• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४३७ - कैदि भाग्यो भंने

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/२९ १००

अभिलेख दर्ता नं. ४३७।२०१०

दे नं. २१७/७९

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

साधक नं. ७९

मुदा कैदि भाग्यो भंने


वादी पाल्पा बगुवा बस्ने ह.नरंसिं थापा मगर

विपक्ष प्रतेवादी पार्वती भंने गगनकुमारी छेत्र्यानी


इजलास

 


श्रीमाननिय प्रधान न्यायाधीस  हरिप्रसाद प्रधान एमए  बिएल

फैसला

     यस्मा चोरी मुद्दामा पक्री कारवाइ निमित्त झेलखानमा थुनिएकि पार्वति भंने गगन कुमारी छेत्र्यानी स्मेतका कैदि भाद्र ५ गतेका वेलुका ६।। बजे गन्ती गरी तालो बन्द गरी साचो गारथमा बुझाई सो पछी सि. मान बाहादुर सिवबाहादुर सिं देविन्द्र सि लोक बाहादुर भक्त बाहादुर समेत पालो वसी आएको भोलीपल्ट गारथबाट साचो लगि खोली गन्ती गर्दा पार्वती भन्‍ने कुमारी नभएकि खोज्दा हरिवन तर्फको वंद ढोका फोरी छानामा चडी फालहाली गयेको पाइला देखियकोले जाहेर गर्न आएको छु अैं सवाल बमोजिं हवस भंने ८।५।६।४ को पाले कम्यान्दर ह. नर सिं थापाको रीपोट रहेछ ।

निज भागेकि वंद कोठावाट पाले बसेको ढोका अं १५ गज फरक पर्छ साचो वेलुका गारथमा राखि भोलीपल्ट ल्याई खोल्ने हुनाले पालो वदल्दा कैडि गनी वुझि लीने चलं छैन बंद ढोका बाहीर चपट ली बस्ने हुनाले कसैले घुस रोस वस खाई भगायेको हैन भंने सिं लोकबाहादुर समेतका पाले सिपाइहरुको वयान रहेछ।

कसैले घुस रोस वस खाइ छैन भगाएको हैन हामी नीडाएको मौका पारी भागेको भंने झेलखानामा थुनीने समेत ८ जनाको मुचुल्का रहेछ।

वुझिए सम्वका प्रमाणवाट पालो वस्ता कैदी बुझिलीने नभै साझमा ढोका वंद गरी साचो गारथमा बुझाइ भोलीपल्ट साचो लगी खोल्ने चलं भएकोले पाले सीपाइले घुस खाइ भगाएको नदेखि वंद भैरहेको दखिन तर्फको  डरवाजा खोली भागेको देखिएकोले अरु पाले सिपाइहरुलाई सजाय गर्न नपर्ने र पाले कम्याण्डर ह. नरसिं थापा मगरको हकमा ढोका भत्काई जान सकने कच्‍चा ठाउमा राम्रो द्रीस्टी पुर्‍याइ कडा पालो राखन पर्नेमा हेलचेक्रयाइ सङ्ग पालो राखेको निजैको गल्तीले कैदी भागेको ठहर्ने हुनाले निजलाई खोर झेलखानाको ६५ नं का अैं वमोजिं मोरु ५ जरीवाना गरी जागीरवाट वरखास्त गर्ने भनी पाल्पा अपिलवाट जाहेरी फैसला गरेको रहेछ

साधक द्वारा पेस हुन आयेको यो मुद्दा बुझडा पाले कम्याण्डर नरसिं थापाको जागीर खोस्ने ठहराई जाहेर गरेको इन्साफ पाल्पा अपिलको मनासीव निज ह. नरसिं थापाको जागीर खोसीएको जनाउ कीतापखानाका नाउमा पठाइ दीनु नरसिं लाई सजाए दीन खोर झेलखानाका ६४ नं को अैं लगाउन पर्नेमा ६५ नं लगाएको गल्ती देखिनाले अवदेखी राम्रोसंग हेरी वुझि अैं लगाउने गर्नु होला भनी यो फैसला सहीतको मिसिल पाल्पा अपिलमा पठाई दिनु ।

                                                           हरिप्रसाद

                                             प्रधान न्यायाधिस

इति सम्वत् २०१० साल भाद्र २९ गते रोज २ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563