• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४३ - घुस खाइ झुट्टा सरजमीन मुचुल्का गरे

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/३० ११०

443/2010

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

अनं ३१८


अपिलाट- वादी बागलुं पर्वत मौजे पाङखरीबोट बस्ने टंकनाथ पाध्या

 विपक्ष- प्रतेवादी बागलुं पर्वत मौजे पाङखरीबोट बस्ने रीषीराम पाध्या


मुद्दा - घुस खाइ झुट्टा सरजमीन मुचुल्का गरे

इजलास

श्री माननीय न्यायाधीस भैरवराज पन्त पाध्या

फैसला

           येसमा मेरा हकका जगा प्रतेवादी रीषीरामले खेत दर्ता गरेमा मेरो नाले सपरेकोमा नकसा सरजमीन हुदा 7/3/22 गते नाता पछेका मानीस वोलाई वोका काटी सरजमीनलाई सीखार भात खुवाई भोली पल्ट प्रतेवादी को हुदो सरजमीन गरेकोले मो रु २५। विगो सरकार दाखेल गरी सरजमीन मुचुल्का वदर गरीपाउ भन्ने येकनाथको वादी ।

      वादीले दावी गरेको जगा म रीखीरामले निमा स्मेतवाट राजीनामा कुटदीप स्मेतवाट खुट्टा पट्टा गरी लीयेको र मेरा हकको स्मेत  जगामा पानी हाली खेत अवाद दर्ता भयेकोले अइनले नाता सनहे नलाग्ने सरजमीनका मानीसले साचो वेहोरा नक्सामा खुलाई मुचुल्का  गरी दीयेका हुं मासु भात खाई झुट्टा मुचुल्का गरेको छैन बादी झुट्टा हो भन्ने  रीखीराम स्मेतको प्रतेवादी

झगडीयाले पदेखने गरी मासु भात खान दीये होला भन्ने  पत्यार नपर्ने झुट्टा मुचुल्का गरे भन्ने तर्फ जग्गा मुदावाट तैकात हुने हुदा वीचार गर्नु नपर्ने ठहराई 8/8/12 गते वागलुं अदालतले फैसला गरेको ।

    इन्साफ मनासीव गरी 8/12/14 गते पालपा अपीलले फैसला गरेको रहेछ ।

सो इन्साफमा चीत्त वुझेन भन्ने टेकनाथ पाध्याको अपील परेको ‍यो मुदा अपिलाटको वा  जोगराज जैसीलाई राषी वुझ्दा येही वादी टेकनाथ को र रीखीराम स्मेतको जगा दर्ता वदर मुद्दामा अइन को रीत नपुगेको नासींदार साछी ज्मदार भै गरेको नक्सा अइन सदर गर्न नहुने हुंदा अर्को नक्सा गर्न पठाउनेगरी आजैका मीतीमा आदेश भएकोले आदेश वमोजीम नकसा हुन जाने  हुदा सो सरसजमीन वेरीतको भै वदर हुने भयकोले सोही सरजमीन मुचुल्का वदर गरी पाउ भन्ने यो मुदा वाट तैकात गरी रहन नपर्ने हुदा खारेज हुने ठहर्छ सो नक्सा सरजमीन वेरीतको भै वदर  वदर भयकोले कसैलाई केही गर्नु पर्दैन सुरु र अपिलका फैसलाले गर्ने गरेको तपसील  वमोजींका तहसीलमा दी मीसील प्रधान न्यायालय मीसील फाँटमा वुझाई दीनु ।

तपसील

वादी येक नाथ पाध्या के वागलुं अदालतका  8/8/12 का फैसलाले गर्ने गरेको  दंड मो रु 12/50 नलाग्ने हुदा असुल भये फीर्ता नभयेको लगत काटी दीनु भनी वागलुं अदालत लाई लेखी पठाउन तपसीलमा लगत दीने ।

नीज येकनाथ पाध्याके पालपा अपीलका फैसलाले थप गर्ने गरेको 8/12/14  का पालपा अपिलका फैसलाले गर्ने गरेको ७/१२/14का पालपा अपिलका फैसलाले गर्ने गरेको डंड मो रु 1/25 नलाग्ने हुदा असुल भये फिली नभये लगत काटी दीनु भनी पालपा अपीललाई लेखी पठाउनु----

भैरवराज पंत

न्यायाधीश

इती सम्वत् २०१० साल भाद्र ३० गते रोज ३ सुभ्म

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563