• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३७ - गुठी धर्म लोप गरे भंन्ने

साल: २००९ महिना: फागुन फैसला मिति :२००९/११/२९ १२३

नेपाल प्रधान न्यायालय दिभीजन बेञ्‍च

मुदा नं ५७१


उजुरवाला प्रतेवादी का नरदेवि बस्ने सौभाग्यश्वरी वझेनी

विपक्ष वादी का.मरुहीतीतोल बस्ने वीस्नुदेव झा


मुदा गुठी धर्म लोप गरे भंन्ने

ईजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम्.ए. बी. एल.

श्रीमाननीय न्यायाधीस भैरवराज पन्त पाध्या

फैसला

सु. कुलानन्द झाको ४ छोरामा काजी हीरालालस्मेत ३ जना मुगलानमा बसेको मेरो बाजे लेफटें भैरवलाल नेपाल नरदेबीको घर समेत स्याहारी बसेकाले वाजेका सेखपछी बाबु भगबतलाल झाले सो गुठी घर वन्धक राखी धर्मलोप गरे भन्‍ने सत्यराजसमेतले उजुर गरेकोमा सो कुरा ठहरी फैसला भयको सो घर सत्यराजले हर्षरत्नलाई २००४।८।१७ मा रु. १२०१ मा वंधकी दी बाँकी अरु श्रीसंपती सौभाग्श्वरिलाई वक्सगरी लेखि दियको सत्यराज २००४ साल फागुणमा मरेको मदेसमा मैले थापाई आउदा वंधकी वक्सपत्र दियको कुरा थाभएको जुं गुठी घर स्मेत बन्धकी दींदा मेरा बाबुले धर्मलोप गरेको ठहरे सो घर सत्यराजले वंधकी दीयकोले वन्धकी दीयको र वकस पत्र लेखी दियको बदर गरी सावीकबमोजिं गुठी चलाई खान सो घरस्मेत मलाई दीलाईपाउँ भन्‍नेस्मेत वादीको वींती पत्र वयां रहेछ।

दाजु सत्यराजका स्वास्नी छोराछोरी र ३ पुष्ता भीत्रको हकवालास्मेत कोहि नहुँदा २००४।९।७ मा रजिष्टसं पास गरी सेसपछीको वक्स पत्र गरी दियकोले हेरविचार स्याहारसम्भार गरी आयको २००४।१२।३।२ मा परलोक भयकोले नीजको काज किर्या र देवताको नीत्य पर्व पुजास्मेत मैले गरी गराई बाँकीरहेको श्रीसम्पती गैर मैले षाई आयेको छु वादीले दावी गरेको घर वादीका पुर्खा अघी नै अंस भै छुटि सकेकोले वादीस्मेत कसैको हकलाग्ने हैन वंधकी दियको मलाई थाछैन भंन्‍यस्मेत प्रतिवादी वयां रहेछ।

भीत्रपट्टी खन्डको १ नाले २ तले घर भगवतलालको बाबु भैरवलालले बंधक राषी धर्मलोप गरे भंन्य नालेस परेको र बाहीर सदकको झगडा परे बाहेकको पसल भयको उत्तरपट्टीको घर मेरा सोवासी घर भनी वींती पत्र दीयको स्मेत देषीयको गुठीको सो उत्तर मोहडाको घर पनि हो भन्य केही सबुद दीननसकेकाले उत्तर मोहोडाको घर बाहेक उत्त पटिको पुर्व दाखिंनालको १ नाले घर गुठी ठहर्छ सो घर बंधकीलीयको सदर नहुँदा बदर हुन्छ भनी सुनाई दिने सेस वाँकी वन्दागरी खान पाइन्छ बक्सपत्र बदर गरी पाऊँ भन्‍ने हक्मा यो घरको कुरै नलेखि समुच लेखी दीयको आफ्नु हकपुग्ने भनी लेखी दिनुलिनु पाउने नै हुदा वकसपत्र बदर गरी पाऊँ भन्‍ने दावी पुग्दैन भन्‍ने स्मेत राजधानी काठमाण्डौ देवानी अदालत पैलाको फैसला रहेछ।

हाम्रा पुर्खाले राखेको अंसमास्मेत हाम्रै भागमा परेको घर मध्ये १ कोठा वाकी राखी अरुमा ३०।४० वर्षको भगवतलालको बाबुलाई वस्न दिइको सो घर सुरा वीर्ता भनी वीक्री गर्न पाइने हैन भन्ने स्मेत सत्यराजले नालेस गरेकोमा सो घर मध्ये ऊत्तरलङमात्र गुठी पर्व दछिण लङ्को मेरो सुवा घर हुदा वंधकी दियको अंन्य भगवतलालको प्रतेवादी भयकोमा सो घर गुठी नै ठहरी फैसला भयको भन्य देखियको वीर्ता भन्‍ने सवुद बक्स पाऊने प्रतेवादीले केही गुजार्न नसकेकोले उत्तर मोहोडाको घर वीर्ता भनी सुरु देवानी अदालतले गल्टी गरेको ठहर्छ गुठी घर बनाई बस्ने सत्यराजले गरी दीयको बक्सपत्र हुदा गुठीका ४ नं बमोजिं सेस वन्दा गरी खानपाउछ भनी दुवै ठर झगडीयालाई र गुठी घर हुँदा वंधकी लीयको सदर हुन्दैन भनी हर्ष र लाई सुनाई दिने भनी अपिल तेस्रा फाटले २००७।८।१९ मा फैसला गरेको रहेछ।

अपिल तेस्रा फाटले ठहराई छिनेको मनसिव गरी २००८।१।२७ मा प्रधान न्यायालय चौथा फाँटले फैसला गरेको रहेछ।

सौभाग्यश्वरीले दीयका वींतीपत्र भयका आदेशबमोजिं उजुरवाला सौभाग्यसोरीको वारेस ब्रहमनाथ झा र झिकाई आयको झगडीया विस्नुदेव झाको वारेस श्री नारायण झालाई राखी बुझ्दा ६१ सालमा देवानी अदालत कोटिलिङ्बाट भयको फैसला हेर्दा भित्र पट्टी १ नाले ३ तले घर भगवतलालले बन्धकी राखी धर्मलोप गरेमा नालेस गरेको छु झगडा परे बाहेकको सडकपट्टीको पसल बनायको भत्काईदिय भन्‍नेस्मेत घरपसल भत्कायो भनी सत्येराजले भगवतलाल उपर नालेस गरेकोमा सो घर पसलस्मेतमा धर्मलोपमा उजुर परेको छ भंने प्रतेवादी भगवतलालको लेखाई नभै वाहीरको घर गुठी हो मैले वन्धक राखेको घर मेरो सोवासी हूँ भंन्‍ने जिकिर भयकोले सो बाहिरको घर सत्यराजले मेरो सो वासी घर भनी वीन्तीपत्र दियको पनी सो फैसलाबाट देखिन आयको ऊतर मोहडाको वाहिरको घर पनी गुठीको नै भय गुठीघरलाई मेरो सोवासी भनी वीन्तीपत्र चढायपछी मुदा परि झगरिया भै रहेको यो वादीको वावु भगवतलालले उजुर नगरी चुपलागि बस्दै नवस्ने उजुर गरी सो वाहिरको घरस्मेत गुठी कायं गरायको छ भंन र सो घर गुठी नै हो भंन अरु कुनै सबुद दीन नसकेको र सो भगवतलालको प्रतेवादीमा जो कंगाल हुन्छ ऊस्ले सो गुठी घरमा बस्ने भत्केबीग्रेमा सबैको सलाले बनाऊन पर्नेमा नीजले बनायकोले भत्कायको भंन पनि लेखियको तेस्तो सबैको सलाले बनाउनु पर्नेमा सला वेगर आफुखुसि आफू यकलौटी गरी बनायको भत्कायेको भय भत्काउन नहुने भत्कायेको ठहराई वीगो भराई दीनेगरी फैसला गरेको उपर अपिल गरी सो फैसला बदर गराउन सक्नुपर्नेमा भत्काउन नहुने भत्कायको ठहराई सजाय गरेकोमा चित बुझाई बसेको देखिनालेस्मते वाहीर उत्तर मोहडाको घर गुठी भन्‍ने कुरा दुवै देखिनाले ईन्साफ सुरु देवानी अदालत फैला फाटले ठहराई छिनेको मनासीव अपिल तेश्रा प्रधान न्यायालय चौथा फाटले गल्टी गरेको ठहर्छ तल लेखिय बमोजिं गर्न अदालत तहसिलमा लगत दिनु।

     रा.का. देवानी अदालत पैला फाटका २००६।९।२९ का फैसलाले वादीबाट राखेको कोर्ट फी मध्ये वीर्ता ठहरेको घरतर्फको कोर्टफीं ३० रुपैञा जफत गर्ने गरेकोमा अपिल तेश्राका फैसलाले प्रतिवादी सौभाग्गश्वरीबाट भराई दिने गरेकाले प्रधान न्यायालय श्रेष्टा फाट मार्फत २००७।११।८ मा अ.त विगो फाटमा ढरौट राषेको मोरु ३०। तीस रुपैञा बादी विस्नुदेवले भरी नपाउने हुदा अैन सवालको रीत पुर्‍याई फीर्ता दीनु भनी अ.त. वीगो फाटमा लगत दीने ------------------१

केही उल्टीमा देहायका अडाका देहायका मानीसके केही गर्ने पर्दैन -----------१

प्रधान न्यायलय चौथा फाटका या

मी.सु. ईन्द्रलाल अमात्य

डी. विस्नु प्रसाद पाध्या

वी. रामबहादुर जोसी

अपिल तेश्राफाटको

सु देवीप्रसाद उपाध्या

ख देवराज जोसी उपाध्या

वी. रघुनाथ उपाध्या

देवानी अदालत पैलाफाटका देहायका मानिसके अपित तेश्रा फाटका फैसलाले केही उल्टीमा गर्ने गरेको जरिवाना नलाग्ने हुँदा असुल भयको फिर्ता नभयको वेहोरा जनाई लगतकाटी दिनु भनी अ.त.देवानी फाटमा लगत दिने -----

ना.सु. हेरम्वराज गुरुघराना पण्डित ज्यूके गरेको रु।६०

अ.डी प्रेंलाल श्रेष्ठके गर्ने गरेको रु।२५

व. मनहर्ष भडारी के गर्ने गरेको रु।१५

भैरवराज पंत                                  हरिप्रसाद

न्यायाधीस                              प्रधान न्यायाधीस

इति सुम्वत् २००९ साल फागुण २८ गते रोज ४।

    

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563