• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४७ - व्लेकबाट नुन बीक्री गरे

साल: २००९ महिना: चैत्र फैसला मिति :२००९/१२/२३ १६०

नेपाल प्रधान न्यायालय डीवीजन बेञ्च

अनं. ३०३

अपीलाट प्रतेवादी सत्यमान महरजन                            वीपक्ष वादी सर्कार

मुद्दा व्लेकबाट नुन बीक्री गरे

इजलास

श्रीमाननीय प्रधान न्यायाधीश हरीप्रशाद प्रधान एमए बीएल

श्रीमाननीय न्यायाधिश महेन्द्र बहादुर महत छेत्री

फैसला

यस्मा सुव्वा मोहनमान नगेन्द्रमान सेरचनले शावरबाट ल्यायेका कोटाको नून चीशापानी मा वीक्री गर्ने डीलर भै ४ साल भाद्र १ गते देखि मीती मीतीमा गरी १३५७० मन नुन लीयेको ४ साल फालगुण ९ गते देखी २२ गते सम्म वडा हाकिम समेत वसी मन ५९९१ विक्री भै वाकी नुन वीक्री गर्न साछी पाउ भनी ५।३।५ गते फीस दिदा पनि साछी पाइन र कंटोल रेटमा५।९।१५ देखि माघ १५ गते सम्म शरहदीया रैती महाजन लाई आफुखुस मन ६३६३।। वीक्री भै वाकि पगली नोकसानी परेको मन १२ सये समेत व्लेक सकीयेकोले जाहेर गरेको छु भन्ने सत्यमानको वीन्ती पत्रमा के भयेको हो सवै खोली ठहराई जाहेर गर्नु भन्ने प्रमाङ्गी रहेछ।

      वडा हाकिम आफै वसी शाछी स्मेत राखि वीक्री भै वीक्री साछी पठायेमा सत्यमान फेला परेन भन्ने सुवेदारको रपोट परेकोले पछी पटक पटक म्याद जारी र पक्राउ गर्दा सत्यमान फेला नपरी नुन जाँच गर्दा नीरस साहुका गोलामा १५२ वोरा देखीयेको वाकी नुन पै ढाटी गरी ल्यायेकै नदेखियेकोले सत्यमानले कोटाको नुन मन ८०७० व्लेकमा वीक्री गरेको ठहर्छ। कवुलीयेतले जर्ती मीनाहा नपाउने हुदा सरजमीनका लेखाई बमोजिम रु २९ दरले हुने कं रु ९३६१२ मा येजेन्टलाई तीरेको वोरा १ को रु ८।१ ले हुने कं रु २६०८८।।।.।।। कट्टा गर्दा वाकी कं रु ६७५२३ सतसठ्ठी हजार पात सये तेइस रुपैञा तीनानायेक पैसा वीगो सत्यमान शंग असुल गरी कवुलीयेत आडर मीची वीक्री गरेमा नीकासा भये वमोजीम सजाये गर्ने ठहराई ६।५।१७ गते महुतरी सर्लाही गोस्वाराले जाहेर गरेको रहेछ, सो ठहराई जाहेर गरेको इन्साफमा चीत्त वुझेन भन्ने सत्यमानको अपील परेको यो मुदा अपीलाटको वा धर्मरत्न सुवाललाई राषि वुझ्दा ४ साल भाद्र १ गते देखि मीती मीतीमा गरी ५ साल आखाड १६ गते भित्रमा आयेको नुन ५ साल पौख माघमा मात्र सत्यमानले आफु खुस स्मेत वीक्री गरेको हुदा वर्खाको टायम सम्म रहेको नुन पानीले पगली नोकसानी हुने शम्भव हुनाले सो नोकसानी पर्न गयेको १२ सये चानचुन मनमा सजाये गर्नु पर्दैन सो वाहेक अरु साछी नराषी नुन वीक्री गरेकोमा अइनमा सजाये नकीटीयेको र वुझीयेसम्मका सरजमीन वेहोराबाट गोश्वाराको ठहर अनुसार व्लेक गरेको हो भन्ने नदेखियेकोले सत्यमान महरजन जील्लै महुतरी प्रगन्ना खेश्राहा मौजे गोठुकुहा लाई कं रु ५०० पाच सये जरीवाना हुन्छ वारेश हुदा असुल गर्न तहसिलमा लगत दिनु सरजमीनको लेखाई बाट वीक्री भयेकै देखीयेकोले गोश्वाराका फैसला वमोजीमको डण्ड विगो लाग्दैन महुतरी सर्लाही गोश्वाराबाट ६।५।१७ का फैसलाले वीगो कं रु ६७५२३ असुल गरी सर्कारको उर्दी मीची वीक्री गरेमा सत्यमानलाई थप सजाये सर्कारका तजवीजबाट गर्ने गरेको नलाग्ने हुदा लगत काटी दीनु भनी सो गोश्वारालाई लेखी पठाउनु भनी तहसिलमा लगत दीनु।

न्यायाधीस                                   न्यायाधीस

इती सम्वत २००९ साल चैत्र २३ गते रोज १ सुभ्म्  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..