• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३६० - बाली लुटपीट

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/२९ १००

अभिलेख नं. ३६०/२०१०

रीट नं. १३४/६४०

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ. नं ६४१

मुदा बाली लुटपीट


अपिलाट् प्रतेवादी जिमीदार रामतिर्थ कुर्मी सीवराज दयानगर

विपक्ष वादी श्रीराम मुराऊ ऐ ऐ


ईजलास

 श्रीमाननीय न्यायाधीश प्रदिप्तमान्यवर नेपालतारा ले. ज. प्रकासम्शेर जङ्ग बहादुर राणा

फैसला

यस्मा प्रतेवादीका जिमीदारी जगा मध्ये ५ खंडको २ खंड प्रतेवादीलाई दिने ३ खंड आफुले लिने गरी जगा विगाहा ७॥ उखडामा कमाई आयेको काग्रेस आदोलनमा वी. ४९ खोसी लीय वाकी वीगाहा ३ मा ०८ सालको फसेल मैले कोदोवाली लगायको वी ॥ऽ मा उखवाली लगायको ०८ साल आसामीण १५ गते कोदो वाली प्रतेवादीले लुटी लगे स्व लुटी लगेको कोदो कचीमन ४०ऽ मा मैले पाउने मं २४ऽ मोल कंरु ९६ भराई मेरो लगायको उखु वाली रोका गराई बटैयागरी मेरो हक दिलाई पाऊ भन्‍ने वादी रहेछ।

मैले वादीलाई जगा कमाउन दीएकै छैन म आस्वीं १५ गते अगावै वैल खरिद गर्न ऐ १३ गते भारततर्फ खैरा बजार गै ऐ १५ गते पुगी १७ गते मौजामा आएको छु मैले लुटपीट गरेको छैन भन्‍ने प्रतेवादी रहेछ।

बझियसम्मका साछी प्रमाणबाट वादीले झुट्टै उजुर गरेको ठहर्छ भनि ०८।१२।२६ मा सुरु सी कृष्णनगर पंचायत अदालतले फैसला गरेको रहेछ।

चित्त वुझेन भन्‍ने वादीको अपिल परेमा ईन्साफ सुरुकोमुनासिव ठहराई ०९।३।३१ मा वुखैट अपिलका कायम मुकायम हाकिमले फैसला गरेको रहेछ ।

आस्वीं १५ गते लुटेको माघ ११ गते नालेस गरेकाले ३ मैना भित्रको उजुर नभै कारवाई नै गर्न नहुने देखिएपनी रैती जीमीदार संवंधी उखडा जगाको वाली लुटेको र लागीराखेका उखुवाली रोका गरी जगानै वटैया काम गरी पाऊँ भन्‍ने देखिएको जगा वाली संवंध कै कुरा वाली उगडाका २० नं ले म्याभित्रकै र रैती जीमीदारको उखडा जगावाली संवंधीका यै सुरुका मुदा सदरवाट आई हेरीने गरी मुलतवी राखेकोले यो मुदा मुलतवी राखने ठहराई अपिलका विचारीले रायपर्चा गरेको रहेछ ।

जगातर्फ चौहदी तिरो समेत नखुलेको समेत हुदा मुलतवी रहन नसकने गलती रायपर्चा गरे भन्‍ने प्रतेवादीको धरौटी अपिल परी आयेको रहेछ।

पेश हुन आएको यो मुदा बुझदा जगामा वादीको दावी नभै वालीतर्फको मात्र झगडा देखियकाले अपिलका विचारीले मुलतवी राखने पर्चा गरेको गलती र लुटपिट गरेको वालीको विगो रु ९६ भराई पाऊ भन्‍ने दावी तर्फ लुटपीटमा ३ मैन्हाको म्याद नाघी नालेस परेको देखिदा खारेज गर्नु पर्ने ईनसाफ गरे तर्फ अपिलवाट हदमुनी गरी छीनेमा वादीको उजुरी विंतीपत्र परेको मिसिलवाट नदेखिदा तेतर्फ केही गर्न नपर्ने उखुवालीतर्फ मौकैमा रोकागरी वटैया गरी पाऊ भनी वादीमा लेखेको सो वमोजिम अडावाट रोका गरी इनसाफ भएको नदेखिदा यो गलती गरेमा अपिलका हाकिमलाई र गलती रायपर्चा गरेमा विचारीलाई देहाय बमोजिम जरिवाना समेत हुन्छ स्व जरिवाना समेतको लगत तहसीलमा दी उखु वालीको हकमा उजुर परेमा अैंन सवाल बमोजिम हुने भनि वादीलाई जजनाउ दिनु भनि मिसिल वुटौल अपिलमा पठाई दिनु ।

वुटौल अपिलका का.मु अ.ले संखरध्वज जोसी का.ई. प्याफल के लेखीय बमोजिम उखुवाली तर्फ रोका कारबाई नगरेमा अ.वं. २८९ नं बमोजिम तजविजी कंरु १ एक जरीवाना हुन्छ वेरुजु हुदा असुल गर्ने ------------------------------------------------

ऐ का विचारी कुलानन्द झा के गल्ती रायपर्चा गरेमा हा.क १५ नं. बमोजिम तजविजी कंरु २ जरिवाना हुंछ निज वी कुलानंद झा का.ई नरदेवी वेरुजु हुदा असुल गर्ने-

तप्पे स्यूराज मौजे टेकहरी बस्ने जी रामतीर्थ कुरमीके राय पर्चा उपर अपिल गर्दा तारेखमा नवस्ने गरी ०९।४।२३।५ मा कंरु १ एक वुटौल अपिलमा धरौट राखेको देखिएको विचारीको रायपर्चा गल्ती ठहरी सो धरौट कंरु १ निजले फिर्ता पाउने हुदा अैन सवालको रित पुर्‍याई फीर्ता दिनु भनि वुटौल अपिललाई पुर्जी गर्ने -----------------------------

 

 

 

प्रकाशशम्सेर

                                 न्यायाधिस

इति संम्वत २०१० साल श्रावण २९ गते रोज सुभं।

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563