निर्णय नं. ३५२ - बगबादि बेईजति
अभिलेख नं. ३५२/२०१०
रीट नं. १५०/६६३
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अपिल नम्बर ६३३
मुद्दा बगबादि बेईजति
अपिलाट प्रतेवादि सुवां तमां ग्यालबो लामा सिं.पा.ई थुं नवलपुर मौसिंपाल बसेरी
विपक्ष प्रतेवादि सांगेडोल्यु लमेनि सिं पा. ई थुं नवलपुर मौ. बसेरी
इजलास
श्रीमाननीय न्यायाधिश प्रदिप्तमान्यवर नेपालतारा ले.ज. प्रकाशशम्सेर जङ्गबहादुर राणा
फैसला
येस्मा अपिलाट निज सुवां तमां ग्यालवो लामास्मेतले २०१० साल वैसाख २१ गतेको तारेष लियेको श्र्व तारेखबाट ऐ.जेष्ठ १५ गतेका दिं हाजिर हुने गरी अर्जि गरेको श्र्व अर्जिको तारेख जेष्ठ १५ गतेका दिंमा हाजिर नभै अपिलाट ग्यालबो लामाले पैल्हा पटक सुवां तमांले दोश्रा पटक पारी गुजारेको श्र्व गुज्रेका अैंको म्याद भीत्र थपाई ल्यायाकोस्मेत मिसिलवाट नदेखियेकोले अ.वं २२६ नं ले निजको यो अपिल डायर रहन नसक्ने हुदा डिसमिस गरीदिने अपिल डीसमिस गरायेमा अपिलाट सुवां तमां ग्यालवो लामा स्मेत जना २ के इंसाफ सदर भयेमा अपिलाटवाट गर्ने गरेको सुरु जनहि कैद मैन्हा ।११ को ड्ड सजायका ५२ नं ले कैद मैन्हा १ को १८ ले मैन्हा ।११ को मोरु १९८ को पैल्हा अपिल हुदा हा.का. १० नं ले सैक्रा १० ले मोरु १९।८० हुनेमा अपिल डिसमिस गरायेकाले अ.वं. २२८ नं ले तेस्को पनि सैक्रा ५ ले मोरु ।९९ ऊनान्सय पैसाका दर्ले जनहि डंड हुंछ रुजु नहुदा असुल असुल गर्नु भनी तहसिलमा लगत दीनु,
प्रकाशशम्सेर
न्यायाधिश
ईति सम्वत २०१० साल श्रावण २८ गते रोज ४ शुभं