निर्णय नं. ३५० - घरबाट ऊठाईपाउ
अ.द.नं. ३५०-१०,
दे.न. १३०/९९
नेपाल प्रधां न्यायालय डीभीजं बेञ्च
अ.नं. ९९
मुदा घरबाट ऊठाईपाउ
अ.प्रतेवादी का ई भी सीं थां बस्ने झंककुमारी बनीयानी गणेस बनीया छेत्री १ स्मेत ज्वां २
विपक्ष वादी ऐ. बस्ने धनलक्ष्मी बनीयानी
ईजलास
श्रीमाननीय न्यायाधीस भैरवराज पंत ऊपाध्या
श्रीमाननीय न्यायाधीस भगवतीप्रसाद सीं बि.एस सी बिएल
फैसला
येस्मा छोरी झंक कुमारी स्मेतले कुटपिट गरे म ९८ वर्षको अस्पताल जचाउन कोही छैन उजुर गर्न पनी नदी घरवाट नीकाल्ने नीयद गरेकोले जाहेर गरेको छु अन्याये वाला छोरीको लोग्ने मरी नीजलाई र नीजको छोरा स्मेत मेरो घरमा पालेको हुनाले घरबाट उठी नगयेको हुनाले कार्य थां सां को २ नाले ४ कवले ५ गतले पक्की झीगटी घर वाट नीजहरुलाई उठाई पाउ कुटपिट गरेमा र करकाप संग कागज गराये तर्क राका फौज्दारी अदालतमा वयान दी सकेको छु भंने स्मेत धनलक्ष्मीको बिंती पत्र वयां रहेछ।
दाजु स्यामलालले आमा धनलक्ष्मीलाई ७७।७।२६ गते हक छाडी कागज गरी दीयेको आमा धन लक्ष्मीले म संग मोरु २००१ कर्जा ली दावीको घर ७७।८।६ मा मलाई फार्क्षा गरी दीयाको हुनाले भोग चलं गरी आयेको छ स्याम लालले १२०३ ।- कर्जा ली घर भोग बंधकी दीयेको स्यामलाल मरेको नीजको स्वास्नी जेठी वनी यानीले वहाल नदीयेकोले वहाल भराई घर चलं चलाई पाउ भनी कुलराज तमोतले ललीतपुर अदालतमा नालेस गरेकोमा वादी स्मेत बुझीदा मलाई फार्छा गरी येको छु भनी वयां गरेको आफीर ४ मैन्हा भीत्र मोरु १००० मैले कुलराजलाई बुझाउने गरी ९४।५।२९ मीलापत्र गरेको बुझाउन नसक्दा नीज कुलाराजको नालेस परी बगैचा चलं पाउने भै फैसला भयेपछी नीजको मोरु १२०३ मैले बुझाई सो बमोजीं घर चलं गरेको छु वादी झुटा हो दावीको घर मेरो हक हुनाले मैले उठने पर्ने हैन भंने स्मेत झंक कुमारीको र सोही बेहोरा सदर भंने गणेस वानीयाको वयान रहेछ।
प्रतेवादी झंक कुमारीले लेखत गराई लीदा वादीको छोरा स्यामलाल भयेकोमा स्व लेषतमा साछी नभयेको वापत साहु तिर्न भंने लेषीयाको मुदा अपील गर्न नसकेको कुलराजले पास गराई ली नालेस परी प्रतेवादीको लेषत सध्दे कीर्तेमा सुनाउदा कुलराजले जालसाजी कीर्ते भनी वयान गरेपछी स्व रुपैया बुजाउने गरी मिलापत्र गरेको तेस उपर स्मेत कुलराजको उजुर परी भाडादारी लगायत घर चलं पाउने गरी ९५।५।२७ गते फैसला भएकोमा ९८।५।१३मा कुलराजलाई रुपैया बुझायेको देषीयाको साथै ७७ रालमा आफुले फार्क्षा गरी लीयेको भया कुलराजको थैली तीर्ने गरी मीलापत्र गर्न नपर्ने र ८७ सालको फारांमा स्यामलालको नाउमा र ८५ सालमा तुलसीरामले घरको नक्सा पास गर्न स्यामलालकै घर भनी लेषेकोले कुलराजको पछी पर्ने गरी कागज षडा भयेको सबुद गुज्रन आयेकोले वादीले प्रतेवादीलाई घरबाट उठाउन पाउछ मीलापत्र भयेको मीसील पता नलागे पनी कुलराजको थैली झंक कुमारले तीर्ने बोलीको मीलापत्र पछी चलं चलाउने फैसला भयेकोले स्व काटीने भयेकोले जाहेर गरेको छौ भनी रा.का. दे.दो अबाट ०७।५।९ मा फैसला गरेको रहेछ।
रा.का. दे. दोश्राको इन्साफमा चीत बुझेन भनी प्रतेवादी झंक कुमारी स्मेतको अपील परेमा इनसाफ सुरुको मुनासीव गरी अपील पैल्हावाट ०८।३।१३ गते जाहेर गरेको रहेछ।
अपील पैल्हाको इनसाफमा चीत वुझेन भंने अपीलाटहरुको अपील परी आयेकोमा वादी धन लक्ष्मीलाई छलफलमा झीकाउने ठहराई झीकाई हाजिर हुन आयेको वादी धनलक्ष्मी तारेषमा रहेको रहेछ।
वादी धनलक्ष्मीको वींती पत्र चडाई मा. श्री माननीय प्रधान न्यायाधीसका ९।२।९ का आदेस अनुसार टोल संघ बुझी आयेको रहेछ।
श्री माननीय न्यायधीस प्रकास संसेर जं.व.राका पेश हुदा यो मुदा डीभीजं वेञ्चमा पेस गर्नु भंने १०।४।२५ गते आदेस भयेको रहेछ।
यो मुदामा वादी धनलक्ष्मी र प्रतेवादी झंक कुमारी गणेश वानीया स्मेत राषी बुझदा कुलराज तमोट साहु स्यामलाल रीनी भयेको १९९१।४।३० गते सदर रजीटेसन अडाबाट पास भयेको भोग वंधकी तमसुकमा लेखीयाको का ई भीं सीं थानको दषीं मोहडा पुर्व पसीं लमाई हात २१ उतर दषीं गज हात १३ भयेको ४ तले पक्की झीगटी घर स्व घर संगै उतर तर्फ लमाई हात २१ गज हात १४ को वगैचा स्मेतको घर वगैचा मध्ये आघी पर्सि पट्टीको लमाई हात १०।। साडे दस गज हात १३ को ४ तले घर लमाई हात १०।। गज हात १४ को वगैचा स्मेत भंने लेषियाको नीज कुल राजको थैली मोरु १२०३ रुपैया भारदारीका फैसला स्मेतबाट वादीको छोरी प्रतेवादी झंक कुमारीले मीलापत्र बमोजीं रुपैञा नबुझायेकोले स्व घर जग्गा कुलराजले चलं पाउने मयेकोले नीज कुलराजको थैली मोरु १२०३। रुपैया झंककुमारीले बुझाएको देषीन आयेको र सो रुपैञाको हकमा उजुर परेमा ठहरे बमोजीं हुने भनी सुरु अपीलको फैसलामा लेषियाको छता पनी वादीको छोरा रीनी भयाको सो रुपैञा वादीकै छोरोले फैसला बमोजिं बुझायेको स्मेत देषियेकोले छोराले लीयेको रीं आमाले तीरी घर चलं गर्न पाउने भयेवाट साहुले सो थैलीमा फेरी नालेस गर्नु भंन र थैली नबुझाउदै घर छाडनु पर्छ भंने मुनासीव नपर्ने हुदा स्व रुपैया वादी धनलक्ष्मीले नबुझाये संम माथी लेषियाको कुलराजको भोग बंधकी तमसुक बमोजिंको घर जग्गामा प्रतेवादी झंक कुमारीले चलन गर्न पाउछ स्व रुपैञा वादी धनलक्ष्मीले बुझायेमा लेषियाको घर छाडी दीनु भनी र झंक कुमारीलाई सुनाइ दीनु अरु सुरु अपीलको इन्साफ सदर भयेमा अपिलाटहरुलाई कोटफी लागी दर्ता भयेको मुद्दा हुदा थप दंड गर्नु पर्दैन कुलराजको भोग वंधकी तमसुक बमोजिमको मोरु १२०३ वादी धनलक्ष्मीले प्रति वादी झंककुमारीलाई वुझाई पाउ भनी द्रषास्त दीन आयेमा पर्तेवादी झंक कुमारीलाई अैं वमोजीं गरी झीकाई अैं सवालको रीत पुर्याई वुझाई दीनु भनी सदर रजिष्टेसनलाई पुर्जि गरी पठाई दीनु।
भैरवराज पंत भगवतीप्रसाद सिंह
न्यायाधीस न्यायाधीस
ईती संम्वत् २०१० साल श्रावण २४ गते रोज ४ सुभ्म्।