• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४३९ - ज्यान

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/२९ १०२

अभिलेख दर्ता नं.४३9/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.२१3/23 नि.नं...............

 

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

फौजदारी

साधक नं. २३

 

मुद्दा ज्यान

 


वादी थाक इलाका जिलै वारा गाउमध्ये विलिङ्‌गाउ बस्ने घवाडो भोटेनी


विपक्ष प्रतेवादी ऐ बस्ने धले भोटे अंगेल भोटे छेवाङ भोटेसमेत


इजलास

श्री माननिय प्रधान न्यायाधिस हरिप्रसाद प्रधान एम ए बि एल

 

फैसला

यस्मा ०८ साल कार्तिक २२ गते मेरो लोगनेले वंदी पुजा गर्न लागेका वखत ९।१० घडी रात गएपछि अंगल र छेवाङ झगडा गर्न लाग्दा लोग्ने सोनम छिरिङले मेरो घरमा झगडा नगर भंदा मेरै घरमा रहेको फलामे छुरीले मेरो लोग्नेलाई घले भोटेले पातावाट छुरी धसी भागी गयेको र अंगेल छवाङले नछुट्याएकोले स्वई मार्ग ८ गते सोही पीरवाट लोग्ने मरेको हुदा ज्यान मारेमा घलेलाई र अंगेल छेवाङलाइ उपर मतियारामा संका लागेकोले नीजहरूलाई मतियारामा स्मेत सजाय गराइ पाउ भंने ०८।८।१४ को पवाङ भोटेनीको फेराद रहेछ ।

कार्तिक २२ गतेका दिन झगडा हुदा घले भोटेले स्वनं छीरीङलाई छुरीले हानेकोले १६ दीं पछी सोही पीरले मरेको हो अंगेल छवाङ उपर मतियारामा संका लाग्दैन भंने स्मेत मौका तैकात सरजमिं मुचुल्का रहेछ ।

पालो वन्दीले गर्ने पुजा हुदा कार्तिक २२ गते ३।४ घडी रात गयेपछि मर्नेको घरमा सवै ज्वा भै ९।१० घडी रातमा खान पिन भै निस्कदा मेरो र मर्नेको भाइ कसिको झगडा भएको हो मर्ने संग मेरो झगडा भएको छैन सोनंको र निज्कै भाइ गंगेलको सो टायंमा झगडा हुदै थीयो सोनंको अर्को भाइ झेवाङको हातमा छुरी भएकोले र तेस पछि म घर आएकोले निजैले हान्यो होला भंने केही संका लाग्छ कसी भोटेले सिकाइ झुटा उजुर गर्न लगाएको हो भंने प्रतेवादी घलेको वयां रहेछ ।

सो कार्तिक २२ गते सोनांको घरमा पुजा भएकोले सवै जम्वा भएको थीयौ ९।१० घडी रात गएपछि घले भोटेको र सोनंको झगडा हुदा मेरो घरमा झगडा नगर भनी मर्नेले भन्दा घलेले नै छुरीले हानेकोले १६ दिं पछि सोनं मरेको हो म स्मेत मतियारा भएको हैन भंने समेत प्रतेवादी नेवां भोटेको वयां रहेछ ।

कार्तिक २२ गतेका राति वेपारको कुरामा मर्नेको झगडा हुदा छुट्याइ म घर गए भोली पल्ट सोनांलाई घलेले छुरीले हानेछ भन्ने सुनेको हो म मतियारा भएको हैन भंने अंगेल भोटेको वयां रहेछ ।

वुझिए सम्मका प्रमाणवाट घले भोटे सोनां भोटेको झगडा भएको सवैले देखेको र घलेले छुरीले हानेको भनी मर्नेले सवै सग गर्नको र सर्जमिंले समेत घले उपर संका गरेवाट देखाई लेखिदिएका मर्ने सोनं छिरिङलाई यो परिवंदवाट यस्ले हानी मारेको भंन निज घले भोटेले नसकेको हुनाले निज घले निर्दोसि भंने नभै मर्ने स्वनं छिरिङ घले भोटेकै छुरीको चोटवाट मरेको ठहर्छ निज घलेलाई ज्यान संवंधिका २५ नं ले ज्यान सजाय हुनेमा दंड सजायका ९० नं ले दामल हुनेमा अंस रोक्का राखि झेल सुधारका अैंन वमोजिं कैद वर्ष २० गर्ने मंगले भोटे छेवां भोटे उपरको हक्मा सरजमिनहरू स्मेतले संका लाग्दैन भनि लेखि दिएकोले मतियारा ठहर्दैन थाक अदालतको ०९।७।१९ को जाहेरी फैसला रहेछ ।

प्र. घले भोटेले कसुर नगरेको भए झेल खानवाट भाग्न नपर्ने निज २ पटक संम झेल वाट भागेको देखिनाले निज कसुरदारै ठहर्ने अंगेल छेवांलाइ सफाइ दिएको समेत इन्साफ सुरूकै मनासीव भंने पाल्पा अपिलको जाहेरी पैसला रहेछ ।

साधकद्वारा पेस हुन आएको यो मुद्दा वुझ्दा घले भोटेले छुरीले हानेको भंने भर्नेले भनेको भनी कसुरदार ठहराएकोमा अपिल दि इनकार गर्न नसेकेको समेतवाट पाल्पा अपिलले ०९।१०।१४ मा जहेर गरेको इन्साफ मुनासीव पुर्व २ नं इलाका पवली पहरी अर्क वस्ने रामप्रसाद थपलीयाको र सोही ठाउ वस्ने मायानाथ थपलीयाको ज्यान मुद्दामा जेल सुधार योजना वमोजिं मायानाथलाइ २० वर्ष कैद गर्ने दामल गर्ने हकमा लाल मोहोर वक्साउन अैं वमोजिं को नियमावली वनी नसकेकोले निकासालाई उसवखत जाहेर गर्नु भंने ०१०।३।३०।२ मा फुल वेञ्चवाट मुदा फैसला भएकोले येस्मा पनि कर्तव्य गरी मार्ने घले भोटेलाई जेल सुधार योजना वमोजिं २० वर्ष कैद गर्न दामल खोजने हकमा लाल मोहर वक्साउने अैं वमोजिंको नियमावली वनी नसकेकोले निकासालाई उसै वखत जाहेर गर्नु भनी मिसिल थाक अदालतमा पठाउन पाल्पा अपिलमा पठाइदिनु ।

 

                     प्रधान न्यायाधिस

इति सम्वत् २०१० साल भाद्र २९ गते रोज २ सुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563