निर्णय नं. ३६३ - झेल तहविलको ढोका षोलन दीयेन भंने
अभिलेख नं. ३६३/२०१०
रीट नं. १६५/९५
नेपाल प्रधां न्यायालय सिङ्गल बेञ्च
ठा. नं ९५
मुदा: झेल तहविलको ढोका षोलन दीयेन भंने
जाहेरवाला प्यूठां अदालतका डी. मनिकलाल वैड१
विपक्ष प्यूठां थुं नारीकोट मौजे वांगे भेरोटको हाल सदर झेलमा थुनियाको षिंविक्रं घर्ति क्षतृस्मेत
ईजलास
श्रीमाननीय प्रधां न्यायाधिश हरि प्रसाद प्रधां एम्.ए. बि.एल.
फैसला
येस्मा जेलभित्र तलामा अडाको तहविल कागजपत्र राषि धोप्टेल गाऊने गरेको आज १० बजे जेल्को ढोका षोल भंदा कैदि षिं विक्रमले ढोकामा वसि अडा हरीताल गराऊछु भनि ढोका क्षोलेनं राईफल गोलि गठ्ठा समेत जेतभित्रै रहेकोले ढोका खोलाई तहविल कागजपत्र जाचि निजहरुलाई सजाये गरी कां चालु गर्ने प्रवंध गराई पाऊ भंने स्मेत प्यूठां अदालतका डी मणिकलालको ९।७।२४ को रीपोट रहेछ प्यूठांको गौडा माल अदालत ३ अडाले र रक्षा दलद्वारा ढोका षोलि कैदीहरुको कागज र सरजमिंको समेत मुचुल्का गरायाको रहेछ।
मैले ११ दिं अरु कैदीले ३ दिं भयो सिधा नपायेको सो कुरा ऊजुर गर्ने ठाऊ नपाई हामिले सिधा नपायेको कुरा सरकारको कांमा पार्नालाई पाले सीपाईलाई हटाई ढोका वंड गरेको हु सरकारको हानि नोक्सानी हुने कां स्मेत केहि गरेको छैन भंने स्मेत कैदि षिं विक्रंको वयां रहेछ।
हामि सो जेलभित्र पालो वसेका अवस्था षिं विक्रं समेतका कैदिले सिधा पायाको ५न भनि ढोका षोलन नदि हामिलाई हटाई आफै बसेपछि अडाहरु आई रक्षादलद्वारा ढोका षोलेको हो भंने समेत सी इन्द्रबहादुर टेकबहादुरको वयां रहेछ।
सी टेकबाहादुर, इन्द्रबाहादुर पालो षटायेको हु भंने स्मेत ह. जुध्दबहादुरको वयां रहेछ।
बुझिये सम्मका प्रमाणबाट हुलहुज्जत गरी ढोका वंद गरी हरीलाललाई थुना षिं विक्रंलाई सरकारका तजविजले सजाये गर्ने सी इन्द्र बहादुर सी टेकबहादुरहरुलाई षि विक्रंका मोलाहिजामा लागी ढोका नषोलेबाट जागीरवाट वर्षास गरी सरकारका तजविजले थप सजाये गर्ने ह. जुध्द वाहादुरलाई पालो पहरा ठिक नराषे बापत अ.वं. २८९ नं ले मोह रु १५।जरीवाना गर्ने स्मेत ठहराई प्यूठांको गौडामाल अदालतले ९।७।२७ मा जाहेरी फैसला गरेको रहेछ।
अरु मदत नभयेको झेलभित्र कैदि षिं वक्रंले ढोकाको साचो लि कवजा गरेका ठाउमा सी टेकबहादुर सी. इन्द्रबहादुरहरुको कसुर ठहर्दैन अरु सुरुको इन्साफ सजाये मनासिवगरी सल्यां अपिलले ९।११।२० मा जाहेरी फैसला गरेको रहेछ।
मलाई स्मेत छलफलमा राषि मुद्दा किनारा हवस् भंने स्मेत सदर झेल षांमा थुनियाको कैदी षिं विक्रंले जेल अफिस मार्फत पठायका दर्षास्त बमोजिं निजलाई स्मेत राषी पेस हुन आयेको यो मुदा बुझदा सल्यां अपिलले ठहराई जाहेर गरेको ईन्साफ मनासिव सजायेका हकमा षोर झेलषानाका ७६ नं का अैं बमोजिं मोरु २५। पचीस डंड हुंछ तहसिल्मा लगत् दि मिसिल सुरु अदालतमा पठाउन जिल्ला अपिल्मा पठाई दीनु
हरिप्रसाद
प्रधां न्यायाधीश
ईति सम्वत् १० साल श्रावण ३० गते रोज ६ सुभ्म्।