निर्णय नं. ४३४ - जगा लें दें
साल: २०१० महिना: भाद्र
फैसला मिति
:२०१०/०५/२९ १०३
434/2010
294/165
प्रधान न्यायालय सिंगल बेञ्च
अ.नं १६५
अपिलाट-वादी प.३ नं लम्जुं मौजे तर्कुमध्य बागेडाडा बस्ने मने गुरुं
रेस्पोडेण्ट- प्रतेवादी ऐ ऐ बस्ने धनुरजु गुरुं
मुद्दा जगा लें दें
ईजलास
श्री माननिय न्यायाधिस भैरवराज पन्त उपाध्याय
फैसला
यसमा अपिलाट् मने गुरुंको वारेस विर बहादुर गुरुंले २०१० साल जेष्ट १८ गतेको तारेख पैलापटक पारी गुजारेको अैं ले थाम्ने म्याद नाघिसकेकाले अ बं २२६ नं ले यो अपिल दायेर रहन सक्तैन डिसमिस हुने ठहर्छ अपिलाट मने गुरुंके ईन्साफ सदर भयमा सुरु डण्ड मोरु ५/5को दोश्रा अपील हुदा हा.का. १० नं ले सैक्रा ५ ले मो रु ।२६ थप डण्ड हुनेमा डिसमिस गरायकाले अ बं २२८ नं ले सैक्रा ५ ले मो रु ।२ दुई पैसा डण्ड हुन्छ बेरुजु हुदा असुल गर्न लगत दीनु ।
भैरवराज पंत
न्यायाधीश
इती सम्वत् २०१० साल् भाद्र २९ गते रोज २ सुभं