• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४३६ - लेंदें

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/२९ ९७

अभिलेख दर्ता नं. ४३६।२०१०

दे नं. २५४/११६९

नेपाल प्रधां न्यायालय सींङ्गल बेञ्‍च

अ.नं ११६९।११०

मुदा लेंदें


अपीलाट-

पछीं ४ नं इलाका गरुं सोरेक मोहं डाडा बस्ने टेकबाहादुर श्रेष्ट१

ऐ.भीरकोट दभुङसीमाङ खोला बस्ने लालबाहादुर अधीकारी छत्री१

वीपकक्ष-

प्र डी. डील्लीराज पाध्या   

 

 

 

 


ईजलास

श्रीमाननीय न्यायाधीस  भैरवराज पन्तोपाध्याय

फैसला

     यस्मा लाल बाहादुर सगको लेंदें मुदा गरी ६ हजार कचहरीले खारेज गरेकाले नालेस गरेको छु लालबाहादुरले रु १५०० ली तीरो रु १।४६ को सुनेटारी खेत ।१३ तेर २००१।११।३ मा राजीनामा गरी दीयेको २००५।६।२० का न्यायालयका फैसलाले ७००। धरौटी रहेकोबाट लीनु बाकी ८०० अैं बमोजीं गरी लीनु  भनी सुनाई दीयेको भीर्कोटको अडामा २ जील्लामा मेरो वस्ती भीर्कोटकाले गरौमा गै नालेस गरेको भनी खारेज गरी दीयेको मोरु ८००।– तंसुक फैसलाका मीतीले मुदा छीनीयेको मीती तकको दीये सावा व्याज नदीये जगा चलं चलाई पाउ।

२००१ सालका वाली देखी ५ सालका वाली तक जगा भोग खायेको देखीयेकै छ जगा भोग गरेपछी व्याज लागन नसकने मोरु ७०० थपी कृते राजीनामा गरेमा न्यायालयवाट राजीनामा वदर भै रु ८००।अैं बमोजीं गरी लिनु भनी सुनाई दिने फैसला भयेको अैं फैसलाले नै जगा पक्री नालेस नलाग्ने भंने स्मेत लालबाहादुरको र गरौराजको रैतीमा नदेखीयेकोले खारेज गरेको हुं भंने डील्लीराजको वेहोराको यौटे प्रतेवादी रहेछ।

येक पटक डीगरी भैसकेको रुपैञाको व्याज नपाउने दर्खास्त दी भराई पाउ भनी मागनु पर्नेमा नालेस गरेको नालेस खारेज गर्ने न्यायालयका फैसलाका मीतीले ५ वर्स भीत्र दर्खास्त परे भराई दीने ठहराई स्याङजा अदालतले फैसला गरेको रहेछ।

वेईलाकामा नालेस गरेकाले ईलाका पठाउनु पर्नेमा मुदै खारेज गरेको वेरीत गरेको देखीयेको र न्यायालयबाट रकंको जगा राजीनामा गर्दा तालुकदार साछी नराखेकोले राजीनामा पास नहुने हुनाले रु ७०० वंधकी धरौटीवाट वादीले पाउने रु ८००। आसामीवाट अैं वमोजीं गरी लीनु भनी सुनाई दीने फैसला भयेकाले सुरुले नालेस नलागने भनी खारेज गरेको वेमुनासीव रु ८०० वादीलाई दीनु पर्ने र व्याजको हकमा २००५।६।२० मा मात्र जगा नपाउने रुपैयामा हुने फैसला भयेकाले तेसपछीको व्याज र सावा भराई दीने ठहराई पालपा अपीलले फैसला गरेको रहेछ।

पालपा अपीलले गरेको ईन्साफमा चीत्त वुझेन भंने टेक बहादुर लाल वाहादुरको धरौटी अपील परेवाट नीर्णयलाई पेस हुन आयेको येस मुदामा नीजैहरुको यसै जगाको वाली मुदामा ३।४।५ सालको वालीको वीगो टेकबाहादुरबाट लालबाहादुरले भरी पाउने ठहरी २०१०।१।१६ मा येस प्रधां न्यायालय लगायेतबाट फैसला भयेकोले २००६ साल देखीको मात्र व्याज भराई दीने गर्दा २००३।२००४।२००५ सालको व्याज पनी नपाउने वालीपनी खान नपाउने भै टेक वहादुरलाई अंयाय पर्ने हुनाले रजीष्टेसंका ७ नं वमोजीं २००३ साल देखीको व्याज अपीलाट टेक बाहादुरले अैं वमोजींको दसौद व्याज भरी पाउने र मैले नखायेको रुपैञाको व्याज तीर्न नपरोस भंने अपीलाट लालबाहादुरको अपील भयेकोमा अघी नै न्यायालय लगायेतबाट मोरु ८००। अैं वमोजीं गरी लीन पाउने ठहराई फैसला भयेकाले नीजको अपील जीकीर मुनासीव भंन नहुदा अरु ईन्साफ पालपा अपीलको मुनासीव ठहर्छ ईन्साफ पारी छींने हाकीं उपर अपील गरे वापत अपीलाट लालबाहादुरके हा.का. १० नं. ले मोरु ४। डण्ड हुनेमा नीजले तारेखमा वस्नु नपरोस भनी २००८।१२।२८ मा पालपा अपीलमा धरौट राखेकोले सो धरौटी सदर स्याहा गर्नु भनी र अपीलाट टेक बाहादुरले तारेखमा वस्नु नपरोस भनी सोही पालपा अपील अडामा २००८।१२।२ मा मोरु १ येक धरौट राखेको सो धरौटी अैं सवालको रीत पुर्‍याई नीजै टेकबाहादुरलाई फीर्ता दीनु भनी पालपा अपीललाई पुर्जी गर्न अ.त.दे. मा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु अपीलाटलाई मुद्दा छीनीयेको जनाउ दीनु।                                         

भैरवराज पंत

न्यायाधीश

ईती सम्वत २०१० साल भाद्र २९ गते रोज २ सुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563