निर्णय नं. ३९ - रामजित मरेको ज्यान्
अ.नं 39/2009
नेपाल पधांन्यायालय डिबिजन बेन्च
सा १२४
वादी - पूर्व ३नं इ. जिल्लै चिसंखु मौजे चौरासि भिडरीबोटे जेमीरे माथिल्लो बतासे बस्ने औलीमाया जमिदार्नी
प्रतेवादी - पुर्व ३ नं इ जिल्लै चिसंखु मौजे चौरासी माथिल्लो विना बस्ने अत्रमान जमीं १ ऐ. का एकाघर संगका छोरा नरवाहादुर जमीं..........१
मुद्दा : रामजित मरेको ज्यान्
इजलास
श्री माननीय प्रधांन्यायाधिस हरिप्रसाद प्रधां एम. ए .वि .एल
श्री माननीय न्यायाधिस प्रदिप्त मान्नेवर नेपाल तारा ले.ज. प्रकास सम्सेर जङ्गबहादुर राणा
फैसला
यसमा घास खोस्टाको निहु वाट झगडा उठी प्रतेवादी हरुले लोग्ने रामजितलाई कुटी मारे भन्ने औलीमायाको उजुरी बयां रहेछ ।
घास खोस्टा माग्न जादा छोरा नरवाहादुरलाई वादीको लोग्ने रामजितले र वादीसमेत भै कुटी रहेको देखी मैले कुटेको छु भन्ने अत्रमानको मलाई कुटिरहेको देखी वावु अत्रमानले रामजीतलाइ कुटेको र त्यै चोटवाट मरेको हो मैले कुटेको होइन भंने नरवाहादुरको प्रत्येवादी वयां रहेछ ।
वुझिएसम्मका प्रमाणवाट नरवाहादुर लाई ६ महिना देखि ३ वर्ष सम्म तजविज वाट सजाय हुने र अत्रमान लाई दामल गर्दा अमल खाई भोजको दिं मा आफन्त दाज्यू भाई मा झगडा हुन गै रामजीत मर्न गएकोले मर्का पर्ने भनी भोजपुर न्यायालयवाट २००८साल जेष्ठ २९ गते रोज ३ मा जाहेरी फैसला गरेको रहेछ ।
नर वहादुरलाई ३ वर्ष कैद गर्ने अरु मनासिव ठहराई ०९ साल पौस ४ गते प्रधां न्यायालय दोस्रा फाटवाट जाहेरी फैसला गरेको रहेछ ।साधक द्वारा पेश हुन आएको यो मुद्दा बुझ्दा सर्जमिन कसैले पनी र नर वाहादुरले कुटेको र निजका कुटाई को चोटबाट मरेको भंन नसकेका नरवाहादुरको रामजीत संग झगडा भै रहेको ठाँउमा अत्रमान आई रामजीतलाई कुटेको भनी सर्जमिनले लेखिदिएका बाट समेत नर वाहादुरको कसुर नदेखिएको हुँदा अव अरु सजाय गर्नु पर्दैन जेलखानाबाट छाडी दिनु भनी जनाउ दिनु अत्र मानका हकमा ज्यानै मार्न पर्ने किसिमको रिस इवि नदेखिएको दाज्यू भाईमा अकस्मात झगडा उठी कुटपिट भै त्यै चोट वाट रामजीत मर्न गएको देखिएकोले निजका हकमा अंश सर्वश्व गरी थुनियका मितिले कैद बर्ष ६ छ गर्नु भनी मिसिल धंकुटा अपिलमा पठाई दिनु ।
प्रकाशशम्सेर हरिप्रसाद
न्यायाधीस प्रधां न्यायाधिस
इति संवत २००९ साल फाल्गुन २९ गते रोज ५ सुभं