• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४५ - लिखत पास

साल: २००९ महिना: चैत्र फैसला मिति :२००९/१२/१८ १०४

अभिलेख नं.४५/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.७८०/७५२

 

मुद्दा लिखत पास

 


चेत प्रसाद


टीका देवी

 


 

प्रधान न्यायालय दोश्रा फाटका हाकिं मी. सु. भैरवराज पन्तोपाध्यायले गरेको फैसला

 

यस्मा का.ई. मुडेषु फेदी वस्ने चेत प्रसाद फूयाल संगको लेषत पास कृते मुदामा अपील दोश्रा फाटले गरेको इंसाफमा चीत बुझेन भंने ल पु दहचोक ल्याफलुं फेदी वस्ने टिका देवी थापा गा. उनीको रां स्ने वावुरां थापा क्षेत्रीको ८४ नं. को अपील परी आयेकोमा २००२।८।२ मो रु १००१। ली टुडे षेत मुरि ।१६ भोग वंधकी लेखी दिएको म्यादमा पास गरी नदीयेकोले सजाय गरी नासा गरी पाउ भंने चेत प्रसादको वादी सोही मितीमा निजका भाई गंगा प्रसादले राजीनां गरी दीयेको जग्गा हुंदा मैले हक दिएको छैन भंने टीका देवीको प्रतेवादी भयकोमा जेठाजु वावुरांले लेषेको लेषतमा लोगनेको स्ही छाप नपरेको भये पनी माथर दुर्गा प्रसादलाई सो लेषतको ल्यापचे जचाउदा मीलछ भनी लेषी दियेकोले सो लेषत वादीका दावी बमोजिं पास गरी दिनु पर्ने ठहरछ.. प्र. टीका देवीले लेषत जालसाजी कृते भंने समेत सजाये गर्ने गरी देवानी अदालत पैलाले छीनेको मनासीव गरी २००५।५।२२ मा अपील दोश्राले फैसला गरेको यो मुद्दामाअपीलाटको वारेस अम्वर राज र चेत प्रसादको वारेस दधिलाल समेत राषी अखत्यारी जनाउ वमोजिं बुझ्दा यो पास गरी पाउँ भनि दावी गरेको लेषतमा भयेको ल्यापचे सहीछाप भीडाउन कारणी प्रतेवादी टीका देवीलाई झिकाई र निज टिका देवी भनेकी येंही हो वा को हुन भनी सनाषत गर्ना लगाई भिडेमा दी. चेत प्रसाद स्मेतलाई झिकाई सनाषत गरी निजहरूको रोहवरमा टीका देवीको ल्यापचे स्ही छाप गराई ली निजको ल्यापचे स्ही वादीले दावी गरेको तंसुकमा लागेको स्हीछाप संग भीडाउदा मिलन नआयेकाले सो लेषत पास गरी पाउँ भंने वादी यो तमसुकको पुग्न नसकने हुंदा पास गर्ने गरेको सुरु अपीलको ईन्साफ गलती ठहरन आएकोले सुरु अपीललाई र मील्ने ल्याप्चे स्ही आधि जगा भन्दा मिलाउनी लेषीदीनेमा मा र दुर्गा प्रसाद स्मेतलाई जरीवाना गर्ने र तपसील वमोजिं गर्ने ।

तपसिल

प्र. टीका देवी के देवानी पैलाका २००४।४।१० का फैसला र नं. १७ जनेका देहायमा लागने गरेको डंड मो रु जम्मा १२६।३७ हाललाई उल्टी भै नलाग्ने डंड असुल भये फेर्ता र नभये व्यहोरा जनाई लगत कसी दीनु भनी अत दोश्रामा लगत दीनु -१

वावुरांके एै मीतीका पैला फैसला र पं लगतले लाग्ने गरेको डंड मो रु ५। हाल नलाग्ने हुदा असुल भवे फेर्ता र नभवे लगत कसी दीनु भनी एै एै -२

 प्र. दीका देवीले कोर्ट फी र नक्कल दस्तुर समेत जम्मा मो रु ५।६ र उक्त वीगो फाटमा २००४।५।६ मा धरौट राखेको देषीनाले सोही धरौटीवाट चेत प्रसादलाई भराई दिने अ.दो. का २००५।५।२२ का फैसला वमोजिं गर्ने ऐ. मार्ग २८ गते लगत दियेकोमा हाललाई उक्त उल्टी डंड भराई दिन नपर्ने हुनाले अपील दोश्राको लगत काटी दी सो धरौटी मोरु ५।६२ अैं सवालको रीत पुर्‍याई टीका देवी लाई फेर्ता दीनु भनी अ त वीगो फाटमा लगत दीने –३

टीका देवीलाई अ.दो. का २००५।५।२२ का फैसलाले गर्ने गरेको डंड मो रु १२।६४ वावुरां फैसलाले लागेको डंड मो रु ।५० स्मेत नलाग्ने हुदा अैं सवालको रीत पुर्याई फेर्ता दीनु भनी अ.त. देवानी फाटमा लगत दीनु ----४

वादी चेत प्रसादके मो रु १००१। को लेषत कृर्ते गरेमा कां भै नसकेको हुदा कृर्ते कागजका ७ नं. अैं ले लागेको आधी दंड मो रु ५००।५० लाग्छ वारेस हुदा अैं बमोजीम गर्नु भनी अ.त. देवानी फाटमा लगत दीने ------५

का.ई मुदीसु फेदी वस्ने षडानंद फूयालके कृर्ते लेषतमा साक्षी वसेकोले कां भै नसकेको हुदा कृर्ते कागजका १६ नं अैं ले मो रु ५। दंड लाग्छ रुजु नहुदा अैं वमोजिं गर्नु भनी ऐ.ऐ.--६

वावुरांके निजलाई सजाय गर्न पर्छ की भन्नालाई सो लेषतको सै छाप लेषत मेरो होइन भंने दी नकारी अपील गरेको स्मेत देखीनाले केही गर्न नपर्ने ----७

अम्वर राजको निजको षो लेषमा लेसीयको सही छाप नपरेकोले केही गर्न नपर्ने -----८

वादी चेत प्रसादवाट प्र. दस्तुर मो रु १। र अपील दस्तुर मो रु ।७५ स्मेत भराई पाउ भनी प्र. टीकादेवीको अैं का म्यादमा दरषास्त पर्न आयेमा अैं बमोजिंको पुर्‌याई कोर्ट फी अैं सवाल बमोजिं भराई दीनु भनी अत देवानी फाटमा लगत दीनु --------------९

देहायका अडाका मानीसहरूके गलती ईन्साफ गरेमा हा का ११ नं अैं ले तजवीजी मो रु जम्मा २ दुई जरीवाना लाग्छ देहाय वमोजिं लीनु भनी अ त दे मा लगत दीनु ------१०

यै ये का हाकिं ना.सु. हेरम्व राज गुरु घराना पंडीत ज्यू का ई डीबजारके ।६०

एै.का अडी जै लाल श्रेष्ठ ल पु सो के मो रु ।३०

एै. का वी कृर्तिराज नेवारी प. ३ नं.त. धौ मोह रु के ।१०

अडी का ना सु संत वहादुर प्रधान का ई फौज के ।५०

आ. न. प्राणनाथ पाध्या का ई के ।३०

वि. मनहर्क भडारी के ।२०

दरवार कूलका माथवर दुर्गा प्रसादके नमील्नेमा भये स्ही जचाउदा अघि मील्छ भनी लेषत गरे वापत मो रु १। एक जरीवाना हुन्छ दोश्रामा लेखेको हुदा असुल गर्न भनी ऐ. मा लगत दीने -------११

मिसिल मिसील फाटमा बुझाई दीने ------------१२

 

ईति सम्वत् २००९ साल चैत्र १८ गते रोज ५ सुभं ..।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563