• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४५१ - ज्यान कर्तव्य

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/३१ १०८

अभिलेख दर्ता नं.451/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.१83/20 नि.नं.....

नेपाल प्रधान न्यायालय सींगल् बेञ्च

फौ सा नं २०

मुद्दा ज्यान कर्तव्य

वादी प. ४ नं. पैञ्यू धुवाकोट फलांखानी सीहोरी बस्ने रञ्जीनी कमेनी

प्रतिबादी ऐ फलांखानी बस्ने देवीलाल् कामी

ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधां एमए.वीएल

फैसला

येस्मा मेरो घरबाट २०० गज फरकमा गोठ भै म घरमा ससुरा रने कामी गोठमा वस्ने गरेका २००८ साल भाद्र १८ गते तीजको दर खाने दींमै भदाहा लीन आयेकाले गोठको बाटो गै ससुरासंग स्वधी माईत गै १९ गते गोठकै बाटो फर्की हेर्दा ससुरा मरी रहेकाले गुहार गरी गाउले ज्मा भै हेर्दा प्रकृतीबाट कर्तब्यले मारीयेको ठहराई देवीलाल उपर संखा लागी पक्री खारखेर गर्दा मलाई छाडीदेउ कृयाखर्च मोरु ६०। दींछु भनी सवैका रोहबरमा भनेकाले नीजलाई थुनी लास कुरुवा राखी जाहेर गर्न आयेकी छु ससुराका साथमा रु१००। जति थीयो स्वपनी नभयेकोले अैं बमोजीं गरी पाउँ भन्ने २००८।५।२२।६ को रञ्जीनी कमेनीको बादी बयान रहेछ ।

रने कामीलाई कर्तव्य गरी मारेमा देबीलाल उपर संखा लाग्छ भंने ज्वान ९६ कर्तब्यको कस्को हो थाहा छैन भंने ज्वान ७ देविलाल उपर संखा लागदैन भंने देवीलालकै आमा बावु २ स्मेतले मुचुल्का गरेको रहेछन ।

म १ जी.मु. तुलारां कामी १ लुते कामी १ स्मेत ३ जना भै रने कामीलाई नीधायेको बखत्मा रुद्रघंटी अँठयाई कर्तब्य गरी मारेको हुँ अंदाजी रु ४०x५० जती रहेछ येस्को सतगत सकीये पछी बाडौला भनी तुलारांले लीये भंनेस्मेत देबिलाल कामीको सावीती प्रतिवादी वयान रहेछ ।

भाद्र १८ गते म घरमै छु रनेलाई कर्तब्य गरी मारे मरायेको छैन देवीलाल उपर संखा लागी मस्मेत भै बाधी राखेबाट उम्कन पाईन भंने रीसली झुट्टा पोल गरेको हो भंने जी.मु. तुलारां कामीको र लुते भंने ससे कामीको स्मेत प्रतिवादी बयान रहेछ ।

सारा साछी सरज्मींले देबीलाल उपर संखा गरेका देबीलालले पनी रनेलाई कर्तव्य गरी मारेमा साबीत भै बयान गरेकोले स्मेत देबीलालले नै रने कामीलाई रूपैञाका लोभले कर्तब्य गरी मारेको ठहर्छ जीं. मु. तुलारां लुते भंने ससे कामीस्मेत भै मारेको ठहर्दैन प्रत्येबादी देबीलालके दामल गर्ने र रोका रहेको सर्वश्व लीलां गरी जाहेरवालीलाई मोरु १००। बीगो भराई दी बढी सदरस्याहा गर्नेस्मेत ठहराई २००९।८।१८।४ मा स्याङ्जा अदालतले जाहेरी फैसला गरेको रहेछ ।

सुरु स्याङ्जा अदालतको ईन्साफ सजाय मुनासीव ठहर्‍याई २००९।१२।१८।३ मा पाल्पा अपीलले जाहेरी फैसला गरेको रहेछ ।

साधकद्वारा पेस हुन आयेको यो मुद्दा बुझदा रने कामीलाई प्रत्यबादी देबीलाल कामीले मात्र कर्तब्य गरी मारेको ठहर्‍याई सुरुले जाहेर गरेको ईन्साफ सदर गरी पाल्पा अपीलले जाहेर गरेको मुनासीव पूर्व २ नंवर इलाका पठरी पहरी बस्ने रामप्रसाद थपलीयाको र स्वही ठाउ वस्ने मायानाथ थपलीयाको ज्यान मुद्दामा जेल सुधार योजना बमोजीं मायानाथलाई २० बीस बर्ष कैद गर्नु दामल गर्ने हकमा लाल्मोहर बक्साउने अैं बमोजींको नीयमाबली बनी नसकेकोले नीकासालाई उसै बखत जाहेर गर्नु भंने २०१० साल आषाड ३० गते रोज २ मा फुल्वेञ्चबाट मुद्दा फैसला भयेकोले कर्तव्य गरी मार्ने ठहरीयेको देवीलाल कामीलाई पनी जेलसुधार योजना बमोजीं २० बीस बर्ष कैद गर्नु दामल खोदने हकमा लाल्मोहर बक्साउने अैं वमोजींको नीयमाबली बनी नसकेकोले नीकासालाई उसै बखत जाहेर गर्नु भनी मीसील सुरू स्यांजा अदालतमा पठाउन पाल्पा अपील्मा पठाईदीनु भनी मीसील फाँटमा बुझाई दिनु ।

हरिप्रसाद

प्रधान न्यायाधीश

ईती सम्बत् २०१० साल भाद्र ३१ गते रोज ४ शुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563