• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३५४ - खुन डाका

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/२८ १०६

अभिलेख नं. ३५४/२०१०

रीट नं.२१६/५९

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

साधक ५९

मुद्दा खुन डाका


जि.पर्सा प्र सिधमास मौजे कटेवा बस्ने वादी लालमहमद मियाँ

विपक्षे प्रतेवादी जिल्लै पर्सा नौत ज. जगतपुर मौजे सि र ववारी वषा बस्ने मुरगर मलाह समेत्


इजलास

 श्रीमाननीय  प्रधान न्यायाधिस हरीप्रसाद प्रधान यमए. बियल

फैसला

यस्मा ०८ साल जेष्ठ १० गतेका राती मेरो घरमा डाका आएकोले म र मेरो स्वास्नी भागी गाउमा ग्वार लगाउदा गाउले समेत आइ ज्मा भै जादा कंरु ३३३ को धनमाल डाका गरी भागी गएकोले डाकाहरुको पछि लागी जादा डाकु मध्येको षिरोधन कानु गुरगुर मलाह समेत धानको वोरा वोकी भागन लागेकाले निजहरुलाई पक्राउ गरी सकेपछि डाका पक्रन गएमध्येको कोदैलाई डाकाले कुटि मारेको स्मेत देखिएकोले पक्राउ भएका डाकु २ जना र कोदैको लास स्मेत दाखेल गरेका छौ निज २ जनावाट डाका गर्नेहरु खुलाई अैं सवाल बमोजिं हवस भंने ०८।३।१२ को महमदको रीपोट रहेछ।

जंगी अहीर भैयाराम धनराज दुसाध भरथ मलाह गुरगुर वनैया दुसाध समेत चीनेका अरु नचिनेका समेत १०० /१२०  जती मानीसले तिमीहरुलाई धान दिउला आजराती हिड भनेकाले जेष्ठ १० गतेका राती वादीका घरमा डाका गरी मलाई १ वोरा धान दीएकाले ववरा वोकि जान लाग्दा वादी समेतका मानिसले मलाइ र गुरगुर समेतलाई पक्राउ गरेका हुं कोडैलाइ जंगीलालले भाला लीएको हुनाले निजैले मारेको संषा लाग्छ भंने खीरोधन कानुको कागज र वयान समेत रहेछ,

बादीका घरमा डाका गर्न गए वापत धान दीएको हुनाले वोकी भागन लागेको वषत करैयाका मानीसले पक्राउ गरी बादीको घरमा ल्याएका हुं जंगी अहीरले हातमा भाला लीएको थीयो नीजले हान्यो वा कस्ले हान्यो नीजै वुझियोस भंने गुरगुर मलाहाको मौका कागज र वयान समेत् रहेछ,

डाका परी गुहारमा गएको कोडै फर्केनर खोजी गर्दा गाउ देखि १० विगाहा फर्कमा डाकाले लाठी गडासोल हाने घोचेको चोटवाट नीज कोडै मरी रहेको फेला पारेको र ३३३ को धनमाल डाका गरी लगेको हो भंने समेत मौका तहकिकात मुचुल्का र केस फारां रहेछ।

वादीको घरमा डाका पर्नु भन्दा म अघिनै विदेसमा वसेकोले मैले डाका गरेको छैन सरहदमा मेरा नाउमा म्याद टासिइ गुज्रिएपछि था पाएकोले हाजीर नभएमा हाल पुलिसले पक्राउ गरी ल्याएका हुन भंने भरथ मलाहको वयान रहेछ।

बुझिए सम्मका प्रमाणवाट खीरोधन गुडर भरथ मलाह समेतले डाका गरेमो ठहर्ने र खुन डकामा पोलिएको विदेस तर्फको जंगी अहीरको हकमा सवुद पुग्न आएका वषत् उसलाई लेखापढी गर्ने वा सरदमा पक्रउ भएका वखत ठहरेवमोजिं गर्ने सरदकै हाजिर नहुने भैयाराम वनैया दुसाध धनराज दुसाध समेत ३ जनाको हकमा फेला परेका वखत कारवाई गर्ने ठहराई अ.वं २३९।२४१ नं का अैं बमोजीं मुलतविलाई वृगंज अमिनीले ९।३।३२ मा जाहेरी फैसला गरेको रहेछ,

सोही सदर गरी कटर वन अपिलले ०९ साल माघ ५ गते जाहेरी फैसला गरेको रहेछ,

सुरु र अपिलको सदर गरी सदर अमिनी गोस्वाराबाट साधक जाहेर गरेको रहेछ।

साधकद्वारा पेस हुन आएको यो मुद्दा वुझ्दा विदेसी जंगी अहिरको हकमा निजले कसुर अपराध गरेको पक्का सवुद प्रमाण पुग्न आए उसतर्फ लेखापढी गरी कारवाई चलाउनु यस सरदमा आए पक्राउ गरी अैं बमोजिं कारवाई गर्नु अरु सरहडीया फेरार रहेका हकमा फेला परेका वखत तैकात गर्ने भनी मुलतवीलाई जाहेर गरेको मुनासीव छ सो वमोजिं गर्नु मिसील अमिनीमा पठाई दीनु भनी कटर वं अपिल्मा पठाउन सदर अमिनी गोस्वारामा बुझाइदिनु।

हरिप्रसाद

                                प्रधान न्यायाधिस

इती सम्वत् २०१० साल श्रावण २८ गते रोज ४ सुभंम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563