निर्णय नं. ३४६ - जगा षीचोला
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
मु नं ८७७
मुद्दा जगा षीचोला
अपीलाट् जाजरकोट वीर्ता वाफी सींतारु गाउ बस्ने प्रतेवादी वीरु जैसी
वीपक्ष ऐ ऐ बस्ने वादी वीरु वली
इजलाश
श्री माननिय न्यायाधीश प्रदिप्त मान्येवर नेपाल तारा ले.ज.प्रकाश शम्सेर जङ्ग बाहादुर राणा
फैसला
मेरो रु ३।२० तीरोको २ कीता जगा दन्तको हक भयेकोमा दन्तले कृस्न वीक्रंलाई राजीनामा गरी दी कृस्न वीक्रंलाई राजीनामा गरी दीयेकोमा स्व जगामा प्रतेवादीहरुले षीचोला गरेको षीचोला मेटाई पाउ भंने वीरुको वादी
वादीले दावी गरेको जग्गा दन्तुको नाउमा दर्ता भये पनी हामीहरुका हकको भै ठगेन्द्र वीक्रं साहालाई वंधी दीयकोमा ९८ सालमा दन्तुले आफु नाउमा दर्ता गरेको रहेछ र हाल कृस्न वीक्रंले वादीलाई राजीनामा गरी दीदा नभै वींतीपत्र दीयेको छ जगा हाम्रो हकको हो भंने वीरुको प्रतेवादी।
वुझीयेसम्मका प्रमाणबाट हक नपुगने जगामा प्रतेवादीले षीचोला गरेको ठहरछ भंने जाजरकोट् अदालतको फैसला।
तेस उपर प्रतेवादीको अपील पर्दा सुरुकै ईन्साफ सदर गरी सल्यां अपीलले छीनेको।
येस्मा प्रतेवादी वीरु जैसीको अपील परी आयेको यो मुद्दा वुझ्दा षीचोला ग-यो भंने वादी दाबी हुदा सुरुको सदर गरी सल्यांना अपीलले गरेको ईन्साफ सदर हाकीं उपर अपील गरेमा वीरु जैसी कै सुरु डंड रु ।३२।२ को हा का १० नं ले दोश्रो अपील हुदा सैक्रा।५ ले मो रु ।२ थप डंड हुनेमा तारेषमा बस्न नपरोस भनी ९।५।२१ मा रु ।१ सल्यां अपीलमा धरौटी राषेको मीसीलबाट देषीदा सो डंड रु ।१ सदर स्याहामा आंदानी बाधी नपुग रु ।१ येक पैसा रुजु नहुदा असुल गर्न भनी तहसीलमा लगत दी धरौटी अपील सदर भै छीनीयेको जनाउ अपीलाट्लाई दी मीसील मीसील फाटमा बुझाईदीनु
प्रकाशशम्सेर
न्यायाधीस
ईती संवत २०१० साल श्रावण २७ गते रोज ३ सुभं