• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४५२ - लेंदें जालसाजी

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/३१ १०१

अभिलेख दर्ता नं.45२/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.१११/११२६ नि.नं.....

 

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

अ.नं. ११२६

 


अपीलाट प्रतेबादी प. ३ नं तह्रौ ज्यामरूक तामाकोट जुगेपानी वस्ने केदारनाथ पाध्या


बिपक्ष बादी प ३ नं तन्हौ ज्यामरूक तामाकोट जुगेपानी वस्ने हेमा घर्तेनी


मुदा लेंदें जालसाजी

 

इजलास

श्री माननीय न्यायाधीस भैरबराज पन्त पाध्या

 

फैसला

येस्मा म बाट बामदेब र सेतु भन्ने दानबहादुर जंमेपछी खसं तारानाथले खसेनी बीवा गरी नीज पटी संतान नहुदा म र सेतु येकापटी खसेनी र बामदेव येकापटी तारानाथले ज्यूनीली छुटीयेको सेतु मर्दा नीजकी ल्याइता रत्नकुमारीले केसरनाथबाट काजकृया गर्न रु ६००। लीयेका वन्धक तमसुकमा तारानाथ साछी बसेकोमा जालसाज गरी रू १४००। केदारनाथले रु ५००। बामदेवले रु६००। मा रुद्रनाथले उमेर पुगेकी रत्नीबाट मस्मेतका हकको जगा राजीनामा गरेछन केदारनाथका वन्धकी  ६००। बाहेक अरु बदर गरी पाउ भन्ने हेमा घर्तेनीको बादी

सेतुमात्र छुट्टीयेको नीज सेतु मर्दा नीजकी स्वास्नी रत्नकुमारीबाट ७ सालमा रू५००। मा बामदेबले रु६००। मा रुद्रनाथले रत्नीका हकको जगा राजीनामा पास गरी लीयेको सदर गरीपाउ भन्ने बामदेवस्मेतको प्रतेबादी

रत्नी र नीजका लोग्ने सेतु येकापट्टी अरू येकापट्टी भै छुटीयेकोले सेतु मर्दा वीस्नुप्रसादसंग रु६००। रत्नीले कर्जा लीदा तारानाथ साछी बसेकोले रत्नीको हक गरायेकोले नीज बीस्नुप्रसाद तीरेको र पछी थप दीयेकोस्मेत ज्मा रु१४००। मा राजीनामा गरेको सदर गरीपाउ भन्ने केदारनाथको प्रतेवादी

हेमा र दानबहादुरको १ भाग जेठो छोरो र कान्छी स्वास्नीको १ भाग गरी मैले ज्यूनीली बसेको बीस्नु प्रसाद संग रु ६००। कर्जा लीदा साछी बसेको छु तेसपछी कर्जा लीने कारण केही नभयेको बुहारीले मात्र सासुको हक वीक्री गर्ने पाउनु नपर्ने भन्ने तारानाथको वयान

लेंदें बदर मुद्दामा रत्नकुमारीले म्याद गुजारेको दुवैथरका साछीले म्याद गुजारेका बामदेव तर्फ रु २३५। वुझी जगा छाडी मीलापत्र भयेको बीस्नुप्रसादको लेखतमा ससुरा साछी वसको बादी मंजुरै भएको रत्नी र बादी सगोलका हुन भनी तारानाथले बयान गरेकोले सगोलकी उमेर नपुगेकी रत्नीले बादीको हकस्मेत वीक्री गरेको सदर नहुने हुदा केदारनाथको रु८००। रूद्रनाथको रु६००। थैली कपाली हुने ठहर्छ भनी प ३ नं तह्रौ ज्यामारूक ग्राम पंचायेतले फैसला ८।२।२३ गते गरेको

इन्साफ मनासीब गरी ८।९।१० गते अपील पैला फाटले फैसला गरेको

सो इन्ट्ठाफमा चीत्त बुझेन भन्ने केदारनाथको धरौटी अपील परेको यो मुदा बुझदा यो मुदामा रत्नकुमारीलाई बुझेको नहुदा हाजीर हुन आउनु भनी रत्नकुमारीका नाउ म्याद जारी गर्दा पनी हाजीर नभै म्याद गुजारेको नीज रत्नकुमारीका लोग्ने छुटीयेको र नीज रत्नकुमारीको उमेर अैन बमोजीं पुगेको सबुद अपीलाटले गुजार्न नसकेको बामदेवले राजीनामा बदर गरी मीलापत्र गरे रूद्रनाथको अपीलै नपरेकाले स्मेत इन्साफ सुरूको सदर गरी छीनेको अपील पैलाको मनासीब छ अपीलाट केदारनाथ पाध्याके इन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेमा सुरू दण्ड मोरु २०। को हाकींका नाउमा कराउनेका १० नं का अैनले सैकडा ५ ले मोरु १। दण्ड हुन्छ सो दण्ड तारेखमा बस्न नपर्ने गरी ८।१२।१ गते अत देवानी फाटमा धरौट राषेको मोरु ।१० दस पैसा सदरस्याहा गर्ने नपुग महरु ।९० नवे पैसा रूजु नहुदा असुल गर्नु भनी तहसीलमा लगत दी मुदा छीनीयेको जनाउ उ अपीलाट केदारनाथलाई पठाइ मीसील प्रधान न्यायालय मीसील फाटमा बुझाई दीनु ।

 

भैरवराज पंत

न्यायाधीश

इती सम्बत् २०१० साल भाद्र ३१ गते रोज ४ शुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563