• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३५५ - बेइन्साफ गरी मुल्की ....खाना खडा गरे

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/२९ १०१

अभिलेख नं. ३५५/२०१०

रीट नं. १४९/४९

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

सा. नं ४६

मुद्दा बेइन्साफ गरी मुल्की ....खाना खडा गरे


उजुरवाला भ.पु. बोलाखे बस्ने कृष्ण त्वाति श्रेष्ट

विपक्ष भ.पु. अदालतका हाकीं ना.सु. नारांदास राजवाहकस्मेत


ईजलास

 श्रीमाननिये प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम्.ए बि.एल्

फैस्ला

येस्मा भइलाल स्मेत कुट्पीट् वकवाद वाद मुदा परेको भुगदीया तर्फ लागी अडाजाच अदालतका ना.सु जयेन्त लालले सो मुदा हराउन पर्छ भनि भु.पु अ.का. ना.सु नारांदासलाई अडैमा भंदा हुन्छ भनेको र वि मुकुन्दले पनी सुनेको र अरु मुदामा स्मेत जथाभावी मुदा छीनी आफ्ना धर्मा मुल्की खाना खडा गगरेमा स्मेत सजाये गरी पाऊ भंने स्मेत ऊजुरी वयां कृष्ण त्वतिको रहेछ,

वादीका दावी बमोजीं कुनै कुरा गरे भयेको होइन भंने स्मेत ना.सु. नारांदास वि मुकुन्द ना.सु. जयेन्तलालको रीपोट् र वयां रहेछ।

वुझीये सम्मका प्रमाणबाट वेहीसाव संग मुदा छीनी मुल्की खाना खडा गरेको र अडामा गै जयेन्तलालले मुदा हराई दीनु पर्छ भनेको नारांदासले हुंछ भनेको ममुकुन्द राजले सुनेको स्मेत ठहर्दैन ऊजुरवालालाई सजाये गर्न अैंमा नखुलेकोले नीकासा भये बमोजीं गर्ने भनी अपील पैला फाट्ले ०९।११।४।१ मा जाहेरी फैसला गरेको रहेछ।

साधकद्वारा जाहेर हुन आयेको यो मुद्दा वुझ्दा दावी वमोजीं गरे भयेकै हो भंने सवुद प्रमाण उजुरवालाले प्रमाण दी गुजार्न सकेको मीसीलवाट नदेखीयेकोले स्मेत ईन्साफ अपील पैलाको मनासीव ऊजुर साचो ठहरे प्रतेवादीलाई अ.वं ४८ नं ले मोरु १००। जरीवाना हुनेमा सो अैं बमोजीं अैं वर्खीलाप कां गर्‍यो भंने स्मेत अडाउपरको उजुरमा हा.का. १८ नं. ले झुटा उजुर गर्नेलाई पटकै पीछे रु ५।– जरीवाना हुने भयेकोले नीज ऊजुरवाला कृष्ण त्वागि श्रेष्ठ भ.प्. वोलाछे के मोहरु ५।– पाच रुपैञा जरीवाना हुंछ वेरुजु हुदा तहसील्मा लगत दी मीसील अपील पैलाफाट्मा पठाई दीनु

 

 हरिप्रसाद

                                प्रधान न्यायाधिश

ईति सम्वत २०१० साल श्रावण २९ गते रोज ५ सुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563