निर्णय नं. ३५८ - जगा दपोट
अभिलेख दर्ता नं. ३५८।२०१०
रीट नं. ४८४/३३७
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
सा मुद्दा नम्बर २८६
वादी चन्द्रबहादुर खडका क्षत्रृ पुर्व २ नम्बर सींधुली डाडागाउ
प्रतेवादी प्रेमबहादुर खत्रृ१
बालकृष्ण जैसी १ सर्मानंद सुवेदी १ हरीभक्त जैसी१ मीत्रलाल जैसी१ पध्मे कामी १ स्मेत पुर्व २ नम्वर सींधुली गोवर धंदार
मुद्दा: जगा दपोट
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एमए बीएल
फैसला
येस्मा देवी प्रसादले वीर्ता माटो मुरी ।४० स्मेतको कीत्ता २ बाहेक मेरो वीर्ता भनी ९३ साल देखी दरो तीरो नगरी रैकर जगामा खेत बीराइ खायेको भया मेरा नाउमा दर्ता गरी पाउ बालु जैसीले दबाई खायेको बलभद्रका खेत देखी उ भनें उत्तर खोला खेतको डीक देखी दक्षीण ठाडो बाटो देखी पश्र्चीं सिरं डाडादेखी पूर्व येती ४ किल्ला भीत्रको पार्सी खेत भंने जगा ९२ साल देखी बीराई खायेको अं माटो मुरी ।१० कित्ता १ कुमैदे भंने जगा माटो मुरी ।०८ को कीत्ता १ भक्ते जैसीले खोला खेत भंने माटो मुरी ।१० को कीत्ता १ धर्मानंद सुवेदी जैसीले दवाइ खायेको मरुवा भंने वीरौटो माटो मुरी ।५० को कीत्ता १ पदमे कामीले मझुवा कामी गाउको बीरौटो माटो मुरी ।५ कीत्ता १ गणेश बहादुर .............................. कुला मनी भंने खेत मुरी ।१० को कीत्ता १ सेतु चौलागाईले कुलामाथी भंने माटो मुरी ।२० को कीत्ता १ प्रे बहादुर खत्रृले गाउ खेत भंने बीरौटो माटो मुरी ।१० को कीता १ तल्लोटार भंने माटो मुरी ।१० को कीत्ता १ मित्रलाल जैसीले गाउखेत भंने बीरौटो भंने माटो मुरी ।२० को कीत्ता प्रें बहादुर खत्रृले गाउ खेत भंने बीरौटे माटो मुरी ।१० को कीत्ता १ तल्लोटार भंने माटो मुरी ।१० को कीत्ता १ मित्रलाल जैसीले गाउखेत बीरौटो भंने माटो मुरी ।२० को कीत्ता १ जैप्रसाद चौलागाञीले गाउखेत भंने बीरौटो खेत माटो मुरी ।१०० को कीत्ट्टा १ स्मेत दवाई खायेमा सजायेस्मेत गरी पाउ भंने ९९।१०।६ को फेराद रहेछ।
बादीले देवीप्रसादको माटो मुरी ।४० वाहेक अरु बादीका तपसीलमा लेखियका खेत खलाहरु मात्र दवाई खायेको भनी लेखीयेको र रैकर बीर्तामा लागेको तीरो तीरी खाई आयेको छु यो बादीलाई अघी पनी दपोटमा उजुर गर्दा सजाये पाई सकेको म बालु जैसीले माटो मुरी ।१० को सिं खेत भनेको बादी लेखाईको कील्ला भीत्रको हैन म जयेप्रसाद जैसीले गाउ खेत भंने बीरौटो मुरी १। दबायो भनेकालाई येस कील्ला भीत्रको जगा माल्मा दर्ता भयेको माटो मुरी १। को जगा हो तेस मध्ये कुत धान पाथी ।१५ को जगा जागीरदार मार्फत तीरो गरेको छु दबाई खायेको छैन भंने स्मेत प्रेंबहादुर खत्रृ १ बालकृष्ण जैसी १ सर्मांनंद सुवेदी १ हरीभक्त जैसी १ सेतु भनेको लछुम जैसी १ मीत्रलाल जैसी १ पदमे कामीस्मेतले २००१।२।१५ मा प्रतेवादी दीयेको।
प्रतेवादीका इन्कार बमोजीं बीता र रैकरको तीरो दर्ता गरी खायेको देखीयकाले दपोट गरी खायेको ठहर्दैन बादीले झुठ्ठे उजुर गरेको ठहर्छ भनी २०००।९।५ मा पुर्व २नम्बर अदालतले जाहेरी फैसला गरेकोमा।
इन्साफ अदालतको मनासीब जगा जमीन गोश्र्वाराका ३ नं. बमोजीं भोगले बीर्ता थामीनेमा पोता लगाई थामी बक्सनस्मेत नीकासा भै आयेपछी स्व बमोजीं गर्ने गरी जाहेर गरेका छौ भनी२००३।८।१७ मा अपिल दोश्राले जाहेर गरेको र ।
सुरुको सदर गरी जाहेर गरेको इन्साफ अपिलको दोश्राको मुनासीव ठहराई प्रधान न्यायालय पैला फाटले २००८।१।१४ मा जाहेर गरेको मिसील बुझदा भोग बमोजीं वीर्ता थामीदीने ठहराई सुरु अदालत अपिलले जाहेर गरेको मुनासीब ठहराई जाहेर गरेको प्रधान न्यायालय पैलाको इन्साफ मुनासीब छ २००५।९।२६ गतेका नापी घरदर मुचुल्का वमोजीं स्मेत २९६।७।४ दुइसय छयांनब्वे मुरी सात पाथी चार माना र पाखो रोपनी ११९।।।/॥।पाखो जंगल गरी १९५३ऽ। उनाइसये त्रीपन्न रोपनी चार आनास्मेत बीर्ता थामी २०१० साल देखी अरु बीर्ता सरह पोत लगाउन स्व ०५।९।२६ गतेको नापी घरदर मुचुल्काको नकल पठाइ स्व घरदर नापी मुचुल्का फैसला बमोजिं लगत कायें गर्नु भनी लगत दी मिसील मिसील फाटमा बुझाइ दीनु
हरिप्रसाद
प्रधान न्यायाधीश
इती सम्वत २०१० साल श्रावण २९ गते रोज ५