निर्णय नं. ४६ - चोरी
नेपाल प्रधं न्यायालय डिविजन् बेञ्च
अ.नं. १०४३
अपिलाट पत्येवादी भ. पु.इ. लाकुलार्छ टोल बस्ने आसाबहादुर हाछेथु
विपक्ष वादी भ.पु. तौमढी बस्ने कृष्णप्रसाद चित्रकारी
मुद्दा : चोरी
इजलास
श्री माननिय प्रधं न्यायाधिस हरिप्रसाद प्रधां एम.ए. बि. एल.
श्री माननीय न्यायाधिस भगवतीप्रसाद सिं बि.यस.सि. बि.एल.
फैसला
यस्मा आसाबहादुरले चं दं खोरी बंधक राख्न ल्यायेकोमा कान्छा महंत भंने गोविंद हरीलाई देखाउदा कहा राख्छ चेवा गर्नु भनेकोले चेवा गरी वृगेडियर कहा जाहेर गरी आसा बहादुरको घर खानतलासि गर्दा भैरवनाथको ६ थां माल निस्केकोमा मलाई समेत थुनामा राखे भंने कृष्णा प्रसादको उजुरी वयां रहेछ।
मैले चोरी गरेको र चं.ढ. खोरि बंधकी राख्न गएको समेत होइन वादी झुठ्ठा हो भंने आसाबहादुर प्रत्येवादी वयां रहेछ।
भैरवनाथको गहना चोरी भएकोमा चोर पत्ता लाग्यो भनी कृष्णप्रसादले जाहेर गरेकोमा वृगेडियरबाट हामीहरुलाईसमेत आसाबहादुरको घर खानतलासी गर्न पठायबाट आसा बहादुरको घर खानतलासी गर्दा भैरवनाथको माल आसाबहादुरको घर भरें मुनीबाट निस्केको हो कस्ले चोरेको हो हामीलाई थाहा छैन हामिहरुको जिम्माको माल भएपनि यति चोरी भो भंन सकेनौ भंने भैरवनाथका पुजारी मुल नाइके वुनारान् सुवालसमेत ६ ज्वां को वयान रहेछ।
कृष्णप्रसाद आसाबहादुर दुवैलाई चोर ठहराई भक्तपुर वृगेडियरले फैसला गरेकोमा कृष्णप्रसाद मात्र चोर ठहर्छ भनी भक्तपुर अदालतबाट रायपर्चा गरेको रहेछ।
आसाबहादुरको अपिलपरी श्री माननिय न्यायाधिस भैरवराजका इजलासमा पेश हुदा छलफललाई झिकीएक मानिसहरु राखी श्री माननिय न्यायाधिस प्रकाससम्सेरका इजलासमा पेस हुदा डिविजन बेञ्चमा राखी दिनु भंने आदेस दिनु भएबाट नाईके वुनारान्समेत भैरबका नाईके ज्वां ४८ सदर जेलबाट झिकाई आएको कृष्णसादालाई अपिलाट आसाबहादुरलाई राखी बुझ्दा।
बुझियका साछी सर्जमिनहरुलेसमेत नियद खराब देखाई लेखेको ति साछी उपर उजुर गर्न नसकेको हुनालेसमेत भक्तपुर अदालतले कृष्णप्रसादलाई मात्र चोर ठहराई राय पर्चा गरेको मनासिब र वृगेडियर मे.ज. ध्रुबसम्सेरले आसाबहदुरसमेतलाई चोर ठहरायेको गल्ती ठहर्छ केही गल्ती इन्साफ गरेमा मे. ज. ध्रुवसम्सेरलाई केही गर्नु पर्दैन अरु तपसिल्मा लेखीयको कुरामा तपसिल बमोजींगरी मिसिल मिसिल फाटमा बुझाई दिनु।
तपसिल
कृष्णाप्रसाद चित्रकारीके बिगो रु.८०१।२ आठ सय यक रुपैया दुई पैसाको भैरवनाथको गहना चोरी गरेको ठहरेकोले अबाटो हुदा चोरीका १६।१८ नं ले मोरु१२०१।५३ बार सय यक रुपैया त्रिपन्न पैसा दंड हुन्छ डंड कुमारीसँगको घटीबढी कर्णी मुद्दामा सदर जेलमा कैद परेको हुदा अैबमोजीं गर्नु भनी तहसिलमा लगत दिनु ---------------------१
कृष्णप्रसादले चोरी गरेको मोरु ८०१।२ मध्दे विगो रु. २९।९७ पैसाको गहना वरामद भएको वृगडियर अफिसमा देखिएकोले स्व माल नाइकेहरु जिम्मा लगाई दिन र विगो रु ७७१।५ सात सय एकहत्तर रुपैया पाच पैसा अैबमोजीं गरी कृष्णप्रसादबाट भर्ना रखाई दिनु भनी श्री ५ सरकार गुठी लगत फांटलाई जनाउ दिनु भनी लगत दिनु -----------------२
भक्तपुर व्रिवगेडियरका २००८ साल श्रावण १५ गतेका फैसलामा लेखियको दंड सजाय हाल नलागने भएको र स्व फैसला बमोजिं तहसिलमा लगत भएकोसमेत मिसिलबाट नदेखियकोले स्व फैसलाको लगत दिनु पर्दैन-------------------------------------------------------३
भगवतीप्रसाद सिंह हरिप्रसाद
न्यायाधिस प्रधां न्यायाधिस
इति संवत् २००९ साल चैत्र १४ गते रोज ६ शुभम्