निर्णय नं. ३५१ - वं जगा
अभिलेख नं. ३५१/२०१०
रीट नं. ४५४/६६
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
साधक नं ६६
वादी-रामनाथ जोगी प्युठाना डाखा कुवाडीगाउ
प्रतिवादी ना.रा. सेरबहादुर बस्नेत क्षत्री प्युठाना खैरागाउ
मुद्दा वं जगा
इजलास
श्रीमाननिय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम्.ए बि. एल्
फैस्ला
एस्मा गोरखानाथको मन्दिर भत्कि विग्रेमा स्थान बनाउन चाहिने काठ्को निमित्त १९२८ साल्का महाजाचले दस्तखत गरि दिएकाले पाली आएको वनमा सेर वहादुरले साल् सल्ला अरु कु काठ स्मेत् काटी फाडी जगा आवाद गरेमा सजाये गरी वझ्याई वनपालाको सनद गराई पाऊ भन्ने स्मेत विन्तिपत्र र गोरखनाथको मन्दिर भत्के विग्रेमा मर्मत गर्न सो वन अघि देखी थुनि रहेको पूर्व कुस्मा रुख गाउदेखी उधो स्मेतका ४ किल्ला भिको वन हो सो वन मेरा नाउमा दर्ता गरायको छु गौडावाट पुर्जि गराइ ल्याइ रुख काटेको हुं भन्ने स्मेत कुरा सुन्दछु सो वनमा रुख वुट्टा काटी फाडी कटेरो फोर वनाइ फापर छरेकाले यस गौडावाट वंजाच गरी रुख काटेमा सजाये गरी तेस्तो डस्तखतले पालीयको वं दर्ता गरेको भए तापनि वदर गरी पाऊँ भन्ने स्मेत ०५।७।१२।५ को वयान रहेछ।
गोरखनाथजीको मन्दिर मर्मत गर्नलाई रहेको केही कायेमै र केही वन पुजारी गोपाल् नाथले आवाद गरी खायको छ ०५ सालमा मैले रुख काटको र वादी दावीको वन गोरखनाथजीको मन्दीर भत्के विग्रेमा मरमत गर्न रहेको होइन रैकर वन हुनाले मेरा नाउमा रु।५० पैसा तिरो दर्ता भएको छ धेरैवी भंने वंमा गौडाका पुर्जिले गोठ बनाउन सल्लाको रुख ४ काटी बनायेको हुँ भन्ने स्मेत ०५।९।१०।६ को सेरबहादुरको बयान रहेछ।
वुझीयसम्मका प्रमाणबाट उजुरीको वं दस्तखतले पालेको ठहर्ने सो वन भित्र प्रतिवादीको धुरी खडा भएकोले अड्डैवाट स्व धुरी उठाउन नमिल्ने हुदा निकासा भए बमोजिम गर्ने गरी सुरु प्युठाना अदालतले ०६।८।३।६ मा जाहेरी फैस्ला गरेको रहेछ। अदालतको फैस्ला उपर सेरबहादुरको अपिलस्मेत परेकोमा गोरखनाथका सनदको ४ किल्ला नजीकै डुम्री खोला उत्तर दक्षीण पट्टी लक्ष्मण घर्तीको घरवाट पोखरी चौतारातर्फ आउने वाटोदेखी पश्चींपट्टीको जंगलमा सालसल्लाको रुख र अरु जात वेजातको गरी गनी नसक्नु भएकाले लमाई गज २७४ चौडा १०४ गज स्मेतको जंगल् छ भनि सर्जमींले मुचुल्का गरी दीएको देखीएकोले सो जंगल दस्तखतले रहेको पनि हुन सक्ने पुरा सम्भव देखीने र हाल सल्लाको रुख पनि काफी देखीन आएकाले दस्तखतले रहेको जंगल सोही कायं राखी सेरबहादुरले दर्ता गरी घर बनायेको जगा दर्ता सदर गरी बस्ने सर्कारको तिरो असुल भै रैतीलाइ पनि सुवीस्ता हुने देखीएकाले सनद बमोजिम सुरुले जाहेर गरेको मुनासिवै ठहराई जाहेर गरेका छौं भंने पाल्पा अपिल्को ०७।६।२३।२ को जाहेरी फैसला रहेछ।
मिसील् प्रमाणको ख्याल विचारै नगरी सुरुकै इन्साफ सदर गरी छिनेमा चित्त वुझेन भंने नीजै नारा सेर बहादुरको अपील् रहेछ।
अपिलाट् नारा सेरबहादुरले ०७।८।१७ गतेको तारेख पैलापटक पारी गुजारेबाट प्रधान न्यायालय तेश्रा फाटले ०७।११।९।३ मा डीसमीस फैसला भै गएकोमा साधक तहको निकासा नभएको भनि पाल्पा अपील् ले ०८।२।११।६ मा फिर्ता भै आएको।
मिसील् सामेल रहेको नक्साबाट प्रतिवादीको घरवारी कटेरो भंने जनियकोमा चारौं तर्फ वंजंगल भै विचमा घर कटेरो देखीएको सो वनमा सालसल्ला स्मेतका धेरै रुख भयको जंगल भै पाली आएको देखीएकाले सो गोठ उठाई दिनु भंन्ने सदर भएमा निज सेर बहादुरका नाउमा प्युठाना माल्मा २००४ सालको नंवरीमा दर्ता भएको तिरो रु।५० पैसा ०८ साल्का वालि देखी आली वालिको लगत काटी दिनालाई पावं लगत फाट्लाई आदेश गरी दिने स्मेत गरी ०८।३।२८ मा प्र. न्या तेश्राले जाहेरी फैस्ला गरेको रहेछ।
प्रतेवादीले वनायको घर कटेरा उठाई जगा बज्याई दिने स्मेत ठहराई सुरु र अपिलले जाहेर गरेको इन्साफ सदर गरी प्रन्या तेश्राफाटले जाहेर गरेको मुनासिव प्रतिवादी सेरबहादुरका नाउमा तपसील मोजिम दर्ता भएको लगत कट्टा गर्नु पर्ने भएकाले पा.वं लगत फाट र माल लाई लेखी पठाउन मालपोत तथा वन मन्त्रालयमा लेखनालाई गृह न्याया विभागमा लेखी पठाउनु प्रतिवादीले दर्ता गरायेको जगा आवाद हुने हो भनि झुट्टा कुरा लेखी दिने सर्जमींका मानिसलाइ तपसील वमोजिं जरिवाना गर्नु
तपसील
प्रतिवादी सेरबहादुरका नाउमा देहाय बमोजिम प्युठाना माल्मा दर्ता भएको-----
जिल्लै प्युठाना मालको २००४ साल्को नंवरी पो.नं.ल७२९ प.न ४ सि.न.८४३७ पा.नं.------------------------------------------------१०९।
मौजे खैरा गाउको ---
मुखीया सेरबहादुर बस्नेत क्षत्री जिम्मा
आसामी ................................ घर सेर्मा साफा जम्मा ------------------
नारा सेरबहादुर बस्नेत क्षत्रीका २००४।३।२२।१ को नं. ७०० को दर्खास्त र २००४।३ वेगतेका घर दर मुचुल्का बमोजिम --------
मोही ना. रा. सेरहादुर बस्नेत् क्षत्रीको पुर्व वाटो पश्चिम चौतारां उत्तर ठाडो खोल्सी दक्षिण वाटो यति ४ किल्ला भित्रको धेरैनी ऐ--------।५०----।५०
देहायका मानिसहरुको नक्सा सरजमींमा झुट्टा कुरा लेखी दिय वापत अ.वं. २५३ नं. ले तजवीजी मोरु १। एकका दर्ले जरिवाना हुन्छ अैं सवाल बमोजिम असुल गर्न अ.त.दे. फाटमा लगत दिने -----------------------------------------२
प्युठाना खेरा वस्ने ताराबहादुर बस्नेत क्षत्रीके मोरु-१। ऐ.ऐ बस्ने लंक बहादुर खत्री क्षत्री के मोरु १। ऐ वस्ने वामदेव पाध्यायके मो रु १। ऐ बस्ने जी येकबहादुर वस्नेत क्षत्रीके मोरु १। ऐ बस्ने ध्वजबहादुर षत्री क्षत्रीके १। कालु बस्नेत क्षत्रीके मोरु१। ऐ बस्ने खोदस वहादुर व्नेत क्षत्री-१। ऐ वस्ने जगेबहादुर वस्नेत क्षत्रीके मोरु १। ऐ बस्ने मोतीराम वस्नेत क्षत्रीके १।ऐ. बस्ने खुसल गीरी के मोरु ऐ स्ने डम्बर बहादुर वस्नेत क्षत्रीके मोरु-१ ऐ बस्ने टोपबहादुर वस्नेत क्षत्रीके मोरु१ ऐ वस्नेत चित्रबहादुर बस्नेत १। ऐ बस्ने माध्यौ गीरीके रु १। ऐ बस्ने कटुवाल् छ वेहोसी क रु १ । प्रतिवादी ना.रा सेर बहादुर बस्नेत क्षत्रीले माथी लेखीएका ४ किल्ला भित्र झगडा परेको वं जंगल् भित्र वनायेको घर कटेरो घर बनाउनेका ६ नं. बमोजिम भत्काई लैजानु भनि जनाउ पठाई दिनु ----------------------------------------------------
हरिप्रसाद
प्रधान न्यायाधीश
इति सम्वत् २०१० साल श्रावण २८ गते रोज ४ शुभं