• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४२ - पुरानो मोहर निकासी

साल: २००९ महिना: चैत्र फैसला मिति :२००९/१२/०५ ९९

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अनं २४


अपीलाट वीरमां तामां पु. १ नं. मंगलटार

विपक्ष सी. मेघबहादुर


 

मुदा पुरानो मोहर निकासी

श्रीमाननीय न्यायाधीश महेन्द्रबहादुर महत छेत्रीका

ईजलास

फैसला

२००८ साल आश्वीं ३१ गते पुरानो मोहर २३२९।५० रुवाको भारीमा हाली लान लागेकाले पक्राउ गरी दाषेल गरेको छु भनि ८।६।३१ को मेघबहादुरको जाहेरी उजुरी र नेपालबाट नीकासी गर्न पुरानो मोहर लगेको हुँ भनि वीरमांको वयाँ नीकासी गर्न भनी नलगेको भये नम्बर पुरानोस्मेत हुन पर्ने तेसो नभै त्यै पुरानो मोहर देषीनाले नीकासीकालागि लगेको ठहरनाले ईस्तीहार बमोजिं जफत गर्ने र जाहेरवालालाई ईस्तीहार बमोजिं कमीसन दीने कोतवालीले फैसला गरेको सदर गरी ८।१२।२९ मा अपील पैलाले फैसला गरेकोमा चीत वुझेन भन्ने वीरमां को अपील परी निज वीरमांस्मेत राषी विचार गर्दा

     रागाँ ल्याई वेपारगरी ल्यायेको रुपैया भये नञा पुरानोस्मेत छयासमीस हुनु पर्ने सो नभै २३२९।५० पुरानो मोहर देषीयेकाले र पैले कागज गर्दा निज अपीलाटले मोगलां नीकासी गर्न ल्यायेको हो भनी सावीती भै कागज गरेको देषिनाले र अरु सुरु अपीलका फैसलामा लेषीया बुँदा प्रमांस्मेतबाट ईनसाफ अपील पैलाको मनासिव छ ईनसाफ पारी छीन्ने हाकिं उपर अपील गरे बापत वीरमां के सुरु दंड मो रु २३२।९ को दोश्रो अपील हुदा हा. का. १० नं ले बिसौद थप दंड मो रु ११।६५ एघार रुपैया पैसठ्ठी पैसा दंड हुन्छ रुजु हुदा अ.त. फौमा लगत दी मिसील मिसील फाटमा पठाई दीनु।

 

महेन्द्रबहादूर महत

न्यायाधीश

इति सम्वत् २००९ साल चैत ५ गते रोज सुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563