निर्णय नं. ४४५ - कमिनिष्ट प्रचार गर्यो भंने
अ द नं ४४५/2010
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
साधक नं १३
मुद्दा कमिनिष्ट प्रचार गर्यो भंने
वादी विरमां तामाङ उदयपुर भांटाबारी डुम्रे ------
प्रतेवादी पंचवीर तमां हरदेवा सुनार स्मेत ऐं रांपुर दगले-----
इजलास
श्री माननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम ए बि एल
फैसला
यस्मा पंचवीर तमाङ— 1हरिप्रसाद तमाङ-1 रामि लामा तमाङ -1 विरलाल तमाङ्ग-1 कितापक्षीं तमाङ 1 मां वहादुर तमाङ १ स्मेत ११ जना मिलि मुगलां वदनिया जिल्ला वस्ने कंनिष्ट हरदेवा सुनार लाई ०८ साल जेष्ठ मैना देषि आफ्ना गाउ घर झीकाई भाँडा टाल्ने निउ गरी राषि निजहरु ११ जना र हरदेवा सुनार समेत भै रांपुर उदयपुर स्मेत क गाउ गाउमा गै तपसिलमा लेषिएको जवांहरु स्मेत कंनिष्टको मेंवर वनाउने चंदा लिने स्मेत गरेको ऐ फागुण २९ गते व्यापाएकोले जाहेर गरेको हु हर देवा सुनार स्मेत १२ जना र निजहरुको भनाइमा लागी कंनिष्टको मैम्वर भै प्रचार गर्ने तपसिलमा लेषियाको किस्ने तमां स्मेत लाई पक्री अइन सवाल वमोजिं कारवाही गरीपाउ भन्ने स्मेत व्यहोराको वादि विरमां तमाङको उजुरी रहेछ ।
सप्तरी कसाहा वस्ने विसंदेव कायस्तले कंनिष्ट हुनुपर्छ भनी म संग रु २ चंदा ली अर्धकटी दी अव मै सरहको निडर भै कां गर्नु पर्छ भनी मलाई साथै अडा इलाका श्री देनी धाममा लगी उलयपुर वर्रे वस्ने अम्वर वहादुर षड्का छेत्री स्मेत कंनिष्ट को मैवर भै हामी ३ जना यो जिल्लामा कंनिष्ट प्रचार गर्ने सल्लाह गरी श्रवधाममा गयेका उदयपुर सिंपाटा र चिलाउने वस्ने नर वहादुर षड्का छेत्री लाई सल्लाहामा लिदा कंनिष्टमा काम गर्न मंजुर भयेकोले निजलाई सो लिंपाटार तर्फको मानीस लाई कमिनिष्टको मैम्वर सदस्य वनाउन पठाई निज विसुंदेव आफु घर तर्फ गयेकोले म र अम्वर वहादुर उदयपुर तर्फ आई सुग्रे वस्ने षड्ग वहादुर कार्की छेत्री लाई कंनिष्ट प्रचार गर भनि भन्दा मंजुर गरेकाले निजलाई श्वप्रचार गर्न अराई सुग्रे वस्ने मगर मुखिया-1 निजको भाई १ ऐ वस्ने ४ जना वाहुं स्मेत लाई सदस्य वनाई उदयपुर मालडाडा वस्ने वाजीरमां जमिलाई समेत सदस्य वनाई तहावाट अम्वर वहादुर उदयपुर तर्फ र म रामपुर तर्फ गै गाडा टाल्ने निउ गरी पंचवीर तमाङ्ग स्मेत ११ जना र भैरवी प्रसाद स्मेत ८ जनालाई प्राइभेट द्धारा कमिनिष्ट प्रचार गर भनी साथमा भयेको प्रचार गर्ने पर्चा स्मेत देषाइ म मैवर वुक ली आउछु भनी श्वकाम गर्ने अडर दीयेको छु मैले मैवर वनाये जतीको नां लेषिदियेको छु किस्ने तमाङ्ग स्मेत ९ जनालाई मैंवर वन्नुपर्छ भनेको छैन अरु संग षाली कंनिष्ट प्रचार गर्र्ने र मैंवर वनाउने मात्र कुरा भो नरवहादुर संग कंनिष्टको प्रचार गरि पव्लीक हात लिन सकिन्छ के ठुला ठालु लिडर हुन पायेमात्र मांलांन भंने छैन सवैलाई लीडरको कां लगउन आदर छैन भन्ने कुरा गर्दा यस जिल्लामा म वाहेक अरुलाई लिडर वनाउनु पर्दैन गरीव जती तेसै हात आउछन पुजिपती हात नआय मेरो साथमा डाका गर्ने 50/60 जना छं पुजिपतीको सम्पती डाका गराई लिंछु भन्ने कुरा गरेकोहो यो कमिनिष्ट कांमा हिडने गरेको यो साल माघ मैन्हा देषि हो भन्ने स्मेत व्यहोराको हरदेवा सुनारको वयान रहेछ ।
०७ सालको आन्दोलनमा संसेर वहादुर स्मेतले मलाई साथमा ली कांग्रेसी वनाई चंदा उठाउदै हिडदा किर्तिमांन तमाङले म स्मेत उपर इवि लिराषेको हुनाले हरदेवा सुनारलाई र विरमां तमां स्मेतलाई उठाइ पोल्ने पोलाउने गरेका हुन म कमीनीष्टको मैवर सदसे भै प्रचार पिगरेको छैन भंने धनमांन तमाङको र विसंदेव हरददेवा अम्वर वहादुर स्मेतलाई चीन्हेको छैन नेपाली कांग्रेसको मैवर वनेको छु कमिनिष्ट लिडर वनेको छैन १ माना खायको रीर इविवाट कुनै सत्रुले झुटा कुरा भंन लगाई पोलेको हुनु पर्छ । डाका पाली हिस्सा खाने गरेको स्मेत छैन भंने नरवहादुर कमिनिष्टको मैवर वनेको वर अरु कसैलाई वनाइ प्रचार गरेको छैन गाउ घरमा आइ कसैलाई अघि पछी स्मेत देखे चीनेको नहुदा सत्रु का वनावटी वाट हांरो नाम लेषायेको हुनुपर्छ कमिनिष्टको म नै थाहा छैन भन्ने स्मेत व्यहोराको पंचविर तमाङस्मेत सवै जनाको यकै मिलानको कागज वयां रहेछ ।
वुझीये सम्मवाट विसुंदेवा कायस्तले मलाई कमिनिष्टको मैवर वन्नुपर्छ भनी रु २ चंदाली गरी दीयको रसिद भनेको कागज हेरेमा श्वव रसिद कमिनिष्ट पार्टीको भन्ये नभै अपिल नेपाली कीसान संघ भंने लेषियको पर्चा भनेको कागज च्यात चुत भयेको सप्तरी ४ प्रगन्ना नेपाली कमिनिष्ट पार्टी पदंपुर सामा भंने लेषियेको श्व पर्चा हरु पंचवीर स्मेत कसैवाट दाषेल पेश ह्न नआयको र नरवाहादुरले पुजीपतीको डाका गराई दिन्छु भन्ने तर्फ तेसको सवुत पनी केही दाषेल नभयेको पोलीयेका मानीस हाजीर भै वयां गरेजती कमिनिष्टको सदस्य मैवर वनी गाउ घर्मा प्रचार गर्ने ल्याकतको देखिन पनि नआयेको १ जनाले पोल गर्र्यो भंदैमा तेतीकै वाट इन्कारी मा रहने हरुलाई कसुर गेगर ठहराउन मुना सीव नपर्ने हुनाले स्मेत इंकारमा रहेका हरुलाई नीज हरदेवाले झुट्टै पोल गरेको ठहर्छ कमिनिष्ट मा सावित हुने निज हरदेवालाई यो सजाय दीलाउन भंने अइन आदेस केही नभयेकोले नीज लाई निकासा नभयेसम्म षाली थुनामा राषने ठहर्र्याई 2009/2/29/4 मा सुरु उदयपुर गढी मौजे वाट जाहेरी फैसला गरेको रहेछ ।
श्वही इंसाफ सदर पिगरी अपिल पैल्हा फाट वाट 2010 साल वैसाष २१ गते १ मा जाहेरी फैसला गरेको रहेछ ।
साधक तहवाट पेस हुन आयाको यो मुद्दा वुझ्दा निज हरदेवालाई सजाये गर्न अइन नभयेको भनि जाहेर गर्नको इन्साफ सुरु र अपिल को मुनासीव छ हरदेवा 08 साल चैत्र २२ गते देखि अहिले सम्म थुनामा रही सकेकोले अरु सजाये गर्नु पर्दैन अव यस्तो कां कुरा गर्ने छैन भन्ने कागज गराई थुना वाट छाडीदिनु भनी लेषी पठाई यो मिसिल सुरुमा पठाउन अपिल पैल्हामा वुझाईदिनु भनी मिसिल फाँटमा वुझाई दिनु ।
हरिप्रसाद प्रधान
प्रधां न्यायाधिश
ईति सम्वत २०१० साल भाद्र ३० गते रोज ३ सुभ्म्