निर्णय नं. ४३३ - अधकट्टी दिलाइ पाऊ
अ.द.नं. ४३३-१०,
दे न. २९३/९५५५
प्रधान न्यायालय सिङ्गल बेञ्च
अ. नं. १५५५
अपिलाट प्रतेवादी
डोटी नीरौला गर्खा निरौली गाऊ बस्ने मु कृष्ण राज भडारी उपाध्याय
रेस्पाडेण्ट -वादी
ऐ.ऐ बस्ने री. कुवर वोरा
मुद्दा- अधकट्टी दिलाइ पाऊ
इजलास
माननीय न्यायाधीश भैरवराज पन्त उपाध्याय
फैसला
यस्मा डोटी अपिल उपर कृष्ण राज मान सिं दुई जनाको अपिल परेकोमा दुवैको हकमा अघि मुद्दा डिसमिस भै सकेकोमा मान सिंको हकमा मुद्दा जगायको र कृष्ण राजका हकमा सम्म बिन्तीपत्र गुज्रेको तारेख थामी मुद्दा जगायेकोमा कृष्णराजको वारेस हीरामानले ०९।१२।४ को तारेख दोश्रा पटक पारी गुजारेको अैंले थाम्ने म्याद समेत नाघी सकेको हुदा अ.वं. २२६ नं ले सो अपिल दायर रहन सक्दैन डिसमिस हुने ठहर्छ अपिलाट कृष्ण राजके सुरु दंड मोरु ३।५० को पैला अपिल हुदा इन्साफ सदर भएमा हा.का. १० नं ले सैक्रा १० ले मोरु ।३५ थप दण्ड हुनेमा डिसमिस गरायकाले अ.वं २२८ नंले सो हुने दण्डको सैक्रा ५ ले मोरु ।३ दुई पैसा थप दण्ड हुंछ बेरुजु हुदा अैं बमोजिम असुल गर्न लगत दीनु ।
भैरवराज पंत
न्यायाधीश
ईती सम्वत् २०१० साल भाद्र २९ गते रोज २ सुभं