निर्णय नं. ४४० - घुस
अभिलेख दर्ता नं. ४४०।२०१०
दे नं. १९१/९४
नेपाल प्रधान न्यायालय सिंङ्गल बेञ्च
साधक नम्बर ९४
मुदा घुस
वादि प्यारे बनिया देऊखुरी ७ गाउँ मौजे पचैया
घोराही ठानाको हाकिं फत्ते बहादुरस्मेत
ईजलास
श्रीमाननिय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एमए बिएल
आदेश
येस्मा मोगलानिया भगवति वनियाको स्वास्नी छवि वनियाईनलाई मैले स्वास्नी तुल्याई घर लगी राषेकोमा देउँखुरी घोराही ठानाका सि अवदुल गफुर मुसलमां स्मेतले ०८ साल जेष्ट १३ गतेका दिं भगौनि वनियाले उंजुर गरेको भनि पक्री अडामा लगेपछी कंरु ६०० रुपैञा दिये छुटीजान पाउँछस भनी घर आएको मौका भगौतिले कंरु १००० दिन्छु दिलाई देउं भनेछ र श्र्व रुपैञा घुस लिने छविलाई दिने भै श्र्व अडावाट सि अवदुल गफुर स्मेतको ४ जना सिपाही र भगौति स्मेत जेष्ट १४ गते पक्राउं गर्न आयेकोले म भागेको र रु ६०० वंदोवस्त गरीदिन जादा तिमिसंग रुपैञा लिन्न रु १००० तिम्रो झगडीयावाट आउंने भयेको छ तिमिले स्वास्नि पाउदैनौ भनी ठानेदार फते बहादुरले भनेको श्र्व १४ गते राति मलाई पक्रन जादा म भागी येसतर्फ आयेकोले स्वास्नि पनी लगेहोलां भन्ने संषावाट पत्ता लगाई पाउँ भंने विंतिपत्र दर्ता गरी घर गै वुझदा घरमै रहीछ मेरो सामेंनेमा घुस दिये लियेको हैन कुराकानि भयेको सम्म था भएवाट लियकैहोला भन्ने संझी लेखेको हु देषेकी छैन भन्ने वादीको उंजुरी वञ्यां रहेछ।
प्रतेवादी देउंखुरी घोराही ठानाका हाकिं पत्ते बहादुरले ०८।२।३१ मा तामेल भयेको म्याद गुजारेको रहेछ।
वादिले ०८।४।१७ गतेको तारेख गुजारी वसेको यस मुदामा बुझीयेसम्मबाट घुस मागेमा सवुद प्रमाण स्मेत नदी निज फत्तेबहादुरलाई सावित गराउँन नसकेको वाहालवाला ठानेदारलाई घुस ष्वाउंन गयेको सिध्द् भयेकोले अवं २७९ नं ले ष्वाउंन गयेको ६०० को अधि रु ३०० डंड हुन्छ झुटा उजुर गरेवापत मुखत्यारका तजविजले थप सजाय हुने भयेकोले कंरु १ देखि रु २० सम्म जरीवाना वा ७ दिंदेखि १ मैन्हासम्म कैद स्मेत तोकि आए वमोजिं थप सजाय गर्ने ठहराई ०९।३।३२।३ मा सुरु दांदेउखुरी गोश्र्वाराले जाहेरी फैसला गरेको रहेछ।
उजुरवालालाई अपिलको म्याद दिनु पर्ने दियेको नदेखियेकोले श्र्व अपिल्को म्याद दीयेको भये मिसिल सामेल राखि र नदियेको भये अैं सवालको रीत पुर्याई अपिल म्याद दिई अपिल परे अपिलतहबाट नपरे जाहेर गर्नु पर्ने भये उसै वषत जाहेर गरी निकासा दिनु भनि ९।८।१३ मा प्रधान न्यायालय चौथा फाटवाट पर्चा भै मिसिल जिल्लामा गै उंजुरवाला प्यारे वनियाका नाउंमा ०९।१०।२।५ मा अपिलको म्याद स्मेत तामेल गरी मिसिल सामेल राखि जाहेर गरेको रहेछ।
साधक तहवाट पेश हुन आयाको यो मुदा बुझदा येस्मा उजुरवालाले किन तारेख छाडेको रहेछ वादीवालाई स्मेत झीकाई ठहराई जाहेर गर्नु भनि यो मिसिल वुटौल अपिलमा पठाई दिनु।
हरिप्रसाद प्रधान न्यायाधिस
ईति सम्वत् २०१० साल भाद्र २९ गते २ सुभम्