निर्णय नं. ४८ - कुलो
नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च
दा नम्बर
अपिलाट प्रतिवादि खड्गबहादुर थारुस्मेत
बुटोल तप्पे तिंलकहना मौजे ओदारी
वादी राजाराम थारुस्मेत
ऐ.ऐ. मौजे ठाँटि
मुदा:- कुलो
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल
श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय
फैसला
यसमा चम्कीपुर मौजादेखि पसिंबाट उम्रेको जवैबाट अघीदेखि १ कुलो प्रतिवादीहरुले मैनहरा मौजातर्फ र २ कुलो हामिहरुले ठाँटि मौजातर्फ लैजाने गरिआएकोमा हाल प्रतिवादि जिम्दार खड्गबहादुर थारुले ५०˟६० जवान् मानिस ल्याई हाम्रो सो ठाँटी मौजातर्फ लगेको सो कुलादेखि करिब १५ हात जति मूनी यीनै प्रतिवादिहरुले एकलौटि पानी लाने गरेको अर्को जवै भएकोले सोहि जवैमा सो कुलो खसाली लगेकोले निजहरुलाई सजाए गरि हाल प्रतिवादीले जबरजस्ती खनेको कुलो पूरी साबीक कुलो कायें गरि पाऊ भंने वादिको बिंतिपत्र बयान रहेछ।
वादिमा लेखेको जवैंबाट अघीदेखिनै १ कुलो ठाँटितर्फ ल्याई त्यस्का १०×˟१२ हात जति दखिंतर्फ यौटा मोहडा बनाई पानिको हिसाबमोजिं मैनहरा मैरी ओदारी मौजामा पानि लाने गरीआएकोमा पछी सोहि कुलोमा ४˟५ वर्षदेखि सानो मूल फुटि पानी उम्रेकोले सो पानीस्मेत कुलोमा मिलाई हाम्रो माथी लेखिएको ३ मौजामा पानि लाने गरेका छौ नञा कुलो खनी वादिका मौजामा जाने पानी लगेको छैन भन्ने प्रतिवादिको बयान रहेछ।
हाल झगडा परेको कुलोबाट वादिहरुलाई मात्र एकलौटि पानी लान दिएमा वादिहरुलाई पानि बढी भै नदिमा झर्ने हुनाले स्मेत झगडा परेका ठामबाट प्रतिवादिहरुले स्मेत पानि लान पाउने ठहर्छ भनी ०६।११।३।३ मा सुरु सिवराज तौलिहवा गोस्वाराले फैस्ला गरेको रहेछ।
मूल जवैबाट २ कुलो झिकि १ कुलो वादिले आफ्नो मौजामा र प्रतिवादिले १ कुलो आफ्नो मैनहरा मौजामा लगी अर्को पछी मूल फुटेको जवैबाट प्रतिवादिहरुले नै एकलौटि आफ्नै मेरो र मैनहरा ओदारी मौजामा लगेको देखिएको स्मेतबाट हाल झगडा परेको ठामबाट प्रतिवादिहरुले पानी लान पाउँदैन भनी ०७।११।२९ मा प्रधान न्यायालय पहिला फाट्ले फैस्ला गरेको रहेछ।
चित्त बुझेन इनसाफ जाची पाऊं भन्नेस्मेत व्यहोराको प्रतिवादि खड्गबहादुर थारुको बिन्तिपत्रमा मिसिल झिकी इनसाफ जाँची ऐनसवालबमोजिं गर्नू भन्ने ०७।१२।१५।४ को आदेश रहेछ।
०९।४।३०५ मा मुदा पेश हुंदा झगडा परेका ठामबाट हफ्तामा कति दिं वादीलाई र कति दिं प्रतिवादिलाई पानि लान दिने गरे दुवै थरलाई मड्का नपर्ने रहेछ इञ्जीनियर वबरसीएरस्मेत पठाई इञ्जीनीयर वबरसियरको रिपोट र नक्सास्मेत गराउने व्यहोराको आदेश भएको रहेछ।
सरजमिंमा गै जाचदा सो जमिंहरुको नक्सा तयार गरि विवर्णसमेत खोलि रिपोर्टसाथ पेश गर्दैछु नक्साको ए प्वाइन् जहाँ लेखिएको छ त्यहाँ मैनहरा र ठाँटिको मूहान छ त्यसको दक्षिणतर्फ ठाँटिको कुलोको मूनी जहाँ वि.सी. र डी देखिन्छ त्यहां वदारी मैरी र मैनहरा कुलोको मूहान छ ति मौजाहरुमध्य वदारी ३३४।।१।।।१ मैरी मौजा १६८।।४ मैनहरा मौजा १६९।।।३।।२ र ठाँटि मौजा १८७।।।२ऽ१ स्मेत बिगाहा रहेछ भन्ने कुरा खजहनी मालको श्रेस्ताबाट ज्ञात भएको र पानि बाँडिएको हक्मा ठाँटि मौजालाई ए प्वाइन्टबाट निक्लेको पानी हिस्सा मैनहरा कुलोमा जाँदो रहेछ बाँकि झार्दा जो छ त्यो प्वाइन्ट एल जो नक्सामा दिइन्छ त्यहाँबाट १ हिस्सा पूर्वतर्फ ठाँटिको मौजामा र १ हिस्सा पसिंतर्फ ठाँटिकै तल्लो सिमानामा जान्छ त्यसको झरन पनि दक्षिणतर्फ पर्ने अरु मौजामा जाने रहेछ भन्ने अनुमान गरिन्छ औ. वि. सी. रही जवै मूहानबाट जो कुलो निक्लेको छ पहिले मैनहरा र त्यसपछी तल पर्ने मौजाहरुमा जान्छ। यहाँ यो कुरालाई लेखि दिन जरुरी हुंदा लेखिरहेछु ठाँटि कूलाको वेडुभन्दा नक्साको वि.सी. मूहान ४,३५ फिट् निचा छ त्यस कारण ठाँटिबाट कुलो खोलि डाइरेक्ट वि. मा खसाल्दा ठाँटि मौजालाई धेरै नै नोक्सान हुने देखिन्छ कारण पूर्वतर्फ जो ठाँटिको कुलो गएको छ त्यो ऊचा जमिनलाई इंडिगेट गर्दछ। उँचा हुनाले पानिको विलाष्टी बहुतै कमजोर हुन गै उँचा जमिनमा पानि उक्लन नसक्ने हुंदा जमिन पाटिन मुस्कील देखिन्छ "आई अज बज बेसन" बाट ज्ञान हुन्छ कि ठाँटि मौजाबाट वदारी मौजा १०˟१२ फिट् निचा र २ मिलको टाढा पर्दछ, उत्तरबाट दक्षिणको जमिन जनरल स्लोप हुनाले माथीको सबै पानी सोहि ओदारी मौजामा आउने देखिन्छ वादि प्रतिवादिलाई यति यति दिं पानि बाड्दा मडका नपर्ने हुन आउने हक्मा नक्सामा देखिएको एप्वाइन्टबाट निक्लेको १६ आना पानीमध्य १७० बिगाहा भएको मैनहरा मौजामा आठ आनाभन्दा बढी पानी र १८७ बिगाहा भएको ठाँटि मौजालाई आठ आनाभन्दा पनि घटि पानी बांडिएको देखिन्छ सो पानी ठाँटि मौजाको पूर्व पसिं सिमाना पाटन जाने हुंदा यसबाट विदित हुन्छ की मैनहराको ए प्वाइन्टबाट लिएको पानी पनी केही फाल्तु भै जाने हहुनाले र यसबाट वी.र सी.डी. निस्केको पानी सो मैनहरा मौजाले भाग पाउने रहेछ जति फाल्तु पानी छ सो सबै तल पर्ने मौजाहरुले पाउँदछन होला पानि नबाडदा दुवै थरलाई मड्का नपरोस भन्ने उक्त आदेशमुताविक माथी ए. बाट निक्लेको पानी मध्य ठाँटि श्रीफ ...।। मात्र ८ बाँकि थु मैनहराको कुलो ठाँटिकै कुलामा प्वाइन्ट एलदेखि पन्ध्र फुट् पूर्व पाध्या फाल प्रोनाड् गरेमा कसैलाई पनि मर्का नपर्ने देखिनाले भएको ब्यहोरा जाहेर गरेको छु भन्ने सरजमिंमा जाच नक्सा गर्न गएका सी तौ गोस्वाराका ओभरसीएर गङ्गालाल खत्रीले रिपोर्टसाथ नक्सा दाखिल गरेको रहेछ।
तारेखमा रहेको अपिलाट १। दिनदयाललाई र झिकाई आएको वादि वा. स्मेतको भिजुगीनारायणलाई छलफलमा राखि बुझ्दा ओभरसिएरको रिपोट लेखाईबाट प्रतिवादिको मौजा होचो हुनाले ठाँटी मौजाको पैनबाट प्रतिवादिलाई पानी लान दिदां ठाँटि मौजालाई नोक्सान हुने भन्ने देखिएकोले स्मेत इनसाफ प्रधान न्यायालय पहिला फाटले ०७।११।२९ मा छिनेको मनासिब छ ठाँटिको पैनमा पक्की फाल प्रोभाइट् गर्ने कुरा ओभरसिएरले लेखिदिएकोमा माथी लेखिएबमोजिं प्रतिवादिको जिकिर झुट्टा ठहरी वादिहरुले जितेकाले प्रतिवादिले वादिको पैनबाट पानि लान नपाउने गर्न हाल भैरहेको भन्दा पनि मजबुत बनाउन परे आफ्नो पैं पक्की बनाइकन पनी वादिहरुले आफ्नो मौजामा पानी लान पाउँछ भनी सुनाई दिने
मुदा दोहोराएमा देहाएका अपिलाटके प्रधान न्यायालय पहिला फाटबाट कंरु १५का दर्ले दण्ड गरेकोले हा.क. ११ नम्बरका P]gबमोजिं सैका १० ले कंरु ।। का दर्ले दण्ड हुन्छ वारेस हुंदा असुल गर्नु अ.त दे. फाट्मा लगत दिई मिसिल इलाका अमिनीमा पठाउन अ.त. मिसिल फाट्मा बुझाईदिनु।
जि. बुटोल तप्पे तिलकहना मौजे वदारी बस्ने प्रतिवादि खड्गबहादुर थारु--१
ऐ.ऐ. बस्ने ठगप्रसाद थारु१
ऐ.ऐ. बस्ने गोपि थारु१
एै. एै.मैनहरा बस्ने मूनेश्र्वर थारु१
एै. एै.वदारी बस्ने प्रभुराई थारु १
एै. एै.मैरी बस्ने रोगाई थारु१
ऐ.ऐ. बस्ने मगु थारु १
ऐ.ऐ. बस्ने महादेव थारु १
ऐ.ऐ. मैनहरा बस्ने कासी थारु१
ऐ.ऐ. ओदारी बस्ने पुरन थारु १
भैरवराज पंत हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इती सम्वत २००९ साल चैत्र २५ गते रोज ३ सुभम्