निर्णय नं. ३५३ - बाली
अभिलेख नं. ३५३/२०१०
रीट नं.२२७/३२६
नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च
ठा.नं. ३२६
ऊजुरवाला प्रतेवादी भ.पु. ञालाछेटोल पुलांछे बस्ने मदनलाल मुनंकर्मी
वीपक्षि भ.पु.तेखाचो बस्ने कृष्णधर वय
मुदा बाली
ईजलास
श्रीमाननीय न्यायाधीस भैरवराज पन्त पाध्या
श्रीमाननीय न्यायाधीस भगवतीप्रसाद सिह राजपुत बीएस्सी बीएल्
फैसला
यस्मा मेरा बाजे गजाधरले उध्दवसींसंग नेपाली सम्वत ९६७ साल अधीक ज्येष्ट सुदी ७ मा रु ९१२ र ९७० साल भाद्र सुदी ६ मा रु १५ स्मेत ज्मा रु ९२७ ली चवुखेत रोपनी ५ वन्धक दीयको मध्ये रामेश्वरले ४९ सालमा मेरा भाग भनी दर्ता गरेको खेत रोपनी ३।।। नीजले लालजीलाई अंश दीयको नीज को घर अघी छोरा आदीलालको नाउमा दर्ता भयको हाल ठहर रोपनी ४ को दामासाहीले रु ६९५।२५ बुझाई पोत दर्ता गर्ने मोही गणेशलाललाई साछी वसीदेऊ भन्दा मेति नदीयकाले जगतबहादुर साछी राषी मेरा नाऊमा दर्ता गरेपछी थैली वुझायदेखिको बाली पायकी मोही पजनी गर्ला भनी मसंग थैली वुझेको कुरा नदेषाई सो चवुखेत रोपनी ३।।। को कुत सचा ५।८ गहु १। पराल कली १० छाली कली ४ कुत वुझाई आयको जगा गजाघरवाट ऊध्दवले बन्धक लीयको नीजको २ छोरामा १ छोरा नीसन्तान आडीलाल १ छोराको सन्तान लक्ष्मी नारान नीज लक्ष्मी नारांले आधी जगा र आधीलालाले फटक पटक कर्जा ली रोपनी १।।P स्मेत ख कृष्णलाललाई वन्धक दीयेकोले सालको सचा मुरी ४।१३। गहु पाठी १७ पराल कली १० छाली कली ४ कृष्णलाल मरेकाले नीजका छोरा जगतलालाई वाकी सचा ।१५ गहु ।३ आदीलाल नारान प्रसादस्मेतलाई २००३ साल तकको गहुवाली सम्म वुझाई सकेकोमा मोही धोती नाऊसारी गरेकोमा सजाये गरी पाए भनी गणेशलाले मस्मेत ऊपर यस अडामा नालेस गरेकोले वाली बुझाइको छु भनी लेखीयका र लक्ष्मी नारानको हक खाने गणेश कुमारी स्मेतका नाऊमा नालेस गर्न आयको छु गणेशलालालाई मैले रु १०१ बुझाई नीषनेको चवुरोपनी १ लक्ष्मीनारानको भागको रोपनी १ दवाई आदीलाललाई थैली वुझी तिरी दर्ता गरेको चवुरोपनी ४ बाट वेदर्ताको लक्ष्मी नारानको आधी भाग रोपनी २ को मदनलाललाई र थैली जगा छाडेका आदीलाल नारान प्रसाद स्मेतलाई वाली बुझायको छ भनी झुठा नालेस गरेमा गणेशलाललाई र वाली षायेमा मदनलाल स्मेतलाई सजाये गरी सो जगाको थैली बुझेका मीती देखिको वालीमा दावी लीन ३ सालसम्मको वाली अैंनले पाऊने हुदा २००० सालदेखि २००२ साल तकको धांवाली र २००१ सालदेखी २००३ साल सम्मको गहुवालीको विगो मोरु ३७४/४६ गणेशलालसंग वाँकी भये नीजवाट र मदनलाल स्मेतलाई वुझायेको भये नीजहरु जसबाट पाऊछ भराई जगा पजनी गर्न पाऊ भन्ने स्मेत वादी रहेछ।
ऊध्दव तपोटका श्री संपती आधी हक षाने गणेश कुमारीको बाबु लक्ष्मी नारानले गजाधरसंग भोग वंधकी लीयको चवुखेत रोपनी ५ मध्ये सालको स. चा मुरि २।१५ गहुपाठी। १० उठती भयको रोपनी २।। भक्तवीरलाई ६३ साल्मा लखदीयको न्हेडीक तीरो थप स्मेत मोरु ४८१।२५मा ७४।८।९ गते मेरा बाबु कृष्णलाललाई लख दीयकोमा रोपनी ५ भनी लेखिय पनी ३।।। रोपनी मात्र हुं भन्य ८०।२।१२ मा लेखत गरी दीयकाले सो र आधीलालले लक्ष्मीनारान आधीहक षाने भन्ये वेहोरा जनाई पटक पटक लीयको रु २४८।७५ मा सोही चवु मध्ये १।।P स्मेत भोग चलं गरी आयकोमा लक्ष्मी नारां तर्फको थैली अलत्र पार्न वादीस्मेतका जालसाजबाट आदीलाल अघीसारी नीजले वंधकी दीयको नीषनाई पाऊ भनी नालेस गरायकाले लेषीयका कुरामा स्मेत अडा नली प्रतेवादी दीयको कायं गरी नपुग थैली ३५ दीं भीत्र धरौट राषे नीषनाई दीने ठहराई यसै अडाबाट २००३।५।१६ मा फैसला भयेपछी दरौट राषेपनी २००३ सालको धां बाली लक्ष्मी नारान तर्फको थैली नै वाकी र आदीलाल तर्फको आश्वींमा मात्र ढरौट राषेकाले मेरा बाली पाको भयको सचा मुरी ४।१३ गणेशलाल ली सकेको हुँ आधीलालसंग वंधकी लीयको जगाको २००४ सालका गहुवाली देखिलाई मेरो थैली असुल भै सकेकोले जस्ले पाऊने हो नीजहरु नै जांला लक्ष्मी नारान तर्फको थैली ऊपर नभयसम्म बाली खान पाउने हुदा वाली दीन पर्ने हैन जगा पनी ३।।। भंडा वडी नभयकाले हुदै नभयको जगा स्मेत देषाई थैलीमा भोग गरेको जगा दावी ली वादी दीयमा नीजैलाई सजाये गरी पाऊ भंन्यस्मेत मदनलालको प्रतेवादी रहेछ।
म गणेशलालको पुर्खादेषी कमाई आयको चवुरोपनी ४ वादीका वाजे गजाधरले आदीलाल स्मेतका पुर्खा ऊड्ढ्दवलाई बंधकी दीयेकोले नीजका सेषपछी आधी वाली लक्ष्मी नारांलाई आधी वाली आदीलालको बाबुलालजीलाई र नारान प्रसादको वाजे रामधरलाई वुझाई आयकोमा लक्ष्मी नारानको हक भक्तवीरलाई वंधकी दीयको न्हेडीक तीरी कृष्णलाललाई वंधकी दीयकाले सो र आदीलालले वंधकी दीयको जगाको स्मेत वाली मदनलाललाई बुझाई रसीद लीयको र वाकी आदीलाल नारानप्रसादलाई २००३ साल सम्मको वाली वुझाई आयको रसीद भररपाई लीने दीने चलं नभयेकाले लिय दियको छैन म मोही खडा छदै साहु आई अंसीयार मार्न झुठा मोही षडा गरी नाऊ सारी गरेको बदर गरी पाऊ भनी मैले नालेस गरेका ईवीवाट हुदै नभयको १। रोपनी जगा नीषन वाँकी छ भनी वालीमा दावी गरेको मात्र हो लक्ष्मी नारांको आधी भनी आदीलालले मलाई दोहोरि गरी दी राषेकोले नीजको वंधकी दीयको ननीषने सम्म सो वालीमा दावी नै नपुग्ने आडीलालस्मेतको हकको आधी जगा पनी आश्वींमा मात्र पुरा ढरौट राषेकाले मडंलालको हकजति मदनलालाई र वाकी आडीलाल नारान प्रसादले वुझी लीयकाले मेरा पेट वांकी नहुदा मैले बुझाउन नपर्ने माथी लेखिय बमोजिं वंधकी जगा मध्ये आधी कां छा वाजे लालजी र वाजे रामधरले षाई आयकोमा म नावालख र नजीकको हकदार पनी आदीलाल भयका ले के गरी हो मलाई सालको गणेशलालले सचा पाठी ।७।४ दिन लगायकाले २००३ सालसम्म ली सके मेरा हक स्मेतको वंधकी जगा आदीलालवाट नाऊसारी गरी ली मेरो थैली अलपत्र पारेका हुं थैली उपर नभयेसम्म मेरा हकको मैले नै षान पाउने गरी पाऊ भन्ने स्मेत गणेशलाल नारान प्रसादको प्रतेवादी रहेछ।
वादीको वाजे गजाधरले मेरा ज्यू ज्यू उध्दवसंग रफैया ली चवुरोपनी ५ भोगवंधकी दीयको अंस हुदा मेरो जुज्यु वाजे मनीनारानका भागमा परेको नीज ज्यू ज्यू मनीनारानको अंस बाजे राम नारान कान्छा वाजे कनक नारानले वण्डा गर्दा सो वंधक खेत ५ मध्ये ३।।। मेरा वाजे रामनारानका भागमा र वाकी कांछा वाजे क नारानका भागमा परेकाले सो बमोजिं छोरा नातीले भोग गरेकोले ४९ सालका पोतवन्दोवस्तमा गजाधरसंग वाजे उध्दवले भोग वंधकी लीयको चवुरोपनी मध्ये मेरा वाजेको भाग ३।।। जेठा बाबु रामधरको नाऊमा दर्ता भयेको जेठा बाबुको र बाबुलालजीको अंस गर्दा सो भोगा वंधकी चुवुखेत स्मेत मेरा वावु लालजीका नाउमा पोला फारी दीयकाले सो बन्धकी खेत रोपनी ३।।। को सालको स.चा. मुरी ५/८स्मेत गणेशलालवाट ली भोग गरेको मेरा नाऊमा दर्ता भयकोले गणेशलाललाई स्मेत वंधकी दीयका र मैले बाली षाई आयको स्मेत रोपनी ४ को दामासाहीले रु ६९५।२५ बुझी ली गणेशलालालाई रु १०१वुजाई दीयका र कृष्णलालको छोरा मदनलालले थैली बुझी नडीयकाले मेरो नालेस परि खेत रोपनी २ नीषन पाऊने भै फैसला भयकोले सो हाल ठहर रोपनी ४ भयको चवुमा लक्ष्मी नारान नारान प्रसाद स्मेतको हक लाग्ने हैन लक्ष्मी नारानको भाग रोपनी १। दवायेको वचाऊन जाल्साज गरेको हुं मैले वाली वुझेको स्मेत छैन बादी दावीलाई अलग गरी दावी बमोजिं हवस भंन्ये स्मेत आदीलालको प्रतेवादी रहेछ।
लक्ष्मी नारानको हक लागने भनी गणेशलाले पेश गरेको कवुलियतको दोहारिर र मदनलालले पेश गरेको लक्ष्मी नारां आदीलालले गरी दीयको तम्सुक स्मेत सदे देषीनाले झुक्यायो भन्य स्मेत दावी पुग्न सक्दैन नारायण प्रसादको हक भये थैली वालीमा ऊजुर गरी लीन सकनु पर्ने वादीको चवुखेत रोपनी ५ वंधकी लीयमा प्रतेवादी सावीतै भयको ४९ साल्मा दर्ता गराऊदा गजाधरबाट वंधकी लीयको चवु रोपनी ५ मध्ये मेरा भाग ३।।। रामधरका नाऊमा दर्ता भै राषेकाले वाकी १। देखि नै आयको सो १। रोपनी जगा यस्को नाऊमा दर्ता छ भनी वादी प्रतेवादीले प्रमाण दीन नसकेको वादी र प्रतेवादी रोपनी १। लक्ष्मी नारानको भागमा परेको भनी सावीत भयको सो जगा लक्ष्मी नारांवाट मदंलालले वंधकी लीयको लेखत सदे हुन आयको रोपनी ३।।। को कुत सचा गरि ५।८ स्मेत ली आयको सबुद वादीले गुजार्न नसकेको रोपनी ५। को कुट भन्ये मोही स्मेत भयको पेश भयका कवुलियतहरुवाट पनी ५ रोपनीकै कुत देषीयकोले सो लक्ष्मी नारांको भागको रोपनीकै कुत देषीयकोले सो लक्ष्मी नारांको भागको रोपनी १। को कुत कटाई बाँकीको सम्म वादीले पाऊने हुँदा आडीलालबाट मदंलालले वंधकी लियको जगाको २००३ साल आश्वीमा मात्र ठैली ढरौट राषेकोले २००३ साल्को वाली षायको सदरै हुने लक्ष्मी नारानवाट वंधकी लियको रोपनी १। मात्र कायं हुन आयकोले वढी जगाको वली षायको जति मदनलालले र आपूले थैली बुझेपछी लषवन्धकी साहुलाई बुझाउनु पर्नेमा नबुझाई आफैले थैली राषेकाले मदनलालले वंधकी षायको रोपनी २ को वाली आडीलालबाट र वाँकी जगामा आधी वाली षायेमा नाराप्रसाद सावीत हुदा नीज बाट र आधी जगाको आधीलालालाई वुझायको सवुद नहुदा गणेशलालबाट भराई दीने मोहीसंग सुध्द बाली वाँकी नहुदा पजनी गर्न पाउदैन भंन्य स्मेत भक्तपुर अदालतबाट २००५ साल भाद्र २८ गते फैसला गरेको रहेछ।
सो भोग वंधकी जगा रामधरले दर्ता गर्दा ४ खन्दको ३ षन्द रोपनी ३।।। वंधकीमा दर्ता भयको मोठ नकलवाट देषीयको सो रामधरले दर्ता गरायको जगाको थैली वुझाई सकेको मीसीलबाट देखियको लक्ष्मीनारानको भागमा परेको भये नीजका नाऊमापनी दर्ता हुनुपर्ने दर्ता नदेखीयको सो दर्ता भयेका रोपनी ३।।। सम्म कमायेको भंन्ये मोही गणेशलालको लेषाई बांकी रोपनी १। जगा यस्का नाऊमा दर्ता छ भनी वादी प्रतेवादीले भंन नसकेकाले दर्ता नै नभयेको जगा नै नहुने लक्ष्मी नारांवाट वंधकी लीयकोले प्रतेवादी मदनलालले षान पाऊछ भन्न मनासीब नपर्ने भै रोपनी ३।।। को वाली वादीले पाऊछ अरु ईन्साफ सुरुको मनासीव गरी ०६।१२।१७ म अपिल दोस्रा फाटवाट फैसला गरेको रहेछ।
इन्साफ अपील दोश्राको मनासीव गरी ०७।६।१२।५ मा प्रधान न्यायलय चौथा फाट वाट फैसला गरेको रहेछ।
माष्टर मदंलालले दीयाका वीन्तीपत्रमा भयका आदेस बमोजिं दायर भयको यो मुदा ऊजुरवाला मदनलाल र वादी कृष्णधर वय प्रतेवादी अपीलालको वारेस स्मेत राषी वुझदा
लक्ष्मी नारानले माष्टर मदंलालको वाबु ख कृष्णलाललाई ७४ सालमा लखवंधकी दीदा चवुरोपनी ५ को आधीको कुत स.चा. मुरी २।१५ गहु ।१० आउने भनी लेखियको र ख भक्तवीरलाई न्हेडीक तीरेको भनी पेस गरेको तम्सुकमा र नीज भक्तवीरलाई पृथीलालले गरी दीयको कबुलियतमा पनी चवुरोपनी २।। को कुत सचा २।१० गहु ।१० ३न्य लेखियको देखियको ख कृष्णलाललाई बंधकी दीयेको सदर गरी दर्तावाला प्रतेवादी आदीलालले नीजै ख कृष्णलालसंग ९६।९७ साल्मा सो चवुखेत मध्ये लख वन्धकी दीदा आधी लक्ष्मीनारानको भाग तपाईले नै वंधकी ली राषेको भन्ये ललेखियको र मोही गणेशलालको आदीलाले कवुलीयत गराई दीयको गणेशलालवाट पेस भयको कवुलीयत दोहरीमा पनी ख कृष्णलाललाई वाली बुजाई आयको वेहोरा परेको र पोता बुझेको भरपाईमा पनी लक्ष्मीनारानको भागको स्मेत बुझेको भनी लेषीयको सो कागज सदे कृतेमा सुनायमा कृते नै हो भी वयां गर्न नसकेको सो कागजहरु सदे ठहरायकोमा चीत बुझाई वसेकाले सो लेखतहरुका वेहोराबाट गजाधरले उध्दवलाई वंधकी दीयको चवुखेतमा आधीहक लक्ष्मीनारानको रहनेछ भंन नहुनेमा पनी पुस्तातर्फबाट वीचार गर्दा पनी लक्ष्मीनारानको पुर्खा र आदीलालको पुर्खा वारावर अंस पाऊने दाजुभाई देषीयको ४९ सालका दर्तामा मेरा भाग ३।।। भनी राभधरले लेखेको देखीनाले १। रोपनी जगा अरु नै वाकी छ की भनी संषा गर्न सो जगा यस्को नाऊमा यस परिबन्दबवाट दर्ता भयको भनी कतैवाट खुलन आयको मीसीलवाट नदेखियको र तहवीलबाट बुझ्दा पनी खुली नआयको जीला सर्वन नापी भै सकेकोले दर्ता नभै वाँकी ने भै कसैले षाई राषेको होला भंन संझन नहुने र उध्दवका सन्तानबाट खुलन आऊँछकी भनी झीकायेमा पनी हाजीर नभै म्यादै गुजारी बसेको सो चवुरोपनी १। यस्को नाऊमा भै थैली यस्ले वुझने भनी वादीले भन्न नसकेका ६३ सालका कवुलीयतवाट ५ रोपनीको तीर्ने गरेको कुत हाल ठहर रोपनी ४ मानै वुझाउने गरेकाले अरु जगा वाकी नभै ५ रोपनी भन्नु नै कुल जम्मा सो सर्पनवाट ठहर भयको रोपनी ४ मात्र रहेछ भन्नु पर्ने सो जगामा आधी लक्ष्मी नारानको हक भन्य माथी लेखियका लिखत कागहरुवाट देखियको र मोही गणेशलालले पनी आधी लक्ष्मी नारानको हक भनी प्रतेवादी दीयको वादीले थैली ९८।११।३०।७ म आदीलाललाई वुझाउदा वंधकी कागजफीर्ता नदीये पछी तुरुन्त मोहीको कवुलीयत गराऊन पर्नेमा मोही नै ढाटी नाउसारी गरेको देषीयकोले पनी सो लक्ष्मी नारांले आधी वंधकी दीयको कुरामा कचमच भै मोहीले नाऊसारीमा साछी वस्न मंजुर नगरेवाट अर्को मोही षडा गरी नाऊ सरी गरेको मन्ये संषा गुज्रन आउने र ९७ साल फागुणमा रुपैञा तीरेकोले ९९ सालका वाली देखि वालीहक गरी खानु पर्नेमा २००३ साल चैत्रमा नालेस गर्दा रुपैञा तीरी नीखनेको सालदेखीको बाली पाऊनेमा ३ वर्ष भन्दा वढीको वालीमा दावी नपुग्ने भै रुपैञा तीरी सकेपछीको पनी वाली छोडी दावी गरेकाले पनी वादीले रुपैञा बुजाऊदैमा लक्ष्मी नारानको भाग ख कृष्णलालले वंधकी ली राषेको भन्य कुरा ठा पायको रहेछ भंन्य देखिन आऊने जम्मै जगा आलालले भोग गरेको सवुद कुनै कतैवाट पनी आइकोले स्मेत हाल ठहर चवुरोपनी ४ मा आधी लक्ष्मी नारानको वंधकी हक ठहर्छ सो जगा जम्मा मोरु ९२७ मा वंधकी दीयकोमा आदीलाललाई ६९५।२५ बुझाई सकेकोले वाँकी थैली रु २३१।७५ प्रधान न्यायालय मार्फत २००९ साल माघ १६ गते ५ मा अ.त. वीगो फाटमा धरौट राषेको देषीनाले साहु आसामीका १४ नंम्बरका अैंन बमोजिं लक्ष्मी नारानका भागका आधी जगाको वालीमा थैली पुरा भयेपछीको २०१० साल देषीको वालीमा सम्म दावी पुग्ने हुदा २००९ साल सम्मको वाली लखवन्धकी वाला साहु ख कृष्णलालको छोरा मदंलालले षान पाऊछ थैलीको हकमा लक्ष्मी नारानको भाग ४६३।५० आदीलालको भाग ४६३।५० नीजले पाऊनेमा आदीलालले ६९५।२५ छ सय पन्चानव्य रुपैञा पचीस पैसा वुझेको देखिनाले वढी बुझेको थैली मोहरु २३१।७५ आदीलालबाट र ढरौट रहेको थैली मोहरु २३१।७५ स्मेत ज्मा रु ४६३।५० लक्ष्मीनारानवाट वंधकीमा खाने साहु मदंनलालले भरि पाऊने ठहर्छ सो भन्दा वढी र थैली दी लख लीन नहुनेमा मोरु १७।५० वढी दीयकोमा अैनले लखवन्धकी दीडा लीडा थैली बढाई लीनदीन नहुने हुदा सो रुपैञामा वीचार गरी रहन नपर्ने हुदा तपसीलका कुरामा तपसील बमोजिं गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु।
तप्सील
भ.पु.ञालाछेतोल पुलांछे स्ने मदंलाल मुनंकर्मीवाट वादी कृष्णधरवयलाई २००५।८।२८।२ का फैसला र ०५।९।१२ का लगतले भराई दीने गरेको देहाय बमोजिंको रुपैञा भराई दीन पर्दैन लगत काटी दीनु भनी भ.पु. अदालत तहसीललाई पुर्जि गर्न लगत दीने वालीको वीगो मोहरु ऊनासी रुपैञा पचार पैसा ---------७९।५०
कोर्टफी नक्कल दस्तुरस्मेत ज्मा मोरु चार रुपैया साठी पैसा --------------------४।६०
ऐ. वाट ऐलाई अपिल दोश्राफाटका २००६।१२।१७ का फैसला २००७।४।२० का लगतले विगो मोरु ९४।५० र कोर्टफी मोहरु ४।६० स्मेत जम्मा मोहरु ९९।१० उनान्सय रुपञा दसपैसा भराई दीने गरेकोमा भराई दीन पर्दैन लगत काटी दीनु भनी लगत दीने मोरु ------------------------------------------------९९।१०
ऐ.ले सुरु उपर अपिल गर्दा राषेको कोर्ट फी मोरु ।३९ र न्यायलयमा अपिल गर्दा राषेको कोर्टफी मोरु ।२५ स्मेत ज्मा मोरु ।६४ चौसठी पैसा वादी भ.पु.ई तेखाचो बस्ने कृष्णधरवयवाट भराई पाऊ भनी द्रर्खास्त परेमा कोर्ट फी सवालका ५९९ दफा बमोजिं दस्तुर केही नली मदंनलालललाई भराई दीनु भनी लगत दीने मोरु -----।६४
भ.पु. ञाछेटोल भोलाछे बस्ने आडीलाल सर्सेतमोटवाट भरिपाऊने ठहरेको वीगो मोहरु २३१।७५ दुईसय एकतीस रुपैञा पचहत्र पैसा डंड सजायका ३६ नं का अैनका म्याद ५ वर्ष भीत्र जायजात देषाई भराई पाऊ भनी प्रतेवादी माष्टर मदंलालको द्रखास्त परेमा दस्तुर केही नली भराई दीनु भनी लगत दीने मोरु ----------------२३१।७५
वादी कृष्णधर वयवाट ०९।१०।१६ मा प्रधान न्यायालय मार्फत अ.त. वीगोफाटमा ढरौट रहेको मोरु २३१।७५ दुईसय यकतीस रुपैञा पचहत्त पैसा भरि पाऊ भनी डंड सजायेका ४७ ख नं का अैंनका म्याद भीत्र प्रतेवादी मदनलालको द्रखास्त परेमा केही दस्तुर नली भराई दीन लगत दीने मोरु --------------------------------२३१।७५
केही उल्टीमा देहायका अडाका देहायका मानीसलाई जरिवाना गर्न पर्दैन -----------
अपिल दोश्रा फाँटका
सु. दामोदर प्रसाद ऊपाध्या ख.प्राणनाथ उपाध्या वी ढुण्डिराज उपाध्या---------------
प्रधान न्यायालय चौथा फाटका
सु. इन्द्रलाल अमात्य, डी. वीष्णुप्रसाद उपाध्या वी. राम बहादुर जोसी ------------
भैरवराज पंत भगवतिप्रसाद सिंह
न्यायाधीस न्यायाधीस
ईति सम्वत् २०१० साल श्रावण २८ गते रोज शुभं