निर्णय नं. ४४७ - ज्यान
अ.न. 447/2010
नेपाल प्रधान न्यायालय सिंङ्गल बेञ्च
सा.नं.८८
मुद्दा ज्यान
उजुरवाला - जि स प्र महिश्वथ मौजे वेलाहा बिर्ता बस्ने बुजा साहु सोनार 1
विपक्ष - ऐ.ऐ. वस्ने रहीमां मिञा समेत
इजलास
श्री माननीय प्रधां न्यायाधिश हरिप्रसाद प्रधान एम ए वि एल
फैसला
येसमा हाल काजमा सुं चादीको गहना लगायेको वर्ष ७ को मेरो छोरा रामप्रसाद 8/4/23 गते कादिंवाख्रा चराउन गयेको थियो सो दिं घर नआयकोले निजले लगायका गहनाको लोभ लालचवाट गुल्मा १- विकौवा १ राहिमां १ कुलहु १ जुम्मा मिञा समेत ५ जनाले छोरा निज रामप्रसाद लाई कर्तव्य गरी मारेको संखा लाग्छ गहनाको विगो रु 69/3 निजहरुवाट दिलाई सजाये गरिपाउ भंने स्मेत वुजाको 8/4/25 दर्खास्त वमोजिंको वयां रहेछ ।
वादीका छोरा रामप्रसादले लगायाका गहनाको लोभ लालचले निजलाई कुलछुको घर भित्र लगी जम्मा ले निजराम प्रसाद लाई समाई मैले निजको मुखमा धोती कोची निजले लगायका गहना झिकी जम्माको विरीया मिञाले घोक्रो निमोठी मारेको भंने स्मेत रहियांको 8/4/27 को प्रतेवादी सरहको वयां रहेछ ।
कुलछुको घर भित्र आजका ५ दिं भयो दिंमा रामप्रसाद करायकोले निजलाई हेर्न जादा निजलाई रहिमांले मारेको देखि सोध्दा कसैलाई नभन्नु भनी सुंको तबिज मलाई दीयको छ मैले रामप्रसादलाई मारेको होइन भन्नेस्मेत जुम्माको 8/4/27 को वयान रहेछ ।
वादीका छोरा रामप्रसाद मेरो घर भित्र आयको र निजको कर्तव्यमा कसुर गरेको छैन भन्ने स्मेत कल्छुको ऐ.को वयां रहेछ ।
सो वारदातका दिं वीहान पुहु पलाल चौधरी को घर्मा भैसी हेर्न म गयेको छु वेलुका भैसी ल्याई घर आई पुगेको हुदा यसमा मेरो कसुर छैन भन्ने समेत जुम्माको ऐ.को वयां रहेछ ।
रामप्रसादलाई मैले कर्तव्य गरी मारेको छैन स्मेत विकवाको ऐ वयां रहेछ
वुझिय सम्मका प्रमाण परिवंदवाट रहिमां— 1 जुम्मा १ स्मेत २ जवांले रामप्रसादलाई कर्तव्य गरी मारेकै ठहर्छ निजहरुलाई दामल गर्ने विकौवा मरि सकेकोले केहि गर्न नपर्ने कुलुछुको हकमा मुलतवी ठहर्न आयेकोले ज्या संवन्धी को ३१ नंका ३ दफाले ।६ मैन्हा देखि ३ वर्ष सम्म तोकिएको कैदमा स्वास्नी मानिस हुदा दण्ड सजायका २ नं ले आधा हुनेमा नीज 8/4/28 देखि पुर्पक्षलाई थुनियेको मिन्हादि जुल्माको हकमा कसुर नदेषिदा नीजलाई सफाई दीने स्मेत ठहर्छ भंने सीराहाका अमिनिको 8/12/9 को जाहेरी फैसलाको इन्साफ सजाय मनासिव ठहराई सप्तरी अपिलले 9/9/4 मा र सो जाहेर गरेको इन्साफ सजाये मनासिव गरि सदर अमिनि गोस्वाराले 10/3/32 मा जाहेरी फैसला गरेको रहेछ ।
साधक द्वारा पेश हुन आयेको यो मुद्दा वुझ्दा सदर अमिनि गोश्वाराले ठहराई जाहेर गरेको इन्साफ मनासिव रामप्रसादको र मायानाथको ज्यान मुद्दामा जेल सुधार योजना वमोजिं मायानाथलाई वीस वर्ष कैद गर्नु दामल गर्ने हक्मा लाल मोहर वक्साउने अइन वमोजिंको नियमावली पनि नसकेकोले सो वने पछि निकासा लाई तेसै वखत जाहेर गर्नु भंन्या 10/3/30/2 मा फुल वेञ्चवाट मुद्दा फैसला भयेकोले यसमा पनि कर्तव्यगरी मार्ने ठहरेका जि.स. प्र. महिसोथ मौजे वेलाहा विर्ता वस्ने रहिंमिञा-1 ऐ ऐ वस्ने जुम्मा कवरिया मिञा १ समेत २ जवां लाई जेल सुधारका योजना वमोजीं २०। विस वर्खका दर्ले कैद गर्नु दामल खोदने हक्मा लाल मोहर वक्साउने अइं वमोजींको नियेमावली वनि सकेकोले सो वनेपछि निकासा लाई उसै वखत जाहेर गर्नु कुलछुको हकमा हात चोट छोडेको नदेषिय पनी निजकै घर भित्र रामप्रसादको ज्यां कर्तव्य भै मरेको कुरा जाहेर प्रकाश समेत नगरेकाले निज लाई ज्यां संवंधीको ३१ नं का ३ दफाले ६ मैन्हा देषि ६ वर्ष सम्म तजविजले कैद हुने लेषियकोले कैद वर्ष ५। हुंछ स्वास्नी मानिस हुदा दंड सजायका २ नं ले अघि कैद वर्ष २।६ दुई वर्ष ६ मैन्हा हुंछ ।व्युतियेको मिति देषि कैद काट्टि हुने गरि कैद गर्नु भनि मिसिल सदर अमिनि गोस्वारा मा पठाई दीनु ।
हरि प्रसाद
प्रधां न्यायाधिश
ईति सम्वत् १० साल भाद्र ३१ गते रोज ४ सुभ्म्