• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३६२ - अंस जगा

साल: २०१० महिना: श्रावण फैसला मिति :२०१०/०४/३० १४१

अभिलेख नं. ३६२/२०१०

रीट नं. ४२२/६२७

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अपिल् नं ६२७


अपिलाट् संजव खत्वे-१ लतरा खत्वे-१ जना २ जी मं.प्र. खेश्राहा मौजे एकराही बिर्ता बस्ने वादी

विपक्ष सुवैया खत्वे ऐ. ऐ. बस्ने प्रतिवादी  


मुदा अंस जगा

इजलास

 श्रीमाननिय न्यायाधीश प्रदिप्तमान्यवर नेपालतारा ले.ज. प्रकाशशम्सेर जङ्गबहादुर राणा

फैस्ला

एस्मा प्रतिवादी र हामिस्मेत ४ भाइ बाबु ८७ सल्मा परलोक भएको घरको व्यवहार जम्मै प्रतिवादीले गरी आएको आजसम्म अंश छुट्याई नदिएकाले जो भएको जगा जमिनको अंस दिलाइ पाउँ भन्‍ने स्मेत ०७।१२।२१।३ को फेराद रहेछ।

हामीहरुको ४ दाजुभाइ भएपनि ७६ साल्मा वावु जिवीत छदै भीन्‍न भएकोले मसंग अंश जिम्मा छैन अंश दिनु पर्ने पनि हैन भन्‍ने स्मेत प्रतिवादी रहेछ।

अंश वण्डपत्र वेगर प्रतिवादीको जीकीर साचो नदेखीएकवाट वादीहरुलाई अंश दिनु पर्ने ठहराई जलेश्वर अमिनीले ०८।१२।१८।१ मा फैस्ला गरेको रहेछ ।

वादीको वावु मुगवाले हामीसमेत उपर अंसमा नालेस गर्दा ८८।१०।६मा अंश पाञ्या भनि मिलापत्र भएको छ सो कुरा अघि दिएको प्रतिवादीमा छुट भएकोले ८८।१०।६ को मिलापत्रको नकलस्मेत पेस गरी जीकीर गर्दछु जलेश्वर अमीनीवाट प्रमाणको मिसिल झीकी वुझी सुरुको इन्साफ उल्टाइ पाऊ भन्‍ने स्मेत प्रतिवादीको अपिल् जीकीर रहेछ।

प्रतिवादीका अपिल् जीकीर बमोजिम जलेश्वर अमिनीवाट प्रमाणको मिसील् झीकाइ हेर्दा जम्मा जगा विगाहा ।।।२।।१ मा मुगवा १ सीतवा १ सजंवा १ सुवाइ १ स्मेत ४ भाइले जगा विगाहा ९४.२।।। का दर्ले पाई आफ्ना आफ्ना नाममा दर्ता स्मेत भै सकेको देखेवाट यकपटक मुद्दा परि कीनारा भैसकेको कुरामा उही कुराको यो नालेस देषीएकोले वादीहरुले झुट्टै उजुर गरेको ठहराई महतरी अपील्ले ०९।३।२१।६ मा फैस्ला गरेको रहेछ।

सो मिलापत्रमा जगाको मात्र अंश भएको देखेको अरु धंमाल घर स्मेतको कुरा केही नलेखेकोवाट हाम्रो अंश वाकी दीलाई दिने नगरेमा चित्त बुझेन भंने वादीहरुको अपील् रहेछ।

एस्मा पेश भएको यो मुद्दा वुझदा ई वादी प्रतिवादको यही अंश विषयमा अघी झगड पर्दा ४ दाजुभाईले जनही ९४.२।।। का दर्ले वण्डा गरी लि दी सो बमोजिम दर्ता दाखेल् स्मेत गर्ने गरी मिल्यौं भनि ८८ साल् माघ ६ गतेमा बादी प्रतिवादीहरुको मिलापत्र भएको देखेवाटस्मेत सुरुको ईन्साफ उल्टाई महतरी अपिल्ले छिनेको मुनासिव छ ।

इन्साफ पारी छिन्‍ने हाकीं पर पैला अपिल् गरेमा अपिलाट सजं खत्वे १ लतरा खत्वे १ स्मेत जना २के सुरु डंड कंरु २ को हा.का. १० नं. ले तेस्को दसौद कंरु ऽ३। थप डंड हुनेमा नीजहरुले तारेखमा वस्न नपरोस् भनी दर्खास्त साथ ०९।४।२६।१ मा जलेश्वर अमीनी तहसील्मा कंरु ।। वुजाई सकेको ज.अ.त. को भर्पाईवाट देखीएकोले सो कटाई वाँकी कंरु P॥।अैं सवाल वमोजीम असुल गर्नु भनि अ.त.दे फाटमा लगत् दि छिनेको व्यहोराको जनाउ अपिलाटहरुलाई दिने।

 

प्रकाशशम्सेर

न्यायाधीश          

इति सम्वत् २०१० साल् श्रावण ३० गते रोज ६ शुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..