निर्णय नं. ३६१ - जगा वाली लुटपीट्
३६१
श्री
नेपाल प्रधान न्यायालय सिंगल वेञ्च
फौ. अ.नं.१०५५
मुद्दा :- जगा वाली लुटपीट्
अपीलाट् प्रतेवादी दार्चुला लेकं थापला उदै गाउँ वस्ने
करवीर चंद--------------------------------------१ विपक्ष वादि ऐ वस्ने ठेमे साउद-----------------१
कासी चंद---------------------------------------१ वेसराम साउद-----------------------------------१
दासि चंद----------------------------------------१
सगराम चंद--------------------------------------१
ईजलाश
श्री माननीय न्यायाधीश प्रदिप्त मान्यवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्ग वहादुर राणा
फैसला
यस्मा तीरो रु.१।६२।१ को देउपुजना गरो पाखो जगा करविर चंद स्मेतले कमायकोमा २००६ सालको वालीमा उजुर परि जगा र वाली स्मेत पाउने ठहरी सुरु र अपीलवाट स्मेत फैसला भयकोमा ०७ सालको हीउदे वाली २००८ साल वैसाष २ गते देखी जवरजस्ती काट्न थालेकोले वीगो रु.१७३२ भराई जगा सदाई पाउ भंने स्मेत ठेमे स्मेतको वादी रहेछ ।
वादी दावीको जगा रु.९००मा राजीनामा गरी दिंछु भनी ९५ साल श्रावण मैनामा रु.४०० दि ११†१५ को पकी घर वनाई जगा अवाद स्मेत गरी फलफुल लगायेको छु तेसपछी रु.३०० वुझाई वाकी रु.२०० छ भोगलेत थामीने भयन २०० वुझा----- जगा दर्ता गराई पाउ भंने स्मेत र अघी परेको मुद्दा अपीलवाट फैसला हुन वाकी छदै आन्दोलनमा परेको हो भंने स्मेत करविर चंद स्मेतको प्रतेवादी रहेछ ।
वुझिए संमवाट राजीनामा गरी दिने कवोल वमोजिं रुपैञा दी जगा भोग चलं गरेको भन्या जिकीरमा लेखत नदेखीयेको जगामा भोग प्रतेवादीको हुदा आधा वाली भराई दिने ठहर्छ भनी २ ००८।३।९मा दार्चुला न्याया वीभागले फैसला गरेको रहेछ ।
सोही मनासिव गरी डोटी अपिल्ले २००८।९।१ मा फैसला गरेको रहेछ ।
सो फैसला उपर चीत्त वुझेन भंने प्रतेवादीहरुको अपील परी पेश हुन आयकोमा वा.समेतको कासी चंदलाई स्मेत राखी वुझदा राजीनामाको लेखत अपीलाट्ले दाखील गर्न नसकेको र वोल कवोल भंने संम जिकीरु लियकोले स्मेत ईन्साफ डोटी अपीलको मनासिव अपील गरेमा सुरु दंड कंरु. १४।।.।।। को हाकींका नाउमा कराउनेका १० नं.ले सैक्रा ५ ले कंरु. ।।---.।।। करवीर चंद १ दासी चंद १ सगरां चंद १ स्मेत ३ जना वेरुजु र कासी चंद रुजु हुदा चार जनालाई दामासाहीले दंड गर्नु तहसील लगत दि मीसिल मीसील फाटमा वुझाई दिनु ।
न्यायाधीश
ईति सैमत २०१० साल श्रावण ३० गते रोज ६ सुभं---------------------------------------------------