निर्णय नं. ४३८ - करणी
अभिलेख दर्ता नं.४३८/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.२१९/११५७ नि.नं...............
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
मुदा करणी
निवेदक चेत नारायण बस्याल जैसी
विपक्ष बसन्त न्यौपाने जैसी
इजलास
श्री माननिय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम ए बिएल
आदेस
येस्मा ठा नं. ११५७ मा दर्ता भएको पाल्पा ४ पाला मध्ये दैलानुं वस्ने वसन्त न्यौपाने जैसी समेतले मनीकर्निको कर्नी गरी गर्भ वोकाइ ज्यान मारेमा मेरो जाहेरी परेकोमा लास जाच सरजमिं गर्न जाने वि. सिद्धीनाथ समेतको घुस खाइ सरजमिं मुचुल्का विगारी दीएमा मेरो नालेस परेको घुसको मुद्दा पाल्पा अपिलवाट र ज्यान मुद्दा पाल्पा अडालत्वाट फैसला गरी विच वीचमा अपिलको म्याद तामेल गरी दिएको म्याद गुज्रे पछि थापाएकोले म्याद थामी अपिल ली दीनु भंने स्मेत एै. वस्ने चेतनारान वसेल जैसीले दिएको नीवेदन पत्रमा अपिलको म्याद रितपुर्वक तामेल भए नभएको के रहेछ मिसिल झिकि जाहेर गर्नु भंने भै आएको आदेस वमोजिं झिकि आएको मिसल र उजुरवाला समेत राखी पेस गर्न ल्याएको वुझ्दा नीज उजुरवालालाइ ज्यान मुद्दा तर्फ २००९ साल जेष्ठ ३ गते पाल्पा अदालतवाट र घुस मुद्दामा ०९ साल श्रावण ५ गते वादीको पाल्पा अपिलवाट समेत वादीको घर दैलामा अपिलको म्याद टासिएको हेर्दा साछी सरजमिं समेत वसी तामेल भएको सो दुवै म्याद अैं वमोजिं रीतपुगेकै देखिएको र साधकवाट आएको सो ज्यान मुद्दा १० साल आखाड ३ गतेका र घुस मुद्दा एै श्रावण २६ गतेमा प्रधान न्यायालय सिङ्गल वेञ्चवाट निकासा भै सकेको हुनाले तिम्रो अपिल लाग्न सकदैन भनी वादी उजुरवालालाई सुनाइ दिनु ।
प्रधान न्यायाधीश
इती सम्वत् २०१० साल भाद्र २९ गते रोज २ सुभम् ।