निर्णय नं. ३८ - लीलां वेहीसाव
अभिलेख दर्ता नं ३८ बर्ष २००९
रिट नं २११/१०४३
नेपाल प्रधान न्यालय डिभिजन वेन्च
मुद्दा नं १०४३
जील्ला प्रगेना महुतरि मौजे सकरी वस्ने सुगावती मैथली बाम्ननी
विपक्ष : ऐ.ऐ.वस्ने मोहन झा समेत
मुद्दा -लीलां वेहीसाव
ईजलास
श्री माननीय न्यायाधीस हरि प्रसाद प्रधान एम .ए वी.एल
श्री माननीय न्यायाधीस भैरव राज पन्त पाध्या
आदेश
यसमा सुगावतिले चढायको नीवेदन पत्रमा श्री ५ महाराजधिराज बाट भएका आदेश बमोजिं ईन्साफ जाची दीनु होला भन्ने राजेवेवस्ता बाट लेखि आई दायर भएको यो मुद्दा २००६ सालमा खड्ग नीसाना भै छीनीएको भन्ने वीन्तीपत्र लेखाई वाट देखिएको २००६ सालमा छोनीयको मुद्दा प्रधान न्यालय वाट दोह्राई हेर्ने गरी नै आयको हुनाले सो बेहोरा श्री ५ माहाराजधिराज का हजुरमा जाहेर गर्न राजे वेवास्थालाई लेखि पठाई मुद्दा दोहोरिन नसक्ने भयको वेहोरा उजुरवालालाई सुनाई तारेख तुलाई मीसील समेत तामेलीमा राषन जलेश्वर अमिनीमा पठाइ दीनु ।
न्यायाधीश प्रधान न्यायाधीश
इति सम्वत् २००९ साल फागुण २८ गते रोज ..............