निर्णय नं. ३५९ - लेंदें कृते
अभिलेख दर्ता नं. ३५९।२०१०
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
को अनं २३०
अपीलाट का इ नरदेवी नेटपाचो बस्ने प्रतेवादी खेमकुमारी छेत्रेनी१
वीपक्ष वादी ल.पु.इ जाउलाखेल बस्ने डाइभर गोपाल भडारीको मुदा सकार गर्ने राधा गीरी भडारनी
मुदा लेंदें कृते
इजलास
श्रीमाननीय न्यायाधीस भैरवराज पन्त पाध्या
फैसला
येस्मा व्याजमा लगाउन भनी खेमकुमारीका हस्ताक्षरले लेखत गरी ३ साल कार्तीक देखी ऐ चैत्रसम्ममा पटक पटक गरी म संग ज्मा मोरु २५६०। कर्जा लीयेको नदीयेकोले भराई दीलाई पाउ भन्ने समेत गोपाल भडारीको उजुरी वयान
बादीसंग रुपैया सापट लीयेको र लेखत गरी दीयेको छैन म खेमकुमारी लेखन नजांने हुंदा कृते हो ठुले गुंमको लेखत भनी पेस गरेको सैछाप मेरो हो हस्ताक्षर मेरो हैन वेहोरा पनी झुक्याई गरायेको कृते हो भन्ने खेम कुमारीस्मेतको वयां ५ साल वैसाष २३ गते खेम कुमारीले म संग रु ३०। ली आफैमा लेखी ल्यापचे सैछापस्मेत गरी दीयेको सदे हो भन्ने ठुले गुरुंको वयान।
कागज भयेका मीतीले ३५ दीन भीत्र नभै कागज सुनायेका ३५ दीं भीत्र झुक्याइ कागज गराये भन्ये ठूले गुंरु उपर नालेस गरेको झुक्याइ कागज गरायेको भये उसै बखत उजुर गर्न पर्ने कागज गर्दा हेरी जानी बुझी सहीछाप गर्न पर्ने तेसै ल्यापचे स्हीछाप गरेको होला भन्ये पत्यार नपर्ने स्वास्नी मानीसको जस्तो लीपी लेखाई भयेकोले रु ३०। को लेखत खेम कुमारीकै हस्ताक्षरको ठहर्ने सो लेखत र वादीले पेस गरेका ३ थां लेखतको हस्ताक्षर मील्छ भनी माष्टर दुर्गा प्रसादले जाच गरी लेखीदीयेको र यस अदालतबाट हेर्दा पनी मील्ने देखीयेकोले पटकपटक लीयेका कागजको रुपैञा चैत्र २८ गते रु २१००।-५६ रुपैञाको येकै कागज गरी दीयेकोले सो मोरु २१००।५६ प्रतेवादी खेम कुमारीवाट वादीले भरी पाउने ठहर्छ भनी ७।१२।२३ स.जं. कोतवालीबाट फैसला गरेको
सो इन्साफमा चीत्त बुझेन भन्ने खेमकुमारीको अपील परेको यो मुदा अपीलाटको वा वीस्नु बहादुरलाई राषी बुझ्दा खेमकुमारीले हस्ताक्षरले लेखत गरी ल्यापचे स्हीछाप स्मेत गरी ठूले गुरुंसंग रु ३०।– कर्जा लीयेको दस्तखतको हस्ताक्षरसंग वादीले पेस गरेका रु २१००।५६ रुपैञाको भर्पाई स्मेतको हस्ताक्षर भीडाई हेर्दा अक्षर लीपी टाका स्मेत मील्न आयेको हुँदा इन्साफ सुरुको सदर गरी छीनेको अपील दोश्रा फांटको मनासीव छ इन्साफ पारी छीन्ने हाकीम उपर अपील गरेमा अपीलाट खेम कुमारी छेत्रेनीको सुरु डण्ड मोरु १०६।२८।२ को हाकीमका नाऊमा कराउनेका १० नं ले सैकडा ५ ले मोरु ५।३१।२ डण्ड हुन्छ वारेस हुदा असुल गर्न तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील फांटमा बुझाई दीनु,
भैरवराज पंत
न्यायाधीस
इती सम्वत् २०१० साल श्रावण २९ गते रोज ५ शुभ्म्