निर्णय नं. ४१ - लेन्देन हर्जाना
नेपाल प्रधान न्यायलय सिङ्गल बेञ्च
ठा नं २५४
अपिलाट
वादी काई कालिमाती बस्ने ख. मोहनमान श्रेष्ट
विपक्ष
प्रतिवादी काई चिकंमुगल् बस्ने हिरामान महरजं एक१
मुद्दा लेन्देन हर्जाना
श्रीमाननिय न्यायाधीश प्रदिप्त मानेवर नेपालतारा ले.ज. प्रकाशशम्सेर जङ्गबहादुर राणाको ईजलास
फैस्ला
यस्मा ०३ सालको जेष्ट मसान्त सम्ममा २ लाख ईट तयार गरुला नगरे हर्जाना बुझाउला भनि कमीसन मोरु २५। कट्टी गरी रु ४९७।५० को कागज हिरालाई दि४० हजार ईट बनाइ अरु ईट तयार गर्न रुपैया पेस्की मागेमा ईट लिने मैया साहेवबाट रुपैया नआएकोले अैले दिन सक्तिन सरसापती ली काम गर भनेकोले २२००। सापती गरी बुझाउन जादा नबुझी दिएका कारणबाट बिक्री गर्दा सैक्रा १२ ले नोक्सान पर्न गै जम्मा मो रु३०० नोक्सान परेको सो कटाई देउ भंदा आलटाल गरी आषिर मेरा नाउमा नालेस गरी मैले रु ५२२ ।५० बुझाउनु पर्ने भनी फैसला भै मेरो नोक्सानी भएको रु ३०० को हीसाबै नभएकाले सो ३००। भराई सजाये गरी पाउ भन्ने समेत वादी रहेछ।
वादीका लेखाइ बमोजिम नोक्सानी परेको बुझाउछु भनेको पनि होइन। ईटका हकमा कस्को मञ्जुरीबाट बिक्रि गरेको हो । मेरो मञ्जुरी वेगरको हुदा रुपैया बुझाउनु पर्ने होइन भंने समेत प्रतिउत्तर पत्र रहेछ।
बुझीए सम्मका प्रमाण परिवन्त्धबाट वादीको दावी झुट्टा ठहराई सुरु दोश्रा फाटले र सो सदर गरी अपिल पैला फाटले ०८।९।१३ मा फैसला गरेको रहेछ।
यस्मुद्दामा अपिलाटको जिकीरसमेत हेरी अपीलाटलाइ राखी जाच्दा प्रतिवादीले ईट बुझी नलिएबाट नोक्सानी भराई पाउने लिखत सबुद केही दिन नसकेकोले समेत हर्जना दिलाई पाउ भन्ने अपील जीकीर मुनासिव नदेषीदा सुरु अदालतको इन्साफ सदर गरी अपिल फाटले छिनेको मुनासीव छ।
इन्साफ हर्यायेमा अपीलाटके सुरु दंड कोर्ट फी मो रु १५। पन्द्र रुपैयाको हाकफमका नाउमा कराउनेका ११ नं. ले तेस्को सैक्रा १० ले मो रु १।५० कोर्ट फी वापत थप दंड हुन्छ । रुजु हुदा असुल गरी अ.त. दे. फाटमा लगत दी मीसील फाटमा बुझाई दिनु।
प्रकासशम्सेर
न्यायाधीश
इति सम्वत् २००९ साल चैत्र ४ गते रोज ३ शुभं