• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३४८ - कुटपीट हुलहुजत गरी दंड लागेको मानीस प्रक्रयो भंने

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/२७ १२९

अ.न. ३४८

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

सा.नं.९३

मुद्दा कुटपीट हुलहुजत गरी दंड लागेको मानीस प्रक्रयो भंने

 


ऊजुरवाला वीरगंज अमीनी तहसीलको नौ. माधव लाल श्रेष्ठ स्मेत

विपक्षे तुल्सी बहादुर नेवार जील्ला पर्सा प्र. सी सीधमाशपुर मौजे जगरनाथपुर वस्ने स्मेत


 

ईजलास

श्रीमाननिये प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम. ए. वि.एल.

 

फैसला

येस्मा जगरनाथपुर बस्ने श्याम बहादुरलाईं चोरी मुदामा लागेको दंड कं रु ५१७ । । कैद हुने हुदा ६/८/१३/मा पक्री ल्याउन लाग्दा नीज तुल्सी बाहादुर समेतले सी अजीत मां को र मेरो स्मेत वर्ने कंमलहरु समेत लुटी कुटपीट गरी नीज श्याम बाहादुरलाई भगायेको हुदा वीगो दिलाई सजाये गरी पाउँ भंने स्मेत नौ. माधवलाल सि. अजित खा बैठाको रिपोट रहेछ ।

कुटपीट हुल हुजत गरेको र लुटेको छैन भने स्मेत गोवरधन मनिकमान तुल्सी बाहादुर स्मेतको वयां रहेछ ।

बुझीये सम्मका प्रमाणबाट कुटपीट गरेको र श्याम बाहादुरलाई भगायेको ठहर्छ । लुटपीट गरेको र वचै दीयेको ठहर्दैन भने स्मेत कटहर पै अपीलको ०८/१२/६/३ को फैसला रहेछ ।

निज प्र. गोवरधंलाई कुटपीट गरे तर्फ ज्मा दंड के रु २२ अडैबाट गर्ने र कुटपीटको ३० नं. ले१५ दीं देषी ६ मैना सम्म थप सजायेलाई जाहेर गरेको साधकद्धारा जाहेरहुन आयेको यो मुदा बुझ्दा मीसीलबाट सरकारी वा जागीरदारलाई हुल हुजत गरेको र पक्रेको मानीस भगायेको देषिनाले ईन्साफ कटहर पं अपीलको मनासीव निज प्र. गोवरधं राहुल अहिर जी. पर्सा प्र. सिधमास मौजे जगरनाथपुर वस्नेलाई कुटपीटका ३० नं. ले कैद मैना । ६ छ मैना थप कैद गर्नु सो कैदको लगत तहसीलमा दी मीसील कटहर पं अपीलमा पठाई दीनु ।

 

हरिप्रसाद

प्रधान न्यायाधीस

ईती सम्वत् २०१० साल श्रावण २७ गते रोज ३ शुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..