निर्णय नं. ४४२ - अर्को लेषत गरी पाउ
साल: २०१० महिना: भाद्र
फैसला मिति
:२०१०/०५/३० ९७
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
मु. नं १०८१
मुद्दा अर्को लेषत गरी पाउ
अपीलाट् सप्तरी मट्टीसोना मौजे गंभरीया बस्ने वासुदेव राउत ग्वार
ऐ मसहनी बस्ने बलदेव दास
इजलास
श्री माननीय न्यायाधीस भैरवराज पन्त पाध्या
फैसला
येस्मा यो मुद्दा बुझ्दा अपीलाट् बासुदेवको वारेस जयेलालले १० साल आषाड १६ गतेको तारेष तेश्रा पटक पारी गुजारी बसेकोमा अर्जी दरषास्त र बींतीपत्र दी थमायेको स्मेत मीसीलबाट नदेखीदा सो अपील अ वं २२६ नं को अैं ले दायेर रहन नसकी डीसमीस हुने हुने हुदा अपीलाटलाई डंड सजाये गर्नु पर्छकी भंनालाई अघी ९ साल मार्ग ४ गते पनी तारेष छाडी डीसमीस गराई उसै वषत डंड भै सकेको डीसमीस फैसलाबाट देषीदा हाल केही गर्नु पर्दैन मीसील मीसील फाटमा बुझाईदीनु
न्यायाधीस
ईती संवत २०१० साल भाद्र ३० गते रोज शुभं