• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३४९ - जगा नाऊसारी द्रर्ता बदर

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/२८ ९८

अ.द.नं. ३४९-१०,

दे.न. १३०/९९

प्रधान न्यायालय डीभीजं बेञ्‍च

सा.नं. ५८

मुद्दा जगा नाऊसारी द्रर्ता बदर


उजुरवाला ल.पु.ई झीकुचा बस्ने बंबहादुर थापा छेत्री

ऐ.ऐ. बस्ने विष्णुबाहादुर षड्का छेत्री


ईजलास

श्रीमाननीय न्यायाधीस भैरवराज पंत ऊपाध्या

श्रीमाननीय न्यायाधीस भगवतीप्रसाद सीं बि एस सी बीएल  

फैसला

येस्मा वावु झीकवहादुरले प्र चन्द्रसोभा संग पटक पटक गरी ज्मा ७०।८ ली ८९।७।२५ मा जलरेको वारी कीता १ ल.पु. मालमा सालको कुत धान मुरी १।१० गहु ।५ घ्यु ।१३ चा।५ तीरो लागेको ७७ नं का व १० पटी सीषांगीको माटो मुरी ।५ मध्ये ३ भागको २ भाग जगा द्रीस्टी दी नीजले भोग गरेको वावु मरी मेरो हक भै रुपैया बुझाउन जादा नलीयेकोले रजीष्टेसनमा उजुर गर्दा नालेस गर्न भनेकोले नालेस गर्न आयेको छु चंद्र सोभाले तीरो वाकी राषने आमाले वंधक लीयेको जगा छोराले द्रर्ता गरायेको वदर गरी मेरो हक कायं गरी पाउ भंने स्मेत वंवहादुरको वादी रहेछ।

वादीको दावीको जगा मैले भोग चलं  वंधकीमा लीयेको पास गरी नदीयेकोले मेरो नालेस परी दे. पैल्हावाट फैसला भयेको म्याद भीत्र पास गर्नु पर्नेमा सुरुमै पास नभयेकोले जगामा मेरो भोग नभयेको तीरो वाकीमा लीलाम वंवहादुरले लीयेको हो मीलेमतो गरेको छैन भंने स्मेत प्रतेवादी चन्द्र सोभाको प्रतेवादी रहेछ।

८९+९९ सालको वाली वाकीमा २०००।३।६ ललीतपुर मालपोतवाट मैले तीरो दाषेल गरी पायेको ८९ सालको तीरो वादीले नै तीर्नु पर्ने पाषो विर्तावाट वाली कुत सकार गरी आज संम तीरो भरो गरेकोले मेरो सदर गरी पाउ भंने स्मेत वंवहादुरको प्रतेवादी रहेछ।

वंधक लीयेमा प्रतेवादी चंद्रसोभा सावीत भयेको चन्द्रसोभाको अघिल्लो लोगने पटीको छोरो वंवहादुर भंने देषीन आयेको भोग दीयेको जगाको तीरो बुझायेको वादीलाई थाहा नहुनेमा आमा छोरा मीली तीरो वाकी  राषी जाल गरी तीरो वाकीमा लीयेकोले वादीकै हक सदर ठहर्छ भंने ललीतपुर अदालतबाट ७।९।२६ गतेको फैसला रहेछ।

स्व इनसाफमा चीत वुझेन भंने प्रतेवादी वंवहादुरको अपील परेमा इन्साफ सुरु ललीतपुर अदालतको मुनासीव हदमुनीको हुदा अपील नलाग्ने गरी ०८।१।१८ गते अपील दोश्राबाट फैसला भयेको रहेछ।

उजुरवाला वंवहादुरको विंती चडाइमा भयेको आदेस बमोजीं इन्साफ जाचीन आयेकोमा न्यालय चौथावाट वादी वंवहादुरलाई छलफलमा झीकायेको रहेछ श्री माननीये न्यायाधीसमा पेस हुदा डीभीजं वेञ्‍चमा पेस गर्नु भंने १०।४।२७ को आदेस रहेछ उजुरवाला वंवहादुरलाई वादी विष्नु वहादुरलाई छलफलमा राषी वुझ्दा वादीको वावुले गरीदीयेको लेषत पास नभयेवाट कपाली गयेको हुदा मैले जगामा चलं गरेको छैन भंने साहु चन्द्रसोभाको प्रतेवादी भयेकोमा झगडा परे मध्ये माल द्रता पोत कसवाट असुल भयेको रहेछ भनी गोश्र्वारा तवील वुझेमा ९५ सालको तीरो साहु चंद्रसोभाले तीरो वुझायेको स्याहावाट देषीन आयेकोले स्मेत जगा मैले वंधकीमा चलं गरेको छैन भंने प्रतेवादी चंद्रसोभाको जीकीर पुग्न नसक्ने भयेवाट वादीले थैली वुझाउन पाउने ठहरायेको इन्साफ अपीलको मुनासीव ठहर्छ इन्साफ पारी छींने हाकीं उपर दोहोरायेमा उजुरवाला वंवहादुरलाई हा.का ११ नं ले सुरु दंड मोरु ५।७४ को दसौद मोरु ।५८ अठाउन पैसा थप दंड हुन्छ रुजु हरदा असुल गर्नु भनी तहसीलमा लगत दी द्रता गर्ने वारे माललाई पुर्जी गर्नेको वाकी देषिन आयेकोले सुरु फैसला बमोजिं गर्न मीसील सुरु अदालतमा पठाउन मीसील मीसील विभागमा वुझाइदीनु ।  

 

 

 

 

 

भैरवराज पंत                                      भगवतीप्रसाद सिंह

न्यायाधीश                                          न्यायाधीस

 

ईती सम्वत् २०१० साल श्रावण २८ गते रोज ४ सुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563