/2009

२००९ सालको दे.न. ११ मि.न.

                         मुद्दा :- बन्धकी  जालसाजी

         निवेदक                                       विपक्षी

    भुवानन्दसमेत                                           लक्षीपति जैसी

                     श्री

                                               प्रधान न्यायालय डिभिजन बेञ्च

                                     दा.नं.०७२


अपिलाट :-दिलबहादूर हमाल रामबहादुर हमाल  पं. ४ नं पैञ्यू घूंसुं

 

 

 

 

 

 

 

 

 

 

विपक्ष :- लक्ष्मीपति काफले जैसी १

नन्दलाल  ऐं ऐं     

अनंत लाल ऐ.ऐ     

भूवानन्द  ऐ ऐ       

गौरिधर ऐ ऐ       

जि.भं नरभूपाल ऐं ऐं   

 ऐ ऐ देउराली काफले घर वोटबारी

 

 

 

 


 


मुद्दा-          जलसाजी

इजलास

श्रीमाननीय प्रधानन्यायाधीश हरिप्रसाद प्रधान एम.ए बि.एल

श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्री

फैसला


यसमा हाम्रा जिजुवाजे पृथुदासका नाममा दर्ता भएको माटो मुरी ।९४ को चिलुवा  फाट भन्ने जगा मध्य माटो मुरी  ।७४ प्र.भुवानन्दको वावु कुलानन्द लाई  ५५ सालको वालि देखि  भोग वन्धकीमा दिएकोमा हाल वावु वाजेहरु मरि हामीहरुले थैली  बुझाउन  जाँदा ७२ सालमा खानीवाट  मालमा द्रता हुन जांदा र  र ३ महलेमा  स्मेत  हाम्रा  नाममा  द्रता  भै सकेको थैली  वुझ्दैनौं भनि ज्वाफ दिएकाले सो द्रता वदर गरि हाम्रो  हक सदर गरि पाउँ भंने वादि हरु रहेछन ।

वादिका दाविको जगा अघीनै वादिका वावु वाजेहरु  वाट  राजीनामा गरि लिई  हाम्रा भाइ  भाइ मा वण्डा लगाइ  द्रर्ता गराइ खाएका छौ  भोग बन्धक मा दिएको छैन भंने  स्मेत प्रतिवादि हरु रहेछन ।

३ महले हुँदा र सो भन्दा अघिनै  स्मेत वादिका दाविको जगा  प्रतिवादि  हरुका नाममा दर्ता  भएको देखिएकोमा उजुर गर्ने  म्याद वर्ष  भित्र वादिले उजुर नगरि म्याद नाघि सकेपछि  मात्र  उजुर  गरेको देखिएको  खारेज गर्ने गरी स्याङ्जा  अदालत को ०६/७/२८/१ मा फैसला गरेको रहेछ ।

सुरुकै  इन्साफ  सदरगरी


पालपा अपिलले ७/७/२९/३ मा फैसला गरेको रहेछ ।

वादिका दाविको ।७४ मुरी वाहेक ।२० खेतको  २००२ साल देखिको तिरो  भरो गरेको  रसिद छ भनि वहिपार अपिल जिकिरमा स्मेत  लेखेकाले सो ।२० मुरी तर्फ  आफ्नो सवुद प्रमाण दिइ  उजुर वाजुर जो गर्नु पर्छ  गर्नु भनी  वादीलाई  सुनाई  दिने ।अव इन्साफ  मालमा अपिलको मुनासिव ठहराई प्रधान न्यायालय दोस्रा फाटले  ०८/१/९/१मा फैसला गरेको रहेछ ।

चित्त वुझेन इनसाफ  जाची पाउँ भंने अपिलाट विंति पत्रमा वेहोरा साँचो हो  र ०८ सालमा छिनिएको रहेछ  भने यो मुद्दाको मिसिल झिकि इन्साफ  जाँची ऐन सवाल वमोजिं गर्नु भनि ०८/६/९/३मा आदेश भएको रहेछ

तारेखमा रहेको  वा.स्मेत को अपिलाट दिल बहादुर लाई राखी बुझ्दा म्याद भित्र उजुर गर्न  नसक्ने पक्का सवुद वादिले केहि दिन नसकेको र बन्धकीमा खान  दिएको  भनेकोमा पनी त्यसको सबूद प्रमाण  छ भंनेले ..............

सकेको स्मेत वाट  इनसाफ  प्रधान न्यालय दोस्रा फाटको मुनासिव छ ।मुद्दा दोहोराएमा अपिल  वाट  दिल वहादुर हमाल राम वहादुर हमाल के सुरु दण्ड  मो रु.१। को हा.क.११ नम्वर का ऐन बमोजिम सैक्दा १०  ले मोरु ।१०दण्ड हुन्छ ,दिल वहादुर रुजु हुँदा निजलाई दामासाहिले  लागेको दण्ड  मो रु ।५ पाँच पैसा  असुल  गर्ने राम बहादुरको वारेस हुदा निजलाई दामासाहिले लागेको दण्ड मो रु  ५ पैसा असुल गर्न  अ.त.देमा लगत दिइ  मिसिल इलाका अदालतमा पठाउन अ.त.मिसिल फाटमा  बुझाइदिनू ।

महेन्द्रबहादूर महत                       हरिप्रसाद प्रधान

 न्यायाधीश                            प्रधान न्यायाधीश      

इती सम्वत्  २००९ साल फालगुण  २७ गते रोज ३ सुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563