• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४३५ - जगा दर्ता सन्धी सरपं

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/२९ ९९

अभिलेख दर्ता नं. ४३५।२०१०

दे नं. १०८/११९२

नेपाल प्रधां न्यायालय सींगल बेञ्‍च

अ.न.११९२

मुदा जगा दर्ता सन्धी सरपं


अपीलाट प्रतेवादी

जीलै ईस्मा मौजे पौडी अमराई वस्ने जीं हेमलाल थापा छेत्रीस्मेत१२  

वीपक्क्ष वादी

जीलै ईस्मा मौजे पौडी अमराई बस्ने ओंप्रसाद श्रेष्ट१


ईजलास

 


श्रीमाननीय न्यायाधीस भैरवराज पन्तोपाध्याय

फैसला

     यस्मा कसैको संधीसरपं नपर्ने पुर्व छवीलाल वसंत गीरीको ठाडो खोलसी पछीं नर बाहादुरको अवादीको वासको खोलो उत्तर रने वस्नेत दीन प्रसादको वार साध दछीं अमराई आउने तेस्रो वाटो येती ४ कील्‍ला भीत्रको घैरेनी भंने प्रती पाखो मेरा नाउमा पाखो दर्ता गरी वीराउने पूर्जी गरी पाउ भंने ओम प्रसादको दर्खास्त।

सन्धी सरपं वंवुटै जगालाई नर बाहादुर दर्ताको जगालाई अवाद गर्न पाउ भनी दर्खास्तवालाले झुटै उजुर गरेको ठहराई गुलमी मालले पर्चा गरेको रहेछ।

अवादीको माझमा पर्ने जगा दर्ता हुदैन भंन मनासीव नपर्ने र नर बाहादुरको दर्ता जगा द्रकास्तको दछीं कील्‍ला अमराई आउने जाने मुल वाटो देखी दछीं पटी र पछीं  पटी स्मेत देखीयेको सो जगा दर्ताको होइन भंन उजुरवालाले नसकेको र कल झगडा परेको जगा सो अमराईको वाटाले काटी उतर पटी झगडा परेको जगा देखीयेको तेसको मुलवाटो देखी दछीं पछीं नर बाहादुरको दर्ता जगा हुदाहुदै यो झगडा परेको जगा मेरो हो भंने नरबाहादुरको लेखाई र सरजमीं लेख साचो नदेखीयेको भोगटे फुर्के मौवाका रुख देखी दछीं घटोको जगा ई उजुरकर्ता स्मेतको संधी सरपं पर्ने होकी भंनालाई पनी सो झगडा परेका जगाको नगीचमा ई उजुरवालाहरुको घरगोठ नभै सो झगडा परेका जगा देखी धेरै टाढा पूर्व पटी अमराई जाने गाउमा घर गोठ वस्ती भयेको सो वसतीका नजीक पछीं उतर दछीं पटी तीनै तर्फ गाई वस्तु नीकालने चौर वंवुटे पोखरी चौपाटी सहीतको पर्ती खर्क देखीयेको सो जगा गंगा बाहादुरको दर्ताको हो भंने सरजमीं लेखाई देखीन्छ तापनी नकसा हेर्दा सो संधीसरपं जगा देखी पछीं पटी ठुलो खोलो भै सो खोला देखी पछीं पटी गंगा बाहादुरको दर्ताको जगा छुटै देखीन आयेको कुरालाई झुटा वनाई लेखीदीन सकने सरजमींको भनाई साचो मानी दर्ता हुने जगालाई संधी भनी छोडीदीदा सरकारको नोक्सानी र गरीप जनताले खान नपाउने उता सो उजुरवालाहरुको घर गोठ नजीकको पर्ती जगाको वीच वीचमा पोखरी चौपाटी वंवुटे वाटो गोरेटो स्मेत देखीयेकोमा संधी छैन दर्ताको हो भंन नमीलने हुनाले नीज उजुरवालाको संधीसरपंको जगा सोही अपीलाट्ले देखायेको छोटे धारा भंने जगा देखीयेको र झगडा परेको जगाको साँधमा अपीलाटको घर वारी दर्ता स्मेत देखीयेको तेस्तो घरवारी दर्ता संग जोरीयेको येकै लेवुल मीलेको जगा अपीलाटको नाउमा दर्ता नहुने भंन नमीलने हेरी सो झगडा परेका जगाको नगीचमा सीवप्रसाद रन बाहादुरको घर देखीयेको संधीसरपं पर्ने भये नीजहरुको पनी उजुंर पर्नु पर्ने नपरेको र सो जगादेखी धेरै ताढा पुर्व पटी दर्ताका जगा र षोला वासले काटी वेगलै संधी जगा प्रसस्त भयेको स्मेतवाट नञा अवाद गर्न हुन सकने जगालाई सावीक दर्ता र सन्धीसरपं भंने सरजमीं समेतले झुटै लेखीदीयेको स्मेत ठहराई पालपा अपिलले  फैसला गरेको रहेछ।

पाल्पा अपिलले गरेको इन्साफमा चित्त बुझेन भंने नर बाहादुर स्मेतको अपील परी आयेवाट नीर्णयलाई पेस हुन आयेको येस मुद्दामा अपीलाटको वारेस गंगा बाहादुर दरकास्त सन्धी पुलमानको र कासीराम स्मेतको सन्धीसरपं मुद्दामा पालपा अपीलवाट ८४।११।१५।१ मा भयेको फैसलाको नकल पेस गरी दावीको जगा संधीसरपं रहेको भनी प्रमाण दीयेकालाई सो फैसलाबाट यो जगा संधीसरपं रहको भंने नलेखीयेको र मु कासीरां बाट ४ कील्‍ला खुलाई ७६ सालमा वाझा लीयेको जगा भंने जीकीर ली ७६ सालको जगाचलती पूर्जी नकल दाखेल गरेका छंतापनी सो प्रमाण सुरुमा दीन नसकेको तेस्तो घरसारको लेखत जैलेसुकै पनी खडा हुन सकने हुदा अमराई आउने तेस्रो मुलवाटो देखी दछीं पटी नरबाहादुरको प्रीये चौर भंने दर्ताको जगा छुटै देखीयेकोले अपीलकै फैसलामा लेखीयाका वुदा प्रमाणबाट स्मेत दर्खास्त नञा अवाद गर्न हुन सकने जगालाई सावीक दर्ता र संधीसरपं भनी झुटा जीकीर लीयेको ठहराई पालपा अपीलले गरेको ईन्साफ मुनासीव ठहर्छ सो ठहर्नाले ईन्साफ पारी छींने हाकीं उपर अपील गरे वापत देहायका अपीलाटके अपीलले जनही मोरु ५। का दर्ले डण्ड गरेकाले हाका १० नं. ले सैक्रा १० ले मोरु ।५० का दर्ले ज्मा मोरु ६। डण्ड हुनेमा नीजहरुले तारेखमा वस्नु नपरोस भनी ८।१२।१३।३ मा पालपा अपीलमा मोरु ६। धरौट राखेको देखीयेकाले सो धरौटी सदर स्याहा गर्न पाल्पा अपीललाई लेखी पठाउन अ.त. दे मा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु।

इस्मा मौजे मौडी अमराई वस्ने जी मु हेमलाल थापा छेत्रीके मोरु पचास पैसा--।५०

ऐ.वस्ने भीमलाल थापा छेत्रीके ऐ ---------------------------।५०

ऐ.वस्ने रामबाहादुर खत्री छेत्रीके ऐ ------------------------।५०

ऐ.वस्ने रवीलाल थापा छेत्रीके ऐ ---------------------------।५०

ऐ अरेवा बस्ने सीवलाल जैसीके ऐ ------------------------।५०

ऐ वस्ने भीमलाल गीरीके ऐ--------------------------------।५०

ऐ अमराई वस्ने टीका बाहादुर थापा छेत्रीके ऐ -------------।५०

ऐ.वस्ने  टीकारां थापा छेत्रीके -----------------------------।५०

ऐ.वस्ने वल बाहादुर थापा छेत्रीके ऐ ---------------------।५०

ऐ.वस्ने  जुध्द बाहादुर थापा छेत्रीके ऐ --------------------।५०

ऐ.थाप वस्ने सुर्जे बाहादुर घर्ती  छेत्रीके ऐ ----------------।५०

ऐ.वस्ने बल बाहादुर घर्ती छेत्रीके ऐ ----------------------।५०

 

 

 

भैरवराज पंत

 न्यायाधीस

इती सम्वत २०१० साल भाद्र २९ गते रोज २ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563