• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४१ - जगा

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/३० १०७

अ नं 441/2010

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

अपिल् नं ८२६


अपिलाट- मोहनसिंह गुरुङ प ३ नं लम्जूङ मौजे चौथरमथ्ये मंजी.... बस्ने  (प्रतिवादी )


विपक्ष-क .प मोहनबहादुर कवर ऐ मौजे सरांचोक (वादी)


जगा   मुद्दा

इजलास

श्रीमाननिय न्यायाधीश भगवतीप्रसाद सिंह राजपुत बि एसी बीएल्

फैस्ला

        यसमा जेठा बावु भीमसेनका नाउमा पूडकेके रु ।५२।२ र सोही गोडा लगाइ ९१ सालमा वावु वखान सिंका नाउमा विज पाथि।२ के तिरो रु १।५० लागी दर्ता भएको पधेरा खोला जमाने रिमालको विरौटोतामा खानीको भीर देखि पूर्व स्मेतका  किल्ला भित्रको ठुलो ज्हतेरीगुयाल तल्लो उपल्लो पैयू वोटे देउराली मनीको खोयाको पाखो च्यांहां डाडो स्मेतको ७ दर्ता जगा वनपाखा सनद भित्रको केरावारी वाटा मनी भन्ने जगा स्मेतको नाउ फरक पारी मोहन सिंले दर्ता गर्न दर्खास्त दिने अरु प्रतिवादी सरजमीं वस्ने गरी २००१।७।२८ गते घर द्वार मुचूल्का गरेछन र साविक दर्ता र सनदका किल्ला भित्रको हो भन्ने वावु वखान सीं ले कागज गरेछन ।वावु हिडडुल गर्न नसक्ने वृध्द र म सदरमा जागीरे हुनाले विन्ति चढाउदा देवानी पैलामा नालेस दिनु भन्ने तोक लागी आई तारेखमा रहेका थिञ्यू वखान्सीले म्यादमा नालेस नदीएकाले दर्ता र सनदको जगा ठहर्दैन मोहन सिंका नाउमा दर्ता गरीदीने भन्ने स्मेत गरी कुन्छा तहसीलवाट 03/3/5 मा मुद्दा छिनेकाले तेस्मा वावुको अपिल परी मैले तारेख लि राखेको मा 06/10/5 गते अपिल तेस्रा वाट 35 दिन भित्र नालेस गर्नु भनी पर्चा गरेकाले नालेस दिएको छु ।साविक दर्ता भोग को जगा र सनदको वंन जंगल स्मेत कायम राखी पाऊ भन्ने ०६/11/9 को फेराद पत्र रहेछ ।

    केरावारी जाने वाटामुनीको जगा सनद वाहिर नै च्हां डाडो दर्ता नभएको खोयाको पाखो केरा वारी पधेरा देखी पूर्व पट्टी बीफरे भिर भनी वेगलै छ ।सो दर्ता र सनदका किल्ला वाहेकको जगा म मोहन सिंका नाउमा दर्ता हुने सर्जमिन तामेल भै सकेपछि वादीको वावुले ३५ दिन भित्र नालेस नदी हक वेहक छुटयाई ल्याउला भनी कागज गरेको म्याद भित्र नालेस गर्न नसकेकाले कुन्छा तहसीलवाट प्रमाण वुझी अस्मती खोदा केरावारी जाने वाटामनी म मोहन सीं का नाउमा दर्ता गर्नेगरी 03/3/5मा फैसला भएपछि वखानसींको अपिल परेतापनि  म्याद भित्र नालेस नपरेवाट छलफलमा हार्ने भै म्याद थमाउने परीपाटी मिलाई अपिल नपर्दै १३ सालमा परेका विन्तिपत्रवाट अैंले म्याद नाघिसकेपछि ४ वर्ष बाद हाल पर्चा खडा गरी थामीनै नसक्ने म्याद थामी कार वाई चलायको मुदा खारेज हवस इन्साफै हुन्छ भने पनि वादी अपिलको तारेखमा मात्र रहेको र वितिपत्रको तारेखमा समेत रहि छुट्टा छुट्टै तारेक लिएको छ छैन कैफियत वुझी सरजमिं मुचुल्का स्मेत कायं राखी जगा म मोहन सीं कै दर्ता कायं राखी पाऊ भन्ने जि. मु.ले पृथ्वीमानको वारेस र आफ्ना हक्मा स्मेत मोहन सिंको 07/5/13 को प्रतेवादी रहेछ ।

    नक्सा र प्रमाणको  फैस्ला नक्कलवाट प्रतेवादीले दर्ता गरी पाउ भनेको जगा वंपालासनदका  किल्ला वाहेकको देखि न आएको र च्यायाहांन डाडो  दर्तै नदेखियाको अरु ज्गा वेगल देखीनाले वादीले झुट्टै उजुर गरेको ठहर्छ भंने स्याङ्जा अदालतको 08/3/3 मो फैस्ला रहेछ ।

प्रमाणको मिसिल नवुझी फैस्ला गरे दर्ता र सनदको ज्गा अंत भय ४ किल्ला खुलाईलेखनु पर्थ्यो दर्खास्त मध्यको २ कित्ता संधी सर्पन ठहरेमा अपिल नपरेवाट दर्खास्त झुट्टै देखीयेको छ प्रमाणको मिसील स्मेत झीकी वुझी पाऊ भन्ने मोहन बहादुरको  अपिल जीकीर रहेछ ।

    कुन्छा तहसीलवाट ०३।1/16 गते गरेका नक्सावाट दर्ता मा लेखीएको खोपाको भीरपाखो जगा झगडा परेकै जगामा मिल्न आएकाले सो १ कित्तामा प्रतेवादीले दोहरा दर्ता  गरेको र तेस्मा सुरुले गल्ती इन्साफ गरेको ठहर्छ ।तेसको लागत काटीदीने अरु इन्साफ सुरु अदालतको सदर छ  भन्ने अपिल तेस्रा फाँटको 09।6।21 को जाहेरी फैसला रहेछ ।

दोहोरो नक्सा गर्नु नपर्नेमा दोहोरा नक्सा गरेको र वादी को विंतीपत्रवाटै मुद्दा  खारेज हुनु पर्ने भंने स्मेत मोहन सिं को अपिल जीकीर रहेछ ।

 एस्मा तारेखमा रहेको अपिललाट मोहन सिं गुरुंलाई स्मेत राखी पेश गरेको यो मुद्दा वुझ्दा झगडा परेको जगा मध्ये अरु जगाका हकमा झगडियाको अपिल परेको नदेखीनाले त्यसतर्फ केही विचार गरिरहन परेन खोपाको पाखो भंने १ कित्ता जगाका हकमा प्रतिवादीले दोहोरो दर्ता गरायेको ठहराई अपील तेश्राले फैस्ला गरेउपर प्रतिवादीको अपिल परी आएकोले अपिल जीकीर स्मेत लाई वीचार गरेमा मीसील सामेल रहेको दर्ता उतार हेर्दा वादीको बावु वखान्सीका नाउमा ठुलो गहतेरो विफरेकोतल्लो  उपल्लो गरी पाथी ।१।र खोपाको पाखो विपर पैञ्यूंवोट गरी पाथी ।१।स्मेत२ कलं दर्ता भएको देखीन आएकोमा नक्सा हुदा सो खोयाकोमा खोपाको पाखो भन्ने जगा विफरे खोल्सी छेउको हो भनी प्रतेवादीले अन्तै देखायकाले तेही होकी भन्नालाई सो थाऊ वनपालाका सनद को किल्ला भित्र पर्ने देखिएकाले प्रथमत वंपाला का सनदका किल्ला  भित्र जगा दर्ता भया हो भंन सकने नहुने र नक्सावाट वादीको कर्को दर्ताको ठुलोगह तेरी तल्लो उपल्लो भन्ने २ कित्ता जगा केरा वारी अर्मले जानेगोरेटो  नजीक संग संगै देखीन  आएकोले अर्को दर्ताको खोपाको पाखो र पैञावोट भन्ने जगापनि संसंगै हुनुपर्नेमा प्रतिवादीले खोपाको पाखो भनि देखायका ठाउमा पैञा वोट भन्ने जगा भए सो नक्सावाट देखिन नआई वादीले खोपाको पाखो भनि देखायका ठाउमानै पैञावोट भन्ने जगा भएको देखीन आएकोले सो खोपाको पाखो भंने जगा प्रतिवादीले देखायेको ठाँउको नभै वादीले देखायका ठाउकै रहेछ भन्ने विस्वास मान्नु पर्ने भएको र फेरी तेसमा अर्को प्रमाणीक कुरा के भने यो मुद्दा पर्न भन्दा अगावै २ सालमा परेको मोहन सीं गुरुङको र वखानसीं कवरको जगा मुद्दामा पोखरा तह सील्वाट नकसा हुदा हाल वादीले देखायेको खोपाको पाखो छेउको जगालाई अस्मती खोपा भीरपाखो भंने जनीई नक्सा भएको र सो नक्सामायो अपिलाटले स्मेत स्ही छाप गरेको कुरा प्रमाण नीमित्र आएको सो मुद्दाको मीसीलवाट देखीन आएको भै खोपाको पाखो र खोपाको भीर पाखो भन्ने नाउ पनि करिव करिव मिल्न आएको हुदा त्यस वाट पनि खोपाको पाखो भन्ने जगा वादीले देखायेका ठाउकै सिध्द हुन आउने र दर्ता पनी प्रतीवादी को भन्दा वादीकै अगाडीको देखीन आएकोले वुझिए सम्मको प्रमाण परीवन्द  र अरु अपिल तेश्राका फैस्ला मा लेखीएका वुडा स्मेत वाट वाँकी सो खोयाको पाखो भंने जगा प्रतिवादीले दोहोरा पारी दर्ता गरेको ठहरायको अपिल  तेश्राको ईन्साफ मुनासीव  छ । इन्साफ पारी छीन्ने हाकीं उपर पैलो अपील गरेमा सुरु दण्ड मो रु १।१० को हा.का. १० नं ले सैक्रा १० ले मोरु ।११ पैसा थप दण्ड हुन्छ रुजु हुदा अ.त.दे फाटमा लगत दी मिसील अपिल तेस्रा फाटमा वुझाउन मिसील विभागमा बुझाई दिनु । सो दोहोरा दर्ता भएको जगाको पल्लो लागत काट्न विभागीय अडालाई आदेस दिने ।

भगवतीप्रसाद सिंह

न्यायाधीश

इति सम्वत् २०१० साल भाद्र ३० गते रोज ३ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563