निर्णय नं. ४९ - थुन्न नहुने थुने
४९/९/५४४/९८१
नेपाल प्रधान न्यायालय डिबिजन बेन्च
दा नं
अपिलाट ,: बादि द्दारे दिलबहादुर श्रेष्ठ , का. इ.मखनटोल
विपक्षी : प्रतिवादि पसुपति पञ्चाएतका प्रधानपञ्च कृष्णप्रसाद उपाध्यायस्मेत
मुद्दा: थुन्न नहुने थुने
इजलास
श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए .बि .एल
श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय
फैसला
यस्मा मुल पुजारिका ज्वाफबाट बुझ्नुपर्ने हुदा मइले दरबन्दीवमोजिं खान पाउने लगत उतार र मूदास्मेत पठाइदिनु भंने पञ्चायतको पुर्जी को ज्वाफ दिनालाई पुर्जि पाएकै दिंमा अबेर भै नभ्याय पछी दसैको बिदा भएकोले ज्वाफ दिन नपाएकोमा आसीं २९ गते मलाइ पक्राउ गर्न सिपाहीसमेत पठाइ लगत वारेमा मोरू १० र मिसिलबारेमा मो.रु५।जरिवाना गरी मलाइ पक्री लगी जरिवाना नतिरेको भनी कैद ठेक्न ऐ ३१ गते देवानी तहसिलमा पठाई ऐ कार्तिक २ गतेसम्म थुनेकोले जाहेर गर्दा हामी दुवै थर झगडिया बुझी पञ्चाएतले गरेको कारबाहि खारेज गर्ने र व्यक्तिगत सोतन्त्रता ७ नम्बर का ऐनबमोजिं म्याद भीत्र उजूर गर्न पाउछौ भनी मलाई सुनाउनेगरि ०८/७/६/३मा फैस्ला भएकोले उजूर गर्न आएको छु वेरसतसंङ्ग थुनेमा प्रतिवादीहरुलाई सजाय गरीपाऊ भन्ने बादि दिलबहादूरको फिराद रहेछ ।
बादीलाई थुनेकोमा अघिनै जाहेर प्रधानन्याधीश ज्यूबाट फैसला भैसकेकोले वादीको उजुर खारेज भै झुट्टा उजूरबाट फुर्सद गरिपाऊँभन्ने स्मेतको प्रतिउत्तर रहेछ ।
थुन्न नहूने मानिसलाई थुनेको ठहारायाई ०८साल कार्तिक ६ गते फैस्ला भएकोदेखिएकोले
न्यायाधिशबाट प्रतिबादिहरुलाई सजाए नलागने भन्ने फैसला भैसकेपछी थुनेमा सजाय गरी
पाँऊ भंने यो नालेस अ.ब. ११० नंका ऐनवमोजिम खारेज हुन्छ भनी अपिल तेश्रा फाँट्ले
०८/१२/२८/४ मा फैस्ला गरेको रहेछ ।व्यक्तिगत सोतन्त्रताका ७ नम्बर का ऐनका
म्यादमा उजुर गर्नेसमेत ब्यहोराको आदेशवमोजिम म्यादभित्र उजुर गरेकोमा अपिल र प्रधान
न्यालयसमेतबाट खारेज गरिदियो मिसिलहरु समेत झिकी बुझि हक इनसाफ गरिपाँऊ भन्ने
समेत व्यहोराको बादिका बिन्तिपत्रमा व्यक्तिगत स्वतन्त्रताका ऐनको ७ ले नालेस लाग्ने
कुरामा अपिल र न्यायालय पैलाबाट किन खारेज गरेको रहेछ मिसिल झिकाई सो कुराको
कैफिय बुझी मिसिल साथ जाहेर गर्नूहोला भन्ने ०९/५/१३/५ मा आदेश भएको
रहेछ।
यस्मा तारेखमा रहेको बादि द्वारे दिलबहादूरलाई राखीबुझ्दा व्यक्तिगत स्वतन्त्रताका
७ नं का ऐन वमोजिं थुनामा परेको दिं को हरजनामा दाबी लिई बादिले उजूर गर्नुपर्नेमा
हरजनातर्फ दाबा नलिईप्रतिवादिहरुलाई सजाय गरिपाऊ भनी उजुर गरेको देखिएको
प्रतिवादिलाई सजाए गर्ने तर्फ अघिनै फैसला भैसकेकाले प्रतिवादीलाई सजाय गर्ने तर्फको
उजुर हुँदा खारेज गर्ने गरेको इनसाफ प्रधान न्यायालय पहिला फाँट्को मनासिब छ ।मुद्दा
दोहोरायको बादि द्धवारे दिलबहादूरलाई हा.क.११नम्बरका ऐन बमोजिं सुरु दण्ड
मो.रु.१को सैक्रा।१० दश ले मोरु पैसा दण्ड लाग्छ रुजु हुँदा असुल गरि मिसिल अ.
.त.मिसिल फाट्मा बुझाइ दिनु ।
भैरवराज पंत हरिप्रसाद
न्यायाधीश , प्रधान न्यायाधीश प्रधान न्याधिश
इति सम्वत २००९साल चैत्र २५ गते रोज ३ सुभम्