निर्णय नं. ४४४ - सेपर ट्रान्सफर गरी पाऊ
अभिलेख दर्ता नं.4४४/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.४८७/४५ नि.नं.....
नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च
मुदा नं ४३, ४८
मुद्दा सेपर ट्रान्सफर गरी पाऊ
अपिलाट ल.पु.ई. सान्तभबन बस्ने श्री मे.ज. सान्त शम्सेर जं.वा.रा. (वादी) १
ऐं टुंबाहाल बस्ने प्रतेबादी बेदकृष्ण १
ऐं ऐं बस्ने गणेसलाल ऐ १
बिपक्ष ऐं टुंबाहाल बस्ने बेदकृष्ण श्रेष्ट १
ऐं बस्ने गणेसलाल श्रेष्ट १ स्मेत
इजलास
श्री माननिय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्री
श्री माननिय न्यायाधीश भगवतिप्रसाद सिंह बि.ए.सी.बि.एल
फैसला
विराटनगर गणेस राइस मिलको जिन्सी रु.१० दर्को सेयर कित्ता ४००० वेदकृष्ण गणेसलालले ४०००० रुपैञ्यामा लेखत गरिदी प्रमाणपत्र पछि दाखिल गर्ने छु भनि बिक्रीको कागज ०६।४।३० मा गरिदिएको आजसंम पनि सेयर ट्रान्सफर गरिनदिएकोले ट्रान्सफर गरिपाउ भन्ने मे.ज.सान्तसम्सेर जं.बा.रा. को वा.ख. भुवनेश्वर उपाध्याको बयान भएको ।
सेर ट्रान्सफर गरिपाउ भनि मे.ज.सान्त शम्सेर जं.ब.रा.को तक्मा मे.ज. सुरेन्द्रशम्सेर ज.बा.रा.बाट उदोग परिषदमा उजुर गर्दा उद्दोग परिषद्मा उजुर गर्दा उदोग परिषद्ले मलाइ बुझदा मैले रुपैञा नपायकोले सेयर ट्रान्सफर गरिदिन मंजूर छैन गरिदिन नपरोश भनि बिन्तीपत्र दियबाट सेयर ट्रान्सफर गरिदिनुनपर्ने भनि उद्दोग परिषदबाट फैसला भएकोले यो मुदा दायर हुन नसक्ने हुदा खारेज गरिपाउ भंने वेदकृष्णको बयान ।
सेरको लेखत भयो भनेको ०६।४।३० मा म नेपाल जनरल साहेब देरादुन, छोरा वेदकृष्ण वीराटनगर भै ३ जना ३ तिर भएकोले ४०००० रुपैञा तिरी लियको भन्ने दावा झुट्टा देखिएको र विक्रीको कागजमा मैले सहिछाप गरेको नभएको र सहिछापको मसि पनि फरक भएकोस्मेतबाट जालसाजि कृर्ते भन्ने देखिएकोले मेरो सहिछाप होइन बेदकृष्णको हक्मा म ठहराइ भन्न सक्दीन छोराको हस्ताअछेर रहेछ भने पनि छोराले बिक्री गर्दैमा मेरो हक जाने होइन भन्ने गणेसलालको वारेसद्वारा बयान भएको ।
बुझियसम्मका प्रमाणबाट सेर बिक्रीको कागजमा जानिबुझि गरेको सहिछाप अ.वं.३४ नं. का ऐंले रुपैञ्या नलिएको भएपनि कागज सदर हुने हुदा लेखतबमोजिमको सेर ४००० वादिका नाउमा ट्रान्सफर गरिदिनुपर्ने ठहर्छ भनि सदर जङ्गी कोतवालीले फैसला गरेकोमा ।
तेसउपर वेदकृष्णस्मेतको अपिल परिआएकोमा सेर बिक्रीको लेखतको सहिछापसङ्ग गणेसलालको सहि मिलेकोले जानिवुझी गरेको सहिछाप अ.बं.३४ नं का ऐनले सदर हुने र लेखतमा रुपैया दिञे लिञे भन्ने नभएकोले र प्रतेबादीले रुपैञ्या लिनुपर्ने बाकि छ मे.ज. सान्तसम्सेरको दष्खत छ पेस गर्छु भनि वेदकृष्णले दिएको बिन्तीपत्रवाट देखिन आएकोले स्व नपायतर्फ ऐनबमोजिम उजूर गरि रुपैञ्या पाउने डिग्री फैस्ला भएपछि ट्रान्सफर गरिपाउ भनि उजूर गरेका बखत ठहरेबमोजिं हुने ठहराई अपिल दोश्रा फाटले फैसला गरेको ।
येस मुदामा वादी, प्रतेवादी दूवै थरको अपिल परि आएकोबाट बुझदा विराटनगर राइस मिल्स लिमिटेडका मैनेजिङ् डाइरेक्टर वेदकृष्ण गणेशलाल श्रेष्टले भाइ सान्तसम्सेरलाइ बिक्री गरि दिएको सोही मिलको सेयरमध्य १० दर्को साधारण सेयर कित्ता ४००० ट्रान्सफर गरिदिनुपर्नेमा गरिदियनन् सो सेयर निजहरूबाट ट्रान्सफर गरि पाउ भनि मे.ज. शान्तशमशेरका हक्मा मे.ज. सुरेन्द्रसंशेरले उदोग परिषदमा उजूर गर्नुभएकोमा उक्त परिषदद्वारा विपक्षी वेदकृष्ण श्रेष्टलाई झिकाई सोधनी गर्दा सो बिक्री गरेको सेयरको दाम नपायकाले ट्रान्सफर गरिदिन मञ्जूर छ छैन भनि वेदकृष्णले टोटेली इन्कार गर्नुभएछ र सोही कुराको युक्ती राखी दाखिल खारिज गरिदिनुपर्ने वेपक्षीले यसरी इन्कार गरेपछि दाखिल खारेज गरीदीनुपर्छ भनि कर लगाउन नभएकाले यसका निमित्त मे.ज. सान्तशमसेर बुबाले प्रमाणसहित कोर्टमा केस फायल गर्नु पर्ने अवस्ता परेको हुदा इनफर्म गरेको छु सान्तशम्सेर बुबालाइ सोही बमोजिं जनाउ दिनुहोला भनी उद्दोग परिषदका डाइरेक्टर डाइरेक्टर श्री मे.ज.विजय शमशेर जङ्गबहादुर राणाले सुरेन्द्रशम्शेर जं.बा.रा.लाई लिखित जनाउ दिनुभएपछी मे.ज. सान्तशम्सेर जं.बा.रा. ले हुकुंको प्रमांगी गराइ सदर कोतवालीमा दायर गर्नु भएको यस अभियोगमा विपक्षी वेदकृष्ण श्रेष्टले बयान दिदा बाबु छदै मैले बिक्री गर्न नहुने र मैले रुपैया लिएको समेत छैन भनि उदोग परिषदमा कागज गरिदिसकेको हुँदा यो मुदा खारेज गरिपाउ भन्ने जिकीर गर्नुभएकाले प्रथम यो मुदा चलन सकने नसकने के ही र यस्मा भएका कारवाहीहरू नियम अनुकुल छं छैनं सो विषयको समालोचना भै उजूर उपयुक्त ठहरेमा मात्र सेयर ट्रान्सफर गरिदिने विषयमा उचित निर्णय दिनुपर्ने हुनाले यस्मा मुख्यतया उजूरको समालोचना नै प्रमुख विषय हुन आएको र विचार गर्दा बादी श्री शान्त शमशेरले अघी दाजु श्री सुरेन्द्रसमशेरद्वार उदोग परिषदमा जुन प्रकारको उजूर दिनुभएको स्वही प्रकारसग अर्थात् केवल वेदकृष्ण गणेशलालहरूले बिक्री गरी दिएको सेयर ट्रान्सफर याने दाखिल खारेज गरी पाउ भन्ने कुरामात्र ली उजुर दिनु भएको छ । बिपक्षीले सेयरको दाम पाएको छैन भनी टोटली इन्कार गरेबाट अघीका र पाएका उदोग परिषदका अध्यक्षले प्रमाणसहित कोर्टमा केश फायल गर्नु पर्ने" भनी सुनाए पछी रूपैञ्या दिएको हो भन्ने कुरालाई नै मुख्य स्थान दी उजुर गर्नाको बहुतै आवस्यक थियो, किनकी सेयर ट्रान्सफर गरी पाउ भन्ने कुरा त अघिल्लो ऊदयोग परिषदका उजुरमा पनी लेखिदिनु भएकै थियो किन्तु तेतिबाट मात्र ट्रान्सफरको अङ्ग नपुगेको अर्थात रूपैञ्या दिए लिएको कुरा प्रमाणित नभए सम्म दाखिल खारिजको कारबाही हुन नसकने संझी उदग परिषदबाट कोर्टमा केश फायल गर्नु भन्ने आज्ञा दिएपछी प्रथमत स्व कुरामा चित्त नबुझे उदोग परिषद उपर अपिल उजूर गरी सो आज्ञा बदर गराउन सकनु पर्थो परन्तु सो मार्ग अवलम्वन नगरी अर्को उजुर दायर गर्नु भएपछी उदग परिषदको निर्णयमा चित्त बुझाउनु भएको रहेछ भन्नु पर्यो । तेसरी चित्त बुझेपछी उक्त निर्णय अनुसार मुख्य रूपैञ्या दिए लिएका कुरालाई नै प्रमुख स्थान दी अभियोगको पूर्व इतिहास समेत देखाइ यस्तो बिषयमा निर्णय दिने अधिकार पाएका अदायाने विभागिय अदालतमा उजुर दायर गर्नु पर्थ्यो अथवा प्रमाङ्गीद्वारा सदर कोतवालीमा नै कारबाही चलाउनु भएपनी मुद्दाको पूर्व ब्रितान्त खोली उदोग परिषदका निर्णय अनुसार उजुर गरेको हुं भन्ने कुराको समेत उल्लेख गरी उजुर दिनु भएको भए मात्र यो ऊजुर उदोग परिषदका आज्ञानुसार दायर भएको रहेछ भन्नु पर्थ्यो परन्तु उपर्युक्त कुराहरू केही नदेखाई केबल सेयर ट्रान्सफर गरी पाउ भनी नया कुरा सरह सामान्ने रूपले उजूर गर्न भएको हुंदा अव्वलत यो उजूर उदोग परिषदका आज्ञा अनुसार दायर भएको रहेछ भन्न विवाद पर्न जाने र उस्मापनि उजूर दायर गर्दा सवालले लाग्ने कोर्टफी पनी दाखिल गर्नु पर्थो ............ तेस विषयमा पनि नलिनु भन्ने प्रमाङ्गी गराउनु पर्थ्यो । किनकी कोर्ट फी सवालको ११ दफामा उजुर गर्दा कोर्टफी दाखिल गर्नु पर्छ नगरे मामिला चल्न सक्नै नभये कुरा प्रष्ट रूपले उलिखित छ । कोर्टफी दाखिल नगर्नु भएकोले यो मुद्दामा कोर्टफी सवालको विधी पुगेको रहेनछ भन्नु पर्ने र दोश्रा प्रमांगीका निमीत्त विन्ती गर्दा रूपैञ्या दिसकेको छु भन्ने कुरा पनि विन्ती गर्नु पर्थ्यौ; परन्तु प्रमाङ्गीबाट सो कुरा विन्ती गर्नु भएको पनि देखिदैन । माथि उल्लेख भएनुसार पछि मुद्दाको पूर्व बिबरण देखाइ उद्दोग परिषदका निर्णय अनूसार रूपैञ्या दिए लिएकै कुरालाइ नै प्रमुख स्थान दी कोर्टफी पनि दाखिल गरी न्याय पाउनु पर्ने सवै कुरा खुलाइ उजुर गर्नु भएको भए उजुर नगरी पुन: सेयर ट्रान्सफर गरी पाउ भनी प्रमाङ्गीद्वारा कोतवालीमा कार्वाइ चलाउनु भएकाले यो उजुरलाइ अघिल्लाो उदोग परिषदमा दिएका उजूरको दोश्रो आवृत्ती सिबाय अर्को थोक भन्ने ठाऊ पाइएन । यसरी दोहरो उजूर गर्नु भएकाले यस मिसिलबाट बादीका मागको निर्णय गर्ने बाटो नै रोकीयो । यस्मा प्रतेबादी बेदकृष्णले पनी मुद्दा खारेज गरी पाउ भनी बयान गर्नु भएको र विपक्षीका तर्फबाट बहस गर्न आउनु भएको श्री एटर्नी जनरल र अरू अधिबाचकहरूले पनी सोही अर्थात कोर्टफी दाखिल नभएको र रूपैञ्याका ऐ ....... गरी पाउने विषयको उल्लेखसमेत नगरी केवल सेयर ट्रान्सफर गरी पाउ भनी दोहोरो उजूर दिनु भएकाले कानुनी नियमको प्रतिकुल दायर भएको यो अभियोग अ.वं.११० नम्वरका ऐन वमोजिम खारेज हुनुपर्छ भन्ने कुरामा नै ज्यादा जोरदी बहस गर्नु भएको र माथी लेखिएका अनुसार कानूनी विधीहरूको त्रुटीहरूस्मेत देखिन आएकोले वहाहरूको त्यो दलिल अनुप प्रक्त ....... भन्न पनि भएन, तेसो हुनाले उद्दोग परिषदका आज्ञा जसलाइ की बादीस्मेतले स्वीकार गर्नु भएको छ श्वै अनुसार अर्थात उदोग परिषदमा प्रतेबादीले टोटेली इन्कार गर्नु भएको सवै कुरा खण्डन गरी आफुले न्याय पाउनु पर्ने कुराहर पनी प्रष्ट खुलाइ उद्दोग परिषदको निर्णय र ऐन सबाल बमोजिम विभागिय अदालतमा उजूर गर्नु भनी बादीलाई सुनाइ यो मिसिल खारेज गरिदिनु पर्ने ठहर्छ । मिसिल खारेज भएकाले त्यस तर्फ बादीलाई सजाय दिनु पर्छकी भन्नालाइ अर्को उजूर दायरगर्नु पर्ने ठहरी खारेज भएकाले यसबाट केही गर्नु परेन । मिसिल प्र.न्या.मिसिल फाटमा बुझाइ दिनु ।
न्यायाधीश न्यायाधीश
ईति संवत् २०१० साल भाद्र ३० गते रोज ३ सुभम् ।