निर्णय नं. ३६४ - कुटपिट्
अभिलेख नं. ३६४/२०१०
रीट नं. १०१/१०१७
नेपाल प्रधां न्यायालय सिङ्गल बेञ्च
प्र.न्या. अ. नं १०१७
अपिलाट् लालवीहारि बाहुं सरलाही मौजे हनुमांनगर छपकैया
विपक्षी जमिरिलाल बाहुं स्मेत सरलाहि मौजे हनुमांनगर छपकैया
मुदा कुटपिट्
ईजलास
श्रीमाननीय न्यायाधीश प्र.मा.ने.ता.ले.ज. प्रकाशसम्शेर जङ्गबहादुर राणा
फैसेला
येस्मा सुमित्रा बाहुनिकी छोरिको र मेरा छोराको विवाह हुने कुरा प्रतेवादीहरुले थापाई तिमीहरु दुवैथरिले १˟२ सौ रुपिञ्या दिन्छौ भने मात्र बिबाह हुन डिंछं नत्र दिंनं भंदा मिनिष्टर साहेव कहाँ फीं डिन्येकोमा कोई विस्ने ७ साल भाद्र २५ गते रातको १२ बजे डिसा लागी गाऊ पश्चिं पट्टी खर वंसको खलानिर डिसा गरी उठी हीड्दा चारैतिरवाट ७˟८ ज्वां मानिस मेरा नजिक आई मेरो मुख मेरो रुमाललले वाधि घोक्रो मुख हातले थीचि जमिरिलाल इन्द्रकिसोर जना २ को वचनवाट वृज किसोर कमलाकान्त महेन्द्र किसोरस्मेतले ठाउठाउमा लपेटा मुडकीले कुटी जनै छीनाली डीये चोर चोर भनिने हलालको डर्वाजाया लगी जमिरीलालले सुमीत्रालाई पक्री ल्याई ज्मीडारी वचहरिमा लगी त्यहाँ शिवजी नेवालाल रामनारायें गेलादास बसिरहेको थीये यो जाल विहारिले सुमित्राको कर्णि गरीरहेको वषत् पक्रि ल्यायेको हुँ भनि जिमिरिलाल स्मेतले भनेपछी सुमित्राको जवरजस्ति षालि कागजमा स्हीछाप गराई छाडी दीये मलाई ८˟६ सहे रुपिया डिंछस भने छाडी डिं छं भनेका रुपिञ्या छैन भंडा वाधि राषे भोलीपल्ट भाइले रु १४० ल्याई डियेको सो र खें नारां धनि गाराई कंरु ५०० को तमसुकमा स्हीछाप गराई ऐ १८ गते १० वजे छाडी डियेकोले नालेस गरेको छु वचं डिञ्येमा इन्द्र किसोर जमिरिलाल २ ज्वांलाई र केस फारां बमोजिं कुट्पिट् गरी जनै छिनालेमा चोरी वात लगाई छाड गरी सोमा जमिरिलाल कमलाकान्त महेन्द्र किसोर वृजकिसोर इन्द्र किसोर ज्वां ५ लाई ऽ१० धंरा संम थुनि जंमा कंरु ६४० लीयेषायेमा नंदलाल शिवजि राम नारायें गेना प्रमेस अनुपलाल नेवालाल स्मेतलाई सजाये गरि कंरु ६४० डिलाई पाऊँ भन्ये स्मेत वादि रहेछ।
वाडिका दावि बमोजिं केहि गरेको होइन म भाद्र २७ गते हनुमांनगर छप् कैया गाऊँ देषि ५०˟६० जंजिर फरक पोषरि पश्चिं पट्टि वादिको षेत भयेको वालिमा साढे चर्न लागेको धपाऊदा साढेले हानि पछारिदिदा लागेको षत्मा वाडी र वादिका साछी जजमान् पुरेत भै मिलि जाल्साज गरेमा छुटै जाल्साजिमा ऊजुर गरेका छौ हामि सो वारदातमा सो ठाऊमा नभयेको मानिस उपर झुट्टा ऊजुर गरेको हो दाविवाट फुर्सद पाऊ भन्ये स्मेत प्रत्येवादी रहेछ।
जमिरिलाल १ जवांले वादिलाई कुटपिट गरेको ठहर्छ रुपिञ्या लिये जनै छीनाले १० घंटा थुने भन्ये स्मेत अरु प्रत्येवादीहरु स्मेतका उपर झुटा उजुर गरेको ठहर्छ भन्ये स्मेत ८।२।३० को सरलाही अमिनिको फैसला रहेछ।
तमसुक गराये दिलाई पाऊ भन्ये हकमा तमसुक वादिवाटै पेश हुन आयेको करकाप गरि लीयेको सवुद वेगर लियेको भंन नहुने हुदा ईन्साफ मनासिव कुट्पिट्तर्फ वादीका साछी ऊपर प्रतेवादीहरुले जाल्साजमा नालेस गरेको जाल्साज नहरी प्रत्येवादीले हारेवाट वादीको घाउषत् कुटेवाटै परेको देषिने र ठाऊँ ठाऊमा घाऊषत देषयेको १ ज्वां जमिरीलाल्ले कुटेको भंन नभै जमिरिलाल इन्द्र कीसोरले वचं डीयेको र वृज कीसोर कमलाकान्त महेन्द्र कीसोरले कुट्पिट् गरी जनै छीनालेको १० घंटासंम थुनेको ठहर्छ भन्ये स्मेत ८।९।१२।५ को महोत्तरि अपितको फैसला रहेछ।
येस्मा वादी लालविहारि वाऊंको महोत्तरी अपील उपर रुपिया स्मेत पाउनु पर्ने भन्ये स्मेत वेहोराको धरौटी अपिल परि पेश हुन आयेको यो मुद्दा बुझ्दा रुपियाँ लिये षायेको सवुद प्रमाण केहि गुज्रन नआयको हुनाले स्मेत ईन्साफ महोत्तरि अपिलको मुनासिब छ इन्साफ पारी छीन्ने हाकिं उपर अपिल गरेमा हा.का. १० नंले सुरु डंड कंरु ५५ को सैक्रा ५ ले कंरु ।.॥ लाग्नेमा निज लालविहारिले ८।१०।३ मा महोत्तरि अपिलमा धरौट राषि अपिल गरेको देषियेको सो लाग्ने हुदा सदर स्याहा गर्नु भनि महोत्तरी अपिललाई पुर्जि गर्न अत फौ फाट्मा लगत डी धरौटी हुदा जनाऊ स्मेत डी मिसिल् मिसिल फाट्मा बुझाई दिनू।
प्रकाशशम्सेर
न्यायाधीश
इति सम्वत् २०१० साल श्रावण ३० गते रोज ६ शुभम्